शरिर त मासु मात्र हो मरिजान्छ
क्रान्ति त मेरो रगत रगतमा छ
जब तिमि मेरो मुख थुन्ने छौ
हजारौ नया मुखहरु खुल्नेछ
तिम्रा अघि शरण पर्नेछौनन् कोहि
बिद्रोहमा सारा संसार घुल्नेछ
अनि तिनि देख्नेछौ आफ्नो पतन
आफ्नै अघि आकाशमा मडारिईहेको
तिम्रा ति अतितका कुकर्मले
तिमिलाई नै बढारिरहेको
तिमी गर्ने छौ ह्रिङ्षक दमन
ढलाउनेछौ हजार शरिर
गराउनेछौ रगतको सागर
ति सागरले तिमिलाई नै डुबाउनेछ
हजारको लाशले लाख तान्नेछ
तिम्रा कर्तुतले तिमिलाई नै हान्नेछ
अनि काटनेछौ मेरा अङ्ग अङ्गजब
मेरो अस्तु माटोमा जानेछ
माटोमा क्रान्ति घुस्नेछ
जब हावामा पुग्नेछ मेरो धुवा
हावाले क्रान्ति बुझ्नेछ
अनि जहा त्यहि देख्नेछौ क्रान्ति
क्रान्तिले तिमिलाई ढाक्नेछ
मेरो सानो आवाजले ठुलो रुप लिनेछ
हिजोका अर्थहिन शोषितले
तिमीलाई घुडा टेकाउनेछन
तिमीले देखाउन नखोजेको
सुन्दर ससार देखाउनेछन
हो म शुन्यमा बिलाई जानेछु
तर अब शुन्य शुन्य रहनेछैन
त्यहा क्रान्तिको अवशेष बहनेछ।