कति खुशी हुँदै हाेला त्याे गाउँ


Nimsaro Kirati
0 followers | 0 followings | 25 articles
कति खुशी हुँदै हाेला त्याे गाउँ ,
जन्मेको हुर्केकाे त्याे ठाउँ

शहरबजारलाई नै अाफ्नाे स्वर्ग ठान्नेहरु
स्वर्गबास हुन्छु भन्ने पिरले गाउँमा पाईला टेक्दा
अाफु जन्मिएकाे गाउँलाई नर्कझैं मान्नेहरु
हिजोआज मुख छाेप्दै गाउँतिर फर्केको देख्दा
कति खुशी हुँदै हाेला त्याे गाउँ ,
जन्मेको हुर्केकाे त्याे ठाउँ

वर्षमा मुस्किलले एकपल्ट - वडादशैंमा
केही दिनकाे निम्ति मुख देखाउन झुल्किनेहरु
छ महिनामै मुन्टिए, हप्तौं अघि- चैतेदशैंमा
दिल खाेलेर भित्र्याउदै हाेला छाति कुल्चिनेहरु
कति खुशी हुँदै हाेला त्याे गाउँ ,
जन्मेको हुर्केकाे त्याे ठाउँ

"उतै मर्नु नि,किन अाईस.." यस्तो नभनि
सकेसम्म स्वागत गरिरहेकाे हाेला सबै सबैलाई
शितल स्वच्छ अाभास दिदैहाेला निष्ठुरी नबनी
सायद थाेरै धन्यवाद दिदै काेराेना भाईरसलाई
कति खुशी हुँदै हाेला त्याे गाउँ ,
जन्मेको हुर्केकाे त्याे ठाउँ
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 15 2020 16:15 |