खुशी छैनौ तिमी


Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )
3 followers | 0 followings | 8 articles
 


                                       अनिता भण्डारी (पौडेल )
                                        नंया बानेश्वर , काठमाडौँ 

खुशी छैनौ तिमी, बस्ने महल पाएर पनि 
डिस्को, क्लब, मोज मस्तीमा  धाएर पनि 

किन तिम्रो अनुहारमा ग्रहण लागेको छ 
महँगा महँगा पहिरन गहना लाएर पनि 

गरिब हुदाँ दुखी, धनि हुँदा सुखी भन्थ्यौ 
खै कँहा गयो तिम्रो हाँसो मनले चाहेर पनि 

भजन गर्छौ भोजन गराउछौ शान्ति खोज्दै 
शुद्ध छैन मन तिम्रो फेरी शुद्ध खाएर पनि 

बस्ती छोड्यौ शहर छोड्यौ पुग्यौ परदेशमा 
रम्न सकेनौ तिमी परदेशीको गुण गाएर पनि 
COMMENTS
Dibya Bajracharya   21st Sep 2017
ramro
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |