कथा


Krishna Prasad Sgarma
0 followers | 0 followings | 7 articles

मुटु, कलेजो र फेसबुकको पासवर्ड ( कथा )


 मैले अहिलेसम्म
तपाईँदेखि केही कुरा लुकाएकी छैन । अरुका सामु आँसु नदेखाउनु बरु एकान्तमा
धीत मरुञ्जेल रुनु भन्छन् मान्छेहरु, मैले कति आँसु पोखेँ तपाईँकै सामु ।
साच्चै लिनुहुन्छ भने मैले दायाँ हातको कान्छी औँला काटेर दिन्छु
लिनुहुन्छ ?''
उसले गम्भीर भएर निमेषतिर एक टकले आँखा जुधाईरही ।

कति बेर सम्म पनि आँखा झिमिक्क पारिन । त्यत्रो धीरता साहस थियो उसमा बरु
निमेषले आँखा जुधाउन सकेन । भन्यो धत् लाटी यति सानो कुरामा यति सिरियस
हुनुपर्छ । ठट्टा पो गरेको त ।
के तिमी साच्चिकै मलाई विश्वास गछर्यौ ?
तपाईँमा यत्रो शंका छ कसरी विश्वास दिलाउनु खै !
एउटा अनुरोध मात्र मान विश्वास दिलाउनु पर्दैन ।
के भन्नुस् न ।
भोलि साँझ पाँच बजे त्यही अस्तिभेट भएको पार्कमा आउनु ।
मेरो परीक्षा लिन खोजेको ।
यत्तिकैमा उनीहरु बीचको कुराकानी सकियो ।
भोलि साँझ ठिक पाँच बजे उनीहरु त्यही ठाउँमा भेटिए ।

एउटा अग्लो र झुम्म परेको रुखमुनि निमेष रुखको आड लिएर बस्यो विपर्या
निमेषको आड लिई । रुखको हाँगाको बीचबाट छिरेको अस्ताउँदो सुर्यको किरण
विपर्याको आँखामा प¥यो । ऊ अर्काे तिर फर्कन थाली , निमेषले हत्केलाले
विपर्याको निधारमा पाली बनायो र घाम छेकिदियो ।
विपर्या लाजले अप्ठ्यारो माने झैँ गरी हात हटाउन खोजी । निमेषले आँखा नै छोपिदियो । ऊ निमेषकै छातीमा टाँसिन पुगी ।
देख्यौ मैले तिमीलाई घामदेखि जोगाउन हत्केलाको पाली बनाइदिएँ ।
साटोमा तिमीले मेरो लागि के दिन्छ्यौ भन्न खोज्नुभएको हो ? विपर्याले उत्साही हुँदै सोधी
हो, ल भन के दिन्छ्यौ ?
तपाईँकै हत्केलामा नजरबन्द छु बाँकी के छ र मैले दिनू ? जे मन लाग्छ लिनु । मुटु कलेजो सबै ।

यही दिन विपर्या सम्पूर्णरुपले निमेषमा समर्पित भएकी थिई । निमेषले पनि
सोचेको थियो विपर्याको केही पनि कुरा ऊ देखि अलग छैन । विपर्याको शरीरको
अङ्ग प्रत्येङ्गहरु मानौँ सबै उसका आफ्नै शरीरका अङ्ग हुन् ।

त्यसको पन्ध्र दिनपछि उसले विपर्यासँग कहिलै नमागेको कुरा माग्यो ।
फेसबुकमा कुरा गर्ने क्रममा अरु धेरै कुरा भइसकेपछि निमेषले लेख्यो मलाई
तिम्रो फेसबुकको पासवर्ड देऊ ।
निमेषले फेसबुकमा हुने साथी र उनीहरुसँग
हुने कुराकानीको बारेमा समेत कहिलै केही कुरा गरेन सोधेन त्यस दिन
अचानकै पासवर्ड माग्यो ।
विपर्या आश्चर्य चकित भई ।
एक छिन के
लेखू लेखू भयो उसलाई । दिन्न भन्न पनि सकिन लैजाऊ भन्न पनि सकिन । धेरै
बेरपछि लेखी “फेसबुकजस्तो कुरा त्यो त नितान्त प्राइभेट कुरा हो कसरी
तपाईँलाई मेरोनाम बाट आफ्नो फेसबुक चलाउनु भनेर दिनु ? दिन सक्दिन ।”

विपर्याको जवाफ देखेपछि निमेषले गम्भीर भएर सोच्यो मुटु कलेजो सबै लैजाऊ,
शरीर तपाईँ र मेरोमा कुनै भेद छैन भनेर सबै हक दिएकी मान्छे तर फेसबुकको
पासवर्ड दिन नमान्नुमा त्यस्तो के होला भनेर यो सोचिरह्यो । शरीर सजिलै
उसको शरीर पाउन बरु निमेषलाई त्यति कसरत गर्नु परेन जति उसले फेसबुकको
पासवर्ड पाउनको लागि गर्यो । अनि थाक्यो । अनुरोध गरेन । पछि विपर्याबाट
आएका कुनै पनि म्यासेजहरुको रिप्लाइ उसले दिएन ।
बाँकी ((.......................................)मा

COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |