'उनको चुम्बन'


Nimsaro Kirati
0 followers | 0 followings | 24 articles


छोडिएको कपाल माथि लान्छे
मुस्काउँदै शिरमा जुरो बान्छे
निधारमा लत्रिन्छ छोटो जति
डग्मगिन्छ देखेर मेरो मति

अनायास झुक्छन् यी मेरा आँखा
झन् मायाले चम्किन्छ उन्का आँखा
शर्माउँदै आउंछे उ म तिर
झुकाउंछे बिस्तारै आफ्नो शिर

ढुक्क संग काखमा बसिदिन्छे
अंगालोमा मलाई कसी दिन्छे
निधारमा ओठमा मस्त चुम्छे
ज्यानै सुम्पि बेहोसजस्तै हुन्छे

पग्लिन्छु म उसंगै बग्न खोज्छु
खाली हुन्छ दिमाग सास रोक्छु
ढक्ढकिन्छ त्यतिनै बेला ढोका
अनायास भत्केझैं लाग्छ कोठा
COMMENTS
Dibya Bajracharya   29th Jun 2015
nice
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |