को हौ तिमी मेरो ??


मृत्य निर्मल
3 followers | 2 followings | 9 articles

को हौ तिमी मेरो ??

बादलमा चड्थे
गर्थे चरा सँग प्रतिस्प्रधा
एक दिन ठोकिनु थियो
ठोकिए पहाडमा
पोखिनु थियो पोखिए जमिनमा
म जमिनको किरो
नौलो थिएन,
यो उडान
पहाड सँगको टकराब
गिर्नु सतहमा
टुक्रनु , दुख्नु..... यो चोट
तर कथा लम्बियो .....
रुझेछौ तिमी ।
प्रश्न आए अनेक अनेक
कस्ले राख्यो त्यो पहाड ?
किन भयो उडानमा अवरोध ?
षडयन्त्र हो यो कसको ?
हो को मेरो दुस्मन सपनाको ?
किन आयौ मेरो सामुन्ने तिमी ?
किन जुधे हाम्रा आँखा ?
किन मोडे मैले बाटो ?
म टुक्रिए त टुक्रिए ,
तिमी किन रुझ्यौ ?
लाखौ प्रश्नहरूको हुरी चल्यो
सायद आतियौ सायद डरायौ
विश्वास थियो मलाई
रोकिने छ आधी ,थामिने छ झरी ।
तर
दगुर्दै महलमा ओत लाग्ने
ए ! मलाई घाइते बनाउने
मलाई एक्लै छोडी भाग्ने
पहिलो र अन्तिम जवाफ देऊ
को हौ तिमी मेरो ??


COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |