के यादहरु ओएलाउदैनन र !!


मृत्य निर्मल
3 followers | 2 followings | 9 articles
के यादहरु ओएलाउदैनन र !! 2015-july- 2

हिजो मात्र तिमीले पठाएको
तिम्रो त्यो नया तस्बिर
टास्नु छ भित्तामा

कोर्नु छ ,तिम्रो अनुहारमा
एक प्रश्न चिन्न!!!

टुक्रा-टुक्रा पारेर तिम्रो तस्बिर
फेरी,
जोड्नु छ "पजल" झैँ गरेर
र सोध्नु छ
कसरि जोड्ने हो यो मुटुलाई ???
जुन तिमीले टुक्रा टुक्रा पारेकी छौ ।

सजिएको देखेर भित्तामा तिमीलाई
नचिन्नेले सोधे " चिन्दिन भनिदिने छु "
चिन्नेले सोधे " फेरी एक चोटी रोइदिने छु "
तर,कुनै दिन मैले नि तिमीलाई बिर्से भने
हाम्रा आँखा फेरी जुधे भने
के तिमि मलाई चिन्ने छौ?

जसरी मुटु चलेसम्म तिम्रो याद
त्यसरी नै
भित्तारहे सम्म तस्बिर रहने छ?
फुलको मालाले सझिएर ।
सायद ओइलाउनेछन् फूलहरु।
तर
यादहरु किन ओइलाउदैनन ?
याद हरु किन तस्बिर जस्तै हुन्छन ।
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |