उसले अन्तिमसम्म आई लभ यु भनी


Bidhur Dhakal
0 followers | 0 followings | 1 articles
लामो समय भएको थियो उसँग सम्पर्क नभएको पनि सायद उसलाई भुल्ने कोसिमा थिएँ
होला म पनि तर यादभने घरी घरी सताई रहन्थ्यो मलाई तर पनि ती यादहरुलाई मैले
समालेर नै राखेको थिए । कुन्नी किन याद आँउछ छाडि जाने निष्टुरीको ? सायद
यसैलाई त निश्चल माया भन्छन होला । मैले थाहा पाएको थिइन किन मसँग उ टाढिन
खोजे की हो । जे होस म उसको शुभ भएको नै हेर्न चाहन्थे । चाहन्छु र चाहने
छु  पनि । लामो यादलाई म भुल्दै थिएँ । अचानक मेरी एक जना केटी साथीले फोन
गरि । उसँग बोल्न नपाएको पनि धेरै भएको थियो । एक्लिएको मनलाई उसको फोनको
घण्टीले अलिक आनन्द भने दियो मलाई ।



सुजन तिमी कहाँ छाँै ? के हो आजभोली त सम्पर्क नै छैन त ? होइन त्यस्तो
होइन अलि व्यस्त नै भएर हो । सायद तँलाई मैले फोन गर्न नपाएको पनि त्यही
भएर होला ? अनि के हो न्यु इयरमा वीस पनि गरेनाँै त ? हुन पानि हो कसरी वीस
गथ्र्यौै अब म त को हुँ र तिम्रो लागि ? अरे यार तँ कस्तो कुरा गर्दै छेस
हँ ? फेरी एक पटक भन त त्यही कुरा । अनि तिमीले किन मलाई वीस नगरेको ?
त्यस्तो होइन म अलि तनाबमा थिएँ त्यही भएर नी । के भो र तिमीलाई ? उसले
सोधी । त्यस्तो खासै केही होइन मेरो परिवारीक कुरा हो । अनि भन तैले आज
कताबाट सम्झिस त ? अरे यार म तिमीलाई सँधै नै त सम्झिन्छु नी । तिमी पो
...........? उसले लाडिँदै भने की थिइ । उसले मेरा हरेक कुरालाई सम्बोधन
गर्न सक्थि । म बाहिर हाँसे पनि भित्र रोएको उसले देख्न सक्थि । सायद यही
नै त हो नी सच्चा साथि भनेको आज उ टाढा आफ्नो दुनियाँमा भए पनि मलाई त
सम्झिन्छे । तर जसलाई मैले आफ्नो ठानेको थिएँ उ नै मलाई बुझ्न सकिन् मेरो
मायालाई पनि उसले बुझ्न सकिन् । साकिर मेरो लागि साकि हो उ । अझ मैले भन्दा
उ मेरो एक असल मित्र जसलाई हरेक कुरामा म असल साथिको नाताले सम्झिए पवित्र
नातामा हेरेँ दुनियाँलाई यो सम्बन्धलाई जस्तो सुकै अपवित्र नाताको सम्बोधन
दिए पनि । कति मिठो बोलीमा भन्थी ओइ पार्टनर भन त तिमी आज किन रोएको ।
हासिँरहेको मेरो ओठको गहिराईमा पुगेर उसले सोध्थी भित्र मनको कुनाबाट
झरीरहेको आँशुलाई देखेर । अनि उ पनि मसँगै पिलपिल गर्थि र मलाई पनि ओठको
मुस्कानलाई किनारा लगाउँदै आशुको भेल उछिट्याउन बाध्य पार्थि ।



अरे भनन् के छ खबर ? अँ ठिकै छ । अनि उसको नी ? उसको ? मैले उसैलाई
प्रश्नको वाँण तेर्साएँ । अरे यार उसको के ? को उसको है छ र ? तिम्री
मौसमकोे  के ? ए उसैलाई सोध्नु पर्छ ? फोन गरेर सोध न ? मैले मनलाई दबाएर
भने । तर पनि हरेक पटक उसको यो प्रश्न स्वभाविक लाग्ने मलाई अलि नै
पिडादायी लागेको छ आज । अझ भनौँ फेरी आयो यादहरुको एक झोक्का र उडाएर लग्यो
मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका सारा अस्तिपञ्जरहरु भन्ताकाँउदै ।
आज उ मौसम जस्तै बद्लिएकी थिई ।



ल ल नभन । किन भन्नु प¥यो मलाई । अब त यो पार्टनर टाढा की भइ होला होइन
? त्यस्तो केही होइन्  के । मैले उसलाई सम्झाउन खोजेँ । तर उ मानिन् ।
मलाई भेट्ने होइन् अहिले मेरो फुर्सद छैन यार । पछि भेटौला दाईसँग आएकी छु ।
ल ल हुन्छ । मैले उसलाई विदा गरेँ । आज धेरै पछि फोनमा बोलेको थिए उसँग मन
कतै हलुंगो चाहिँ भएको हो मेरो । फेरी दिनहरु यादको झोक्का बनेर आए उसका र
मेरासँगै बसेका पलहरु नारायणीको तिरमा झरीमा रुझ्दै । झरीले आङ्
रुझाउँथ्यो हाम्रो यता कहिले उसको कुराले हाम्रा आखाँहरुबाट झरेका बुँदले
हाम्रो मन रुझाउँथ्यो । कहिले मेरा कुराले ।



आज फेरी उसको बोलीले क्षणीक त आनन्द दियो नै तर पनि अर्काे बेदना
भुल्नै लागेको यादलाई ताजा गराई दियो । आयो यादहरुको एक झोक्का र उडाएर
लग्यो मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका अस्तिपञ्जरहरु भत्काँउदै ।
फेरी उसको सम्झनाले तड्पाउन थाल्यो मेरो मन । उ किन यसरी टाढा भई ? मेरो
मनले नपाएको एउटै जवाफ हो यो । किन उसलाई मैले के विगार गरेँ ? मैले पत्तो
पाउन नसकेको अर्काे प्रश्न हो । कहिलै पनि भनिन उसले यो कुरा । अन्तिम
पलसम्म पनि उसले मलाई आई लभ यु भने कै हो । रुञ्चे स्वरमा भए पनि मिस यु
भन्दै आफ्नै मोवाइललाई चुमेकी पनि हो । तर त्यस पछि किन बोल्न चाहिन मसँग ।
किन सुन्न चाहिन मेरो नाम ।



उसको र मेरो हरेक दिन भेट हुने माध्ययम भनेको कहिले मोवाइल कहिले
फेसवुक हो । दुरीले नजिकै भए पनि भेट हुन दिन नै हेराउनुपथ्र्यौ । किन की उ
आफ्नो अपिस म आफ्नो अपिस तर उसले मलाई फेसवुकबाट अनफ्रेण्ड गरिसकेकी थिई ।
मैले उसलाई फेसवुकमा म्यासेज गर्न पनि नपाउने बनाएर राखेकि थिई । त्यसै
औडाहा भइरहेको थियो । अपिसमा थिएँ । आफ्नो कोठामा पसेँ । ल्यापटप खुलै रै छ
फेसवुक खोले । एउटा स्टाटस लेख्न मन लाग्यो र हाने । ‘आयो यादहरुको एक
झोक्का र उडाएर लग्यो मेरो मनलाई सम्झनाको दुनियाँमा एकान्तका सारा
अस्तिपञ्जरहरु भन्ताकाँउदै ।’ आजभोली फेसवुक पनि त्यति चलाउन मन लाग्दैन
मलाई किन की फेसवुकमा मैले मौसमलाई भेट्न पाँउदिन् । यसो खोल्छु कतै उ
‘बसन्त.... मेरो कान्छु.....!’ भन्दै झुल्किन्छे की भन्ने आशामा तर मेरो
सारा चहाना व्यर्थै हुन्छन् । मलाई खोल्नु भन्दा अगाडि पनि थाहा नभएको भने
होइन् ऊ भेटिदैन भनेर तर पनि मन न हो । यादहरुको झोक्का आइ नै रहन्छ र
सम्झनाको दुनियाँमा मेरो मनलाई उडाएर लैजान्छ ।



फेसवुक पनि उराठ लाग्दैछ मलाई । सायद पालुवा नपलाएर होला अझ भनौ मेरो
मनको बगैँचाका फूलहरु नै ओइलिएर होला । त्यो भन्दा पनि मेरी मनकी गुलावलाई
कसैले नै चुडेर लगेकोले होला । यत्तिकैमा फेसवुकको नोटिसिफिकेसनमा रातो
बत्ति बल्यो । हतार हतार खोले । उही कृतिका रहिछ । मैले उसका हरेक
गतिविधिलाई नियाल्नको लागि हो या नजिकैको साथी ठानेर हो क्लोज फ्रेण्डको
लिष्टमा राखेको थिए ।



कृतिका लाईक दी फोटो अफ मौसम .....! फेरी पनि त्यही एक झोक्का याद आयो र
लग्यो उडाएर मेरो मनलाई एकान्तको सारा अस्तिपञ्जर भत्काएर । खोले कालो
चस्मा लगाएकी मौसम झनै राम्री भएकी रहिछ । उसको तस्विर हेरेँ टोलाई रहेँ ।
एक लाईक हान्छु भनेर खोजेँ । हुन त मैले उसको तश्विरमा कहिलै पनि कमेन्ट
गरेको थिईन खाली लाईक मात्र गर्थेँ । आज पनि लाईक गर्न खोजेको थिएँ । तर
त्यहाँ लाइक भनेरै लेखिएको थिएन् । मलाई उसले पहिले नै अनफ्रेण्ड गरिसकेकी
थिई । हेरेर टोलाई रहेँ । एकैछिन । फेरी तश्विर देख्दै लाइक गर्न मन लाग्यो
। नजिकै सेयर भन्ने लेखिएको देखेँ । पहिलो पटक उसको तश्विरलाई मैले शेयर
गरेको हुँ । आँफैमा टोलाई रहेको थिए । तश्विर हेरेर ।



Mero photo kina share gareko ? Kasle share garna
bhanyo talae ! chito remove gar ! मैले
यो चाहिँ चिताएको थिइन । मलाई आजसम्म मौसमले तँको सम्बोधन गरेको थाहा पाएको
थिइन् आज गरि । मन कतै भारी भो कतै हलुंगो पनि भो । थाहा भएन । तर पनि अझै
त्यही तश्विर हेरेर टोलाई नै रहेको छु । उसकै यादमा फेरी म्यासेज आयो । Ekpatak
vanepa6i kina namaneko . 6ito delete gar vanera vanep6i kina ngareko ? badi
bhako ho ? ki hepeko ho ? Malae vanisake fast delete mero photo. 





हेरे के गरौँ कसो गरौँ भएँ । मैले पनि एसएमएसको रिप्लाई दिएँ । Sory
for that tapaeko ph ramro lagyo tehi bhara share gareko ! tapaenae dlt garnus
na thyo photo ani feri maele hajurlae kassri hepna sakchu ra ? 
यसरी सायद उसलाई मैले पहिलो पटक तपाईँको सम्बोधन गरेँ की झै लाग्छ । सायद
यसभन्दा अगाडि जिस्काएर कुनै बेला सम्बोधन गरेँ होला । यसपटक मैले
तपार्इँको सम्बोधन गरेको जिस्काएर त हुँदै होइन रिसाएर पनि होइन किन र कसरी
यस्तो एसएमएसको सिर्जना भयो म आँफैलाई पनि त्यसबारेमा थाहा छैन ।



badi
kina bhako  malae k socheko ? 6ito delet
hunuparyo ahele 5 min. vitra ma delet gare huncha otherwise naramro huncxa. खोई कस्तो नराम्रो मलाई थाहा भएन । उ किन यति धेरै आक्रोशित भएकी हो मलाई पनि अचम्म लाग्यो ।



kali
kina risa ho testo? maele timro k bigare bhana ta ? j garnu ta timile nae garyo
ni ?  masanga
dherai niu khojnu aabasek 6ena. bekarma aruko foto kina share garya ta ? kam
6ena vane chup lagera base hunxa .

COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |