आऊ, जाऔँ लिपुलेक


Dhal Bahadur Jirel 'Ravi'
1 followers | 2 followings | 23 articles
फर्क गोर्खाली, फर्क नेपाली
आऊ, जाऔँ, लिपुलेक
दुस्मनसँग लड्न जाऔँ
मर्नै परेछ भने लड्दालड्दै मरौँ।

अपहेलित, अपमानित भएर
कुकुरहरूको घेरामा
तिनको टोकाइ खपेर
तिनको भुकाइ सहेर
सुँगुरे जिन्दगी नबाँचौ
यदि मर्नै परेछ भने
बीर बलभद्रको बीरता हेरेर
प्रिथ्वी नारायण शाह हेरेर
जाऔँ लिपुलेकमा
बगेछ भने तातो रगत
नेपाल भिजाउँन वगोस
ढलेछ भने जमिनमा
नेपाल बचाउन ढलोस्।

फर्क गोर्खाली, फर्क नेपाली
आऊ, जाऔँ, लिपुलेक
वीर पुर्खाको इज्जतको खातिर
वैरीको शीर छेदन गरेर मरौँ
दुस्मनको छाती फोरेर मरौँ
मर्नै परेछ भने सानसँग मरौँ।

हो, सुँगुरे जूनी नमरौँ
सन्ततिको खातिर
नेपाली पहिचानको खातिर
हाम्रो पुर्खाको रगत बगेको
हाम्रो लिपुलेक जाऔँ
तिनको बमगोलामाथि
बन्दुकको छर्रा गोलीमाथि
बीरताको आगो छाद्न जाऔँ
उठौँ, जागौँ, किसानहरू
उठौँ, जागौँ, मज्दुरहरू
बस्तीबस्तीबाट उठौँ
गाउँगाउँबाट उठौँ
फर्क गोर्खाली, फर्क नेपाली
आऊ, जाऊँ लिपुलेक
दुस्मनसँग लड्न जाऔँ
मर्नु परेछ भने वीरतासाथ मरौँ
तर लडेर मरौँ, लड्दालड्दै मरौँ।
******
COMMENTS
No comments so far!
Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |