कविताणुहरु
Rated 2.78/5 (From 241 user)
अँध्यारो
ओड़ारको
अँध्यारो केही होइन
होइन
केही औंसीको रात पनि
मनको अँध्यारो
नगिच।
उज्यालो
घमाइलो दिउँसो केही होइन
होइन केही पूर्णिमाको रात पनि
मनको उज्यालो नगिच ।
भएन
आँखाभरि इन्द्रेनी सपना सजाउनेको सुनाइ भएन
मनभरि रूपसी माया बसाउनेको चुनाइ भएन
आघातको मात लागेर आस्थाको हिमाल ढले पनि
रातभरि रुने आँखाहरुको थुनाइ भएन ।
भयो
मायालुको हात ,जुनेली रात
नशालु मात भयो पहिले
मायालुको घात हरेक
प्रात:
विषालु बात भयो अहिले
जादु
ऊषरमा पनि उम्रेछ
बोट-बिरुवा
पैसा छर्किएपछि ।
आत्मश्लाघा
आत्मश्लाघा
हिउँदमा सुक्ने
बर्खाको नाली ।
प्रतिध्वनि
मुटुको पर्खालमा
वेदना ठोकिएर
निस्किएको आवाज ।
स्वेच्छाचार
स्वायत्त शासनको बघैँचामा
ढकमक्क फुल्यो
स्वेच्छाचार ।
काम
बेकारीको भाषामा नितान्त
आवश्यकता यो
ऐयासीको भाषामा एउटा मजा मात्रै यो ।
माम
खेतीवालको निम्ति चर्को घाम
व्यापारीको निम्ति खालि दाम
भोकाको निम्ति के घाम के दाम ।