एक दिन


Rujan Neupane
33 followers | 49 followings | 19 articles
"भगबानले दाँत नहुनेहरुलाई सुपारि दिन्छन" , सेतो माईक्रो बसको लास्ट सिटको देब्रेपट्टिको झ्यालबाट बाहिर हेर्दै गर्दा ट्रकको पछाडि लेखेको पढ्न पुगें । उसै त चिसो मौसम पृथि राजमार्गको छेऊमा बहने त्रिशुलिको हावाले झनै चिसो गराएको थियो त्यसमा पनि ट्रकको पछाडि लेखिएको उक्त लाईनले मनै सिरिङ्ग गरायो । भ्यालेन्टाईन डे देखि ठुस्स परेको काठमाडौंको मौसम त्यो सोमबार त झनै बिग्रिएर झरि बादल, चिसो ऊफ !!!

अकस्मात मनकामना दर्शन गर्ने ईच्छाले मलाई पिट्यो र बिहानै ५ बजेको गाडिमा दौडिए । कलंकिको सार्बजनिक शौचालयमा ५ रुपैंया तिरेर हलुका भएपछि च्याप्ट ठुलो आरामदायि लक्जरि बस समातें र बसें रोजिछाडि पाईएको आरामदायि सिटको देब्रे पट्टि झ्याल छेउ ।
बा-आमाले मामाघर लैजाँदा टिकट काट्दै गर्दा सोध्थें "भित्ता पटि कि खोला पट्टि?" । मलाई त्यो निलो बिशाल त्रिशुलि नदि छेउ बस्न बच्चै देखि डर लाग्थ्यो । आजपनि ति रोजिछाडि सिटहरुमा दोमन गर्दै कुरा खेलाएँ "हैन आज खोला छेउ बसौं, के को डर अब त ठुलो भईसकें नि" तर पनि मनले मानेन उहि नाकैमा ठोसियला जस्तो ठुलो पहाडकै छेऊ रोजें ।

३ घन्टाको यात्राको लागि तयारि कम्ति थिएन, पुरानो मोबाईल जसमा चार्ज धेरैबेर टिक्थ्यो, तेसमा ८० को दशकको सफ्ट रक अँग्रेजी गितको सँग्रहले भरिएको माईक्रो एडि कार्ड कोचें । ओशोको "From Sex to Superconsciousness" लाई झोलामा हालें । आईफोनमा १०० % चार्ज गरेको थिए जसलाई घडि हेर्न अनलक गर्दा नि चार्ज घट्ला रे भनेर पुरानो फोननै झिक्थें किनकि फेशबुक हेर्न पर्ला, चेक्स ईन फ्यासेलेटि प्रयोग गर्दै सबैलाई थाहादिनु पर्ला, भाईबरमा बिदेशिएका दाजु भाउजु सँग गफ गर्नु पर्ला भनेर । क्याननको क्यामेरालाई नि चार्जले भरिपुर्ण पारेर खल्तिमै कोचेको थिएँ ।
अघिल्ला पटकको यस्ता यात्रा हरुमा आफु बसेको सिटको सँगै राम्रि अबिबाहित केटि आएर बसेनि हुने यात्रा गज्जब हुन्थ्यो भन्ने कल्पना गर्दै आशा गर्ने लोभि मन यो पटक चाँहि सकेसम्म कुनैपनि मानिस छेउमा नबसोस भन्ने बिचारमा थिएँ । भयो पनि तेस्तै । अखबार बेच्ने भित्र छिर्ने बित्तिकै, पल्लो खोला पट्टिको झ्यालमा बसेका ३-४ बर्सको छोरिका बाउले अघिनै मैले अखबार किनेको याद गरेका रहेछन् अनि सोधे "तपाँईले कुन लिनु भएको" मलाई चाँहि पट्टकै मन परेन सोधेको , मलाई जसतस अपरिचित सँग बोल्न मन पर्देन र बोलेको नि मन पर्दैन । मैले एकै शब्दमा जबाफ दिएँ "कान्तिपुर" । उसले नागरिक किन्यो मैले ख्याल गरें । संयोगबस त्यो मानसिको अर्को मित्र आईपुग्यो र बुढि, छोरि र भान्जिलाई छोडेर साथि बसेको सिट छेउ गयो । मेरै सिट पछाडि बसेका ति दाईहरु ले गफगर्दै गरेको सुनें पुल्चोकमा पढेका ईन्जिनियरहरु पो रहेछन् । अनि चाँहि मैले ति बुढा दाईलाई सम्मानित नजरले हेरें किनकि पढाईया रहेछन् नि त । मलाई पढाईको मोह छ नि त । पुल्चोक ईन्जिनियरिङ कलेजका त साँच्चिककै ईन्जिनियरहरु हुन् नि ।

"चिया नास्ता पिसाब गर्नुहोस" भन्दै खलाँसि ओर्लिए । चिसो थियो नास्ता त खान भएन मन्दिर हिँडेको, चिया चाँहि खानु पर्ला भनेर ओर्लिएँ । चिया भनेर बस्दै गर्दा स्वाट्ट आईफोन निकालेर डाटा प्लान अन गरें र हालिदिएँ "Rujan Neupane is Drinking Tea At Dharke" । करिब दश बर्षिय भाईले यित्रो फितफिते प्लाष्टिकको गिलाँसमा चिया लेरायो दुईओटा निकालुँकि जस्तो लागेको थियो । मान्छे मर्ने चिसो मौसमको त्यो चिया त दुई पटक ओठ जोड्दा सकियो । दोहोर्याएर लेरायो फेरि पनि खाने बिचार गरें र झिकें मनमनै बिचार गर्दै थिएँ "जतिसुकै ठगुन, यो एक तुर्को चिया गिलाँसको जतिसुकै लिउन खान चाँहि पर्यो " । पचासको नोट तेर्सयाउदै "चिया" भनें । त्यो थेप्चो नाक गरेका दाईले भने "सित्तैं हो" । अहो ! पत्यारै भएर सित्तैं भनेर दोहोर्याएर सोधें "मैले चिया खाएको दुई कप, किन सित्तैं किन र?" भुडिवाल छोटा कदको मैलो हरियो टिसर्ट लगाएका दाईले भने "डिलक्समा आउनु भएको होईन?" मैले हल्लाएँ टाउको मैले हो किन भनिन भने मलाई त्यो प्रश्न स्पष्ट भएन । आखिर सितैंमा चिया खान पाएकोले दङ्ग पर्दै गाडिमा ऊक्लिएँ । अर्को एक कपनि लिएर गाडिमा ऊक्लिउँ जस्तो नसोचेको होईन , आखिर थियो सित्तैँ !!!

मामा घर जाँदा म मुग्लिनमा कहिलै भात खान मान्दैन थिइँ, कारण थियो भात खाँदै गर्दा गाडि छुट्लाकि भन्ने पिरलो । आजभोलि गाडि छुट्ने पिरलो चाँहि पुरै हटेको छ तर पनि म समयको ख्याल गर्दछु तेसैले गाडिमै ऊक्लिएर बसें । खलाँसि दाईले बसको ड्राईभर पछाडिपट्टि माथि बन्द सिसाभित्र राखिएको पातलो टिभि खुलाए त्यसपछि ओशोको किताब थान्को लगाईदिएँ । ति हिजो बेलुकै देखि तयार गरेको सफ्टरक नि सुन्न पटक्कै मन थिएँन । टिभिमा चलेका चित्र हेर्दै गित सुनें । झ्याल छेउ भान्जि दिदि सँग छातिमा लिप्किएर कडलिङ गर्दै गरेकि, पिङ्क ज्याकेट अनि पिङ्क हातैले बुनेको राम्रो टोपि लगाएकि, साह्रै हिस्सि परेकि गोरि राम्रि सानि नानि पक्कै नि ति दाईका छोरि नै हो भन्नेमा निश्चिन्त थिएँ, उसलाई हेर्दै पनि रहें । ति नानिलाई हेर्दै गर्दा उसको आनिबानि त ति भान्जिदिदि सँग उसले देखाएको ब्यबहार, सामिप्यता हेर्दा मैले कृष्णमुर्ति, ओशो लाई सँझिए आखिर उनिहरु तेसै त्यति महान भएका थिएइनन् ऊनिहरुको बिचार र बिश्लेशण बास्तबिक जिबनको सहि बिश्लेशण थियो जुन हरेकमा लागु हुने गर्दछ ।

त्यसपछि त झन मैले एकछिन अझै राम्रै सँग ति राम्रि नानिको भान्जिदिदि सँगको सामिप्यतालाई अर्थपुर्ण हेरें । अनि म आफैं नया मानब जिबनबाद बिकाश गर्न थालें ।

गाडिको सिसा टम्म बाफले छोपिएको थियो न खोला देखियो न डाँडा । मैले मेरो झ्याललाई चाँहि हातैले राम्ररि पुछेर बाहिर देखिने बनाएँको थिएँ । बाटो अघि बढ्दै गर्दा उता त्रिशुलि नदि को गहिराई बढद्दै गरेको मैले अनुमान गरें, तन्किएर टाउको तानेर एक पटक ड्राईभरलाई हेरें । धन्न अलि पाकै रहेछ !

"ऊ केबलाकार चढ्ने ठाँउ तेहि हो, अब एकैछिनमा मुग्लिन आउँछ" भन्ने गर्नु हुन्थ्यो बाबा । आज त आफ्नै जिम्बेबारि थियो केबलकार चढ्ने ठाँउ आऊनु पहिलेनै पत्तो लगाउनु र गाडि रोक्न लगाएर झर्नु । मैले अनुमान गरें केबलकार चढ्ने ठाऊँ कुरिनटार आईपुग्न थालेको । म निश्चिन्त थिए आईपुग्न थालेकोमा तैपनि ति मेरै सिट पछाडि साथि सँग गफिएका दाईलाई सोधेजस्तो गरें "दाई केबलकार चढ्ने ठाँऊ आईपुगेको हो ? " दाईले "हो" भने । ब्यागमा ओशोको किताब, पुरान‍ो मोबाईलफोन र अल्झिएको सेतो एयरफोनलाई कोचकाक गरेर हतार हतार अगाडि गएँ । चालक क्याबिन भित्र रहेका खलाँसिदाई लाई भने "दाई मलाई केबलकार चढ्ने ठाँउमा रोकिदिनुहोस है" ।

सुनेको थिएँ लाईन धेरै हुन्छ । हतार हतार होम्मिए टिकट लिने झ्यालमा कोहि त थिएनन् । आखिर हुन पनि कसरि यो चिसो अनि हिँउदे झरिमा । १ पटक पहिलानि केबलाकार चढेको अनुभब थियो । तर यो पटक चाँहि एक्लै बिरक्त अनि हतास भाबनामा । केबलाकार उकालो लाग्दा सिसामा परेको बाफले केहि देखिएको होईन । सामुन्ने बसेका होचा कदका स्टाईलिस गुरुङ अनुहारका दाईले केबलकारको झ्याले तल ताने अनि चाँहि डाँडाको रुखहरु देखियो ।

"जु्त्ता राख्नुहोस , छाता ओढेर जानुहोस पैसा लाग्दैन" भन्दै बोलाउँदै थिए । मैले पनि च्याप्प छाता समातेर फुलको ढक्किको मोलमोलाई गरे जुत्ता नि खोलिहाँले किनकि मलाई जुत्ताको बढि माया थियो १ महिनापनि भएको थिएन, भर्खर किनेको ALL STAR ब्रान्डको ....यति.... परेको जु्त्ता । अब मार्यो ALL STAR लाई त सेफलि राखियो तर गोडा ठिराएर मर्नु भईहाल्यो । दर्शनको लाईन करिब २ घन्टा बस्नु पर्ने मेरो ठम्माई भयो र लाईनमा बसें ।

पानिले भिजेका रौं अनि थुरुरु काँपेका बोकालाई देखेपछि चाँहि त्यो लाईनबाट खुरुक्क निक्लिएर टाढैबाट दर्शन गरेर फर्किने बिचार नआएको होईन । पछि सम्म पनि म शुद्द शाहाकारि थिएँ । दुईढाले जस्ताको छानो हालिएको राति माटो र गोबरले लिपिएको सफा मझेरि भएको, बाहिर कमेरो माटोले दशैंकोलागि भर्खरै पोतिएको हामि बस्ने मुलघरमा दशैको बेला सबैजना दाईहरु, दिदिहरु , ठुलोबा आमाहरु अनि सबै जम्मा हुने । अनि आँगनमा खसि काट्ने , ठुलो पित्ले बाटामा मासु पकाउने अनि सबै जना कोहि कान, कोहि भुँडि र बाँकि खुट्टामा अल्मलिएक हुन्थे, मलाई चाँहि बिहानै साँध लगाएर राखेको खुकुरि दाप बाट निकाल्ने खसि काट्ने दाई आऊने बित्तिकै वा अझ भनौं अघिल्लै दिन देखि खसको साह्रै माया लाग्थ्यो । तेसैले मैले मासु पछिसम्म खाईन ।

बानेश्वर ठुलो'बाको घरमा, एक पटक मैले बढो आँट गरेर आँगनमा काट्दै गरेको ठुलो सेतो खसिलाई माथि बरण्डाबाट हेरें । ठुलो बाले पछाडिको खुट्टा लागे शक्ति बल लगाएर तनक्क तान्नु भएको अर्को मानिस सिंगमा समातेर अगाडि तानेको , ठिक गर्दन मुनि काठको ठेउको भुईमा पदारेको र सँगै टिलिक्क टल्किएको स्टिलको बाटा । खसिको टाउकोतिर पानि छम्किए पछि एकाएक दापबाट खुकुरि निकालेर जुरुक्क दुईहातले खुकुरि समातेर आफ्नो टाउको माथि हुँदै पछाडिसम्म पुर्याए ति पापि दाईले । ढ्याक्क!!! थाप थाप रक्ति थाप ! गोडा छटपटाउँदै गरेको , जिब्रो बाहिर निकालेर दाह्रा किटेर दाँतले जिब्रो टोकिएको आँखा खुल्लै एकातिर टाउको लडेको अर्कोतिर जिउ छटपटाउँदै गरेको । अनि त्यसलाई खुड्किलामा बसालेको उम्लिएको पानिमा चोपलेपछि मेरो बाहेक सबैको दशैं सुरु ।

त्यसपछि मैले पछि सम्म कहिलै मासु खाईन र अहिले पनि मासु खान मन लाग्ने होईन । मलाई ति छातिमा तातो रडले खोपेर मार्ने सुँगुर, घाँटि उल्टो पट्टि मर्काएर रटिने कुखुरा, लागे शक्ति बल्ले खुकुरिले गर्दनमा हानेर काटिने खसि, बोका, टाउकोमा हम्बरले हिर्काएर दर्दनाक पाराले मारिने भैंसि सबैको माया लाग्छ ।

आजपनि मैले लाईनमा बस्दै गर्दा तिअबोध बोकालाई परेको जाडो को मर्का र गन्तब्यहिन घिच्याई लाई हेर्न नसकेर म बारम्बार ति साहुनिले दिएकि छातालाई सकेसम्म तल घोप्टयाउथें ताकि मैले बोकाको दु:ख देख्नु नपसरोस । एकैछिन सोचें बेकार आएछु यि दुष्टहरुको हुलमा ।

लाईनमा ऊभिदै गर्दा केहि पर साभ्रान्त परिबारको जस्तो देखिने आईमाई काखे बच्चालाई ओढनेले गुटुमुटु पारेर अघि बढ्दै थिईन् । ऊनले आफ्नो छोरालाई हात समातेर हिडाउँन सकिरहेकि थिईनन् । ऊसको अन्दाजि करिब ३ बर्षिय छोरालाई, माथिबाट पानिको धारो खसिरहेको ठाँउ पार गर्दै गर्दा नसकेको देखेर मैले सहयोग गर्ने बिचार गरें । हँसिलो अनुहारमा मैले चुपचाप हात ऊसको हातभएतिर लम्काएँ, ऊसले पनि मेरो अनुहारमा एक पटक हेर्दै हात समात्यो अनि आफ्नो मुस्किल पार गर्यो । सरासर मेरो हातबाट हात फुस्काएर ऊ आफ्नो आमा भएतिर पछ्याउन थाल्यो ।

सामान्य मौसममा नै हावाहुरि जस्तो लागिरहने ठाउँमा त्यसदिन एक्कासि यति ठुलो आँधि आयो कि मन्दिर र सबै मानिस उडाएर लैजाला जस्तो भयो । एक हातमा फुलको ढक्कि अर्को हातमा छाता त्यसमा गोडा ठिह्याएर मर्नु भएको अनि हातपनि उस्तै ठिह्याउन सुरु गरेको । बल्लबल्ल २ घन्टा पछि पालो आईपुग्यो । मन्दिरको ढोका छेउ राखेको सित्तैमा ओढ्न पाईएको छाता बिर्सिएर धुप बत्ति गरि सिध्याएर कुदें जुत्ता लगाउन अनि पेट पुजा गर्न ।

अ्यापिटाईजरको रुपमा पकौडा खाएर अगि ऊकालो चढ्दै गर्दाको "तातो तातो भात , आगो ताप्दै, खसिको मासु, लोकल कुखुरा, सस्तोमा" भनेर कराउँदै गरेका भाईको पसल संझिदै गएँ तेत्यातिर । मनकामनाको चिनो किनमले सकेर तल ओर्निल गए केबलकार स्टेसनतिर । केबलकारको लाईमा कुर्दै गर्दा फेरि मेरो सेतो आईफोनलाई झिकेर हालिदिएँ नयाँ चेक्स ईन "Rujan Neupane is at Manakamana". संयोगबस फेरि मैले त्यो बालकलाई केबलकार बाट ओर्लँदा फेरि सहयोग गरें । यसपटक मैले बढि साबधानि पुर्बक गरे । चलायमान केबलकारबाट मैले साबधानि पुर्बक उसलाई निकालिदिएँ । ऊ फेरि सरासर अघि बढ्यो न ऊसको आमाले नै कुनै प्रतिक्रिया गरि । हुनत मैले ऊसको आमालाई वास्तानै गरेको थिईन ।

"काठमाडौं काठमाडौं दाई कता जाने" भन्दै च्याप्ट जिउमै समात्न आई पुगेकालाई मैले भनिदिए "मलाई नछोई कुरा गर्नुहोस" भन्ने चेताबनि पछि सुनेपछि चाँहि ति बोलाउन आऊने खलाँसिको सात्तो गएछ । तुरुन्तै डराउँदै पछाडि हटे । शायद ऊनिहरुले नेपालमा केटिले बाहेक कहिलै केटाले "नछुनुस" भन्ने प्रष्ट चेताबनि पाएका रहेनछन् । त्यसपछि त "सरि सर , सर हजुर कता सम्म हो , आउनुहोस हाम्रोमा आरामदाई सिट छ " भन्न थाले । मलाई केटाले हात मिलाउँदा बाहेक जिउमा बिनाकारण छोएको मन पटक्कै पर्दैन । छोए हुने जस्तो लाग्ने केटिले छुदै छुँदैनन् "सकिगोनि" हा हा हा !!!

अगिको तातो भातले पानि माग्यो , पानि र कोकको बोतल किनेर , अलिपर मुग्लिन तिर लम्किएर एउटा माईक्रोलाई समातें । बाँकि रेहेको पछाडि सिटमा चित्त बुझाएर झ्याल छेउ बसें ।

यहि झ्यालमा बसेर बाहिर गर्दै गर्दा त हो मैले "भगबानले दाँत नहुनेहरुलाई सुपारि दिन्छन" ट्रकको पछाडि लेखेको पढेको । अनि मलाई एक्कासि "अब्यक्त संकेत" को याद आयो । मेरो दाईले पटक पटक भन्ने गरेको "अब्यक्त संकेत" ले मनमा चिसो पस्यो । मन्दिर गएर फर्किँदै गर्दा यो अब्यकत्त संकेत चाँहि झन मनमा आगोमा घिउ थप्ने भयो । मलाई पहिले पनि "अब्यक्त संकेत" ले काम गरेको छ । यो पटक नि त्येहि संकेत आएको हो भनेर निश्चिन्त भएँ ।

नौबिसे बाट माथि लागेपछिको नागबेलि उकालो मलाई ओर्लँदा मात्रै मन पर्ने उकालो चढ्दा पटक्कै मन पर्दैन थियो किनकि झ्यालछेउ आमा-बा'को काखमा फिरफिरे घुमाउँदै दिनभरको यात्रा सकिने गन्तब्य आईपुग्दा कति खल्लो लाग्थ्यो । आज चाँहि सकेसम्म छिटै उकालो चढिसक्न पाए घर पुग्ने गाडि पाईन्थ्यो कि भन्ने आशा थियो किनकि मोटरसाईकलमा लिन आईजो भन्ने दाजुपनि मेलबर्नको रेलतिर थियो होला ।
मकालु बसको झ्यालबाट अधिकांशले छादिरहेका हुन्थे बसले खुब सँग रिगाँउथ्यो । बेलुका बसपार्कमा ओर्लँदा आफ्नो जिउ पनि पुरा थकित हुन्थ्यो । बाटैमा सुतिदिउँ जस्तो लाग्ने । बिहान झिसमिसेमा शुरु गरेको यात्रा अँध्यारो भयो । तर आज केहि पनि भएको छैन । कत्तिपनि थकाई छैन । खालि "भगबानले दाँत नहुनेहरुलाई सुपारि दिन्छन" र "अब्यक्त संकेत" वरपर घुमिरहेको छ । जतिसुकै अब्यकत्त संकेतमा निश्चिन्त भएपनि आखिर मनैत हो भगबानले सुपारि होईन नौनि दिन्छन् भन्ने आशा त कहाँ मेरको छ र !

क्याननमा खिचिएका सबै फोटोहरु दाजु भाउजुलाई ईमेल गरेर फेशबुकका पन्नाहरु, नियमित को प्रोफाईल यात्रा सकेर दिनभरको चिसोलाई माथ गरिदिन दुईओटा रातो र पँहेलो बुट्टे चाईनिज ब्याल्ङकेट जिउमाथि हालिदिएँ । र सुपारि होईन नौनिको पार्थनामा निदाएँ ।


COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— January 23 2018 10:48 |