गजल


शंकर निरौला 'निरक्षर'
2 followers | 4 followings | 1 articles
गजल

कुरान चाहिन्छ, बाइबल चाहिन्छ, गीता चाहिन्छ ॥
मलाई यी मान्छेहरूको सभ्यताको रचयिता चाहिन्छ॥

तिमी भन्छौ भने- प्राणवायु बिनै बाचेर देखाइ दिन्छु
तर प्रिय, म बाँचिरहन मलाई कविता चाहिन्छ ॥

तिमी जस्तो परदेशिन नसक्नुको कारण यहि हो-
मलाई मेरै आँखा अघि मेरा माता-पिता चाहिन्छ ॥

घर, समाज र देश सप्रीएको मन पराउँदैनन् कोइकोइ
भडुवाहरूलाई सधैं कुनै न कुनै रमिता चाहिन्छ ॥

दुनियाँ जितेर सिकन्दरले अन्त्यमा यत्ति कुरो बुझ्यो-
आखिर मान्छेलाई मात्र यौटा कफन र चित्ता चाहिन्छ ॥

- शंकर निरौला 'निरक्षर'
फत्तेपुर, सप्तरी ।
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |