अन्धकारको देशबाट


Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )
3 followers | 0 followings | 8 articles
सम्झिदैछु तिमीलाई यो अन्धकारको  देशबाट
गाँस बाँस कपास अभाव,  हाहाकारको  देशबाट 

कोही खान देउ भन्छन कोही बाँच्न देउ भन्छन
कुर्सीमै निदाईरहने कुम्भकर्ण सरकारको देशबाट

कति गाली गर्नु कति सराप्नु सत्ता हाँक्नेहरुलाई
मान्छे जस्तै  देखिने दानब  आकारको देशबाट

लेख्दा लेख्दा कलम थाक्छ बोल्दा बोल्दै मुख
न कुनै योजना छ मात्र सुन्य बिचारको देशबाट

सपना र योजना थपिन्छन् हरेक बर्ष कापी भर्दै
गरिबी निवारण सुख शान्ती सुधारको देशबाट
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |