उनीहरु अर्को शान्त ग्रहको कल्पनामा डुबीसके


Dibya Bajracharya
0 followers | 3 followings | 13 articles
त्यो जंगलमा बाघ, चितुवा, हात्ती जस्ता
नामी खुख्वार जनावर छन् 
एक अर्काको मिल्ने साथी जस्ता छन् 
एक अर्का विना बाच्न कठिन जस्तो देखाउँछन्

तर त्यहाँ बाघले बाघलाई सहदैन,
चितुवाले चितुवालाई सहदैन
भालुले भालुलाई सहदैन 
हात्तीले हात्तीलाई सहदैन 
एकले अर्कालाई जंगल निष्कासित गर्न तम्तयार छन् 

त्यसैले जंगलका चराचुरुगीहरु, 
सानातिना अरु जनावरहरु
स–साना किरा फट्यांग्राहरु 
बाघ, भालु, चितुवा देखेर त्रसित भइसके
जंगलका राजा भनाउँदाहरु नै
नकारात्मक सन्देश फैलाउन छन् थाहापाइसके

त्यसैले जंगलका विशाल रुखहरु
फैलिएका घाँसपात, झारहरु 
झुप्पा झुप्पा फूलहरु 
जनावरको व्यहोरा देखेर निराश भइसके
उनीहरु अर्को शान्त ग्रहको कल्पनामा डुबीसके

COMMENTS
Rujan Neupane   2nd Dec 2015
"उनीहरु अर्को शान्त ग्रहको कल्पनामा डुबीसके" यो लाईन साह्रै मन पर्यो मलाई, दिब्या जी ।
Dibya Bajracharya   4th Dec 2015
thank you.. Rujan Jee.... :)
Ruman Amant NEupane   5th Dec 2015
transition for freedom.. I found period of variation in the poem. wonderfully represented!
Dibya Bajracharya   7th Dec 2015
ho hai ....! :)
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |