जनकपुर यात्रा


Rujan Neupane
33 followers | 49 followings | 19 articles
धेरै समयपछि हाम्रो गाँउको पाँच बजेको बस चढ्न चौरमा बस कुर्दै गर्दा पुराना दिनहरुको याद आयो । जतिबेला म / हामि कलेज जान्थ्यौं । दुध बेच्न शहरजानेहरु र कलेजका बिद्मार्थिहरुले बस एकदमै खचाखच  भरिएको हुन्थ्यो । कतिपय दिनहरु बसको एस्तो चेपहरुमा परिन्थ्यो जुन अति कष्टकर हुने गर्दथ्यो । त्यो हरियो बस देखि लिएर कयौं तेस्ता बसहरुमा खुब कष्टकर यात्रा गरियो । तेस्तैमा जनकपुरको पारिबारिक भेटघाट यात्रामा निस्किएको मैले धेरै पछि पाँच बजेको बस चढें ।

आफ्नो आमा सँग मामाघर र घर गरेको त्रिभुबन राजपथ, तल्लो बाटो चाँहि निकै चिरपरिचित थियो तर यसपटक म काठमाडौंबाट पुर्ब नेपालको पुर्बि भेगको पाहाडि बाटो को डोलबाट चुरे पाहाडलाई पार गर्दै तराई जाँदै थिएँ ।

कक्षा ९मा पढ्दै गर्दा निकै सानो बेलामा म हजुरआमा र बाबा सँग जनकपुर पुगेको थिएँ । काठमाडौं उपत्यकाको काँठमा जन्मेर हुर्किएर मैले कहिलै तराईको भु-भागमा एक रात भन्दा बढि बिताएको थिईन ।  शायद तेहि एक रात नै थियो मेरो चुरे पहाड भन्दा बाहिरको बसाई  ।  

यसपटक म एक्लै पहिलोपटक सिन्धुलि बर्दिबास(बि.पी राजमार्ग) हुँदै जनकपुर गएको हुँ ।

फटाहा र छलकपट प्रबृतिले भरिपुर्ण भुगोलमा रहेको मैले अघिल्लो दिनै सुमोको टिकट लिएपनि मलाई अन्तिम सिटमा पारिदियो ।  धन्न भर्खरै SLC सकाएका अति पातला मधेसि केटाहरु सँगैको सिटमा भएकाले, चार जाना खाँदिनुपर्ने बाध्यात्मक यात्राको ब्यबस्थामा केहि हदसमम्म सजिलै भयो ।

बिहान समय भन्दा निकै अगाबै म कोटेश्रर पुगें । गाडि कुन हो भनेर काउन्टरमा सोधेपछि, छोटा छोटा दाह्रि, गोलाकार अनुहार मोटो शरिर भएको एक यबकले "भाई,  उ त्यो हो गएर बस्दै गर्नुहोस" भन्यो ।  

मैले त्यो युबक म भन्दा कम उमेरको भएको अगाडिबाटै निश्चिन्त थिएँ तर उसले "भाई" भनेर सम्बोधन गरेपछि चाँहि खुब खुसि लाग्यो । कम्तिमा अझै निकै जबान देखिँदै त रहेछु नि ।

जेब्राको शरिरमा हुने बुट्टा जस्तो रङ्गको जम्पसुट लगाएकि केटि र अरु केहि गोरा नाङ्गा तिक्रा देखिएका केटिहरु काउन्टरको वरपर देखेपछि चाँहि तेस्तै केटिहरु सँगैको सिटमा भईदिए हुने भनेर मनले नसोचेको होईन ।

टिनएजका अन्तिम बर्षदेखि बयस्क उमेरको करिब अन्त्य सम्म आईपुग्दा स्त्रीहरुबाट पुर्णतया तिरस्कार, तौलिएर छोड्ने वा एस्तै एस्तै बेवास्ताहरु  र उपेक्षाहरु खेप्दै आएको मैले अझैपनि कुनै स्त्री देख्दा हुने मनको मोह देख्दा आफैं देखि छक्क पर्छु ।

बनेपा भन्दा केहि पर नास्ताको लागि रोकिएको सुमोबाट निस्किएर मैले तातो समोसा खाने निर्णय गरें । समोसा को लागि अर्डर काउन्टरमा उभिएर बताउँदै गर्दा "बिदेश बाट आउनुभएको हो?" भनेर त्यो चुल्ठा मुन्दा प्रबृतिको देखिने मिडल एज मानिसले मलाई सोधे, त्यसको जबाफमा मैले एसो टाउको हल्लाईदिँदै हो भनेको जस्तो गरिदिँए किनकि कस्तो ब्यबहार गर्ने रहेछ थाहा पाउँ भनेर । नभन्दै मेलै आफैंले बोकेर लैजानु पर्ने समोसा तरकारिको थाल उनले आफैंले बोकेर टेबलमा पुर्याउन गए ।

पैसा मात्र सबैथोक भएको हाम्रो समाजमा  भकुन्डेबेशि सम्मको बाटोको भागमा चाँहि पिच हरु ऊक्किएका रहेछन् ।  कारण चाँहि ति देख्दै दिक्क लाग्ने ढुङ्गा खानि, ट्रिपरहरु हुन ।

हामिले नै माटो पन्छाएको, ढुङ्गा फुटाएको, पिच गरेको त हो नि तैपनि त्यो बि पी राजमार्गको गुणस्तर कति राम्रो छ, आहा ! कति राम्रो बाटो छ । बिदेशि प्रबिधि र आर्थिक सहयोगमा बनेका संरचनाहरु पक्का हुनुमा हरेक काममा उनिहरुले देखाउने दत्तचित्तता र त्याग हो ।

फोटोग्राफि काममा मोह बढेको कारणले गर्दा ति बाटोहरुमा धेरै ठाउँमा रोकेर पहाडि ल्यान्डस्केप, तराईको समथर जमिनहरुको दृष्य क्यामेरामा कैद गर्न मन थियो । तर जिनबभर सार्बजनिक गाडिमा यात्रा गर्नुपर्ने कष्टकर जिबनयापन गर्नुपर्ने बाध्यताले तेस्ता धेरैकुराहरु को रहर अधुरै रहने गर्दछ ।

एउटा सानोतिनो मोटर भईदिएको भए, यात्रा गर्न खुब रुचाउने मेरो बाबालाई पनि अन्टि सँगै घुमाउने रहर मनमा कल्पिँदै सार्बजनिक सुमोमा अठसमठ सिटमा छेउमै बसेको भाईको पसिनाको नराम्रो गन्धले निसासिँदै गन्तब्य कुर्नुको बिकल्प थिएन ।

नौ जाना यात्रुहरु बोकेर सुमोले जनकपुर तिर हामिलाई लैजाँदै गर्दा मैले सबै यात्रुलाई पालै पालो हेरें । सबै तराई भागमा बसोबास गर्ने कालो कालो बर्ण देखिने मानिसहरु थिए । हुनत म पनि गोरो त होईन, दशैंमा छोपेर राखेको जमरा जस्तो कतै घाममा ननिस्किएर पहाडि खोँचको काँठमा जबरजस्ति जिबनयापन गर्दै गरेको सामान्य पाहाडे थिएँ ।


राजनितिक रुपमा खुब सँग जबरजस्ति सामाजिक बिभेद उत्पन्न गराईँदै गरेको हाम्रो अहिलेको समाजमा, मलाई चाँहि म पहाडे भएर, कुनै तराईको मानिसहरुलाई  मधिशे भनेर हेप्दै गर्ब गर्नुपर्ने कुनै कारण देख्दिन । आखिर पछिल्लो दशक या शताब्दिमा हामि पहाडमा बसेकोले पनि के नै नाम कमाउने काम गरेका छौं र, खै मेरो नकारात्मक नजर हो कि पछिल्लो समयको अधिकाँश पहाडेहरु काठमाडौंमा रहेको  नब सामन्ति शक्ति केन्द्रमा आएर अथाहा आर्थिक भ्रष्टाचार बाहेक अरु केहि गरेको देखेको छैन ।  

अझ भन्नु पर्दा पछिल्लो समय बसाईसराँईको क्रम एस्तो भयो कि काठमाडौं बाहेक नेपालको अरु कुनै ठाँऊ ठाँउनै होईन भन्ने मासशिकता बिकाश भईसक्यो । काठमाडौंमा घर हुनु गर्बको बिषय भईसकेछ । आखिर अति अब्यबस्थित शहरिकरण, कुरुप सामाजिक जिबन शैलि, अत्याधिक ध्वनि प्रदुषण, प्रशासनबाट सामान्य मानिष माथि हुने अत्याचर, पाईलै पिच्छेको भ्रष्टआचर, कठोर मन भएका मानिस हरु, जनाबरमाथिको अत्याचार, कष्टकर सार्बजनिक यातायात तथा सामाजिक ब्यबस्था बाहेक मैले तेस्तो केहि पाएको छैन । पहाडि चिसो र आद्रतायुक्त हावापानिको केहि हदसम्मको मज्जा प्रदुषणमाथि जित्दै अलिअलि कायमै छ भन्नुपर्छ ।

सुमोमा यात्रारत एकजना युबक मेरै ऊमेरको देखिने थियो, एकपटक एकले अर्कालाई देखिने गरि हेराहेर हुँदा ऊसले मलाई ईर्षयालु घुराईयुक्त हेराई हेर्यो । मैले वास्ता गरिन । पछि मलाईनै देखादने पाराले उसले  ब्यागबाट DSLR क्यामेरा निकालेर सुमोको झ्यालबाट फोटोहरु खिच्न थाल्यो । भारि उपकरणले AUTO मोडमा फोटो खिच्दै घरि घरि मेलाई हेरेर खुब फुर्ति गर्दै थियो । मलाई चाँहि ऊसको म प्रतिको भाबभन्दा पनि ऊसको DSLR को AUTO मोडमा खिचिँदै गरेको फोटोहरु प्रति दया लाग्दै थियो ।

जतिजति चुरेतिर पुगिँदै थियो तातो र  कम आद्रताको हावाले शरिरलाई सकस दिन थालिसकेको थियो । मैले अपरिचितहरु सँग खासै बोलचाल गर्न बिस्तारै छोड्दै गएको छु, त्यैसैले बाटोको देब्रे पट्टि बगिरहेको नदि कुन नदि हो थाहै नपाई म तराईको समथर भु-भागमा पुगिसकेको थिएँ । आफ्नो बाबा बाट अप्रत्यक्ष्य अभिप्रेरित हुने भएर होला मलाई भुगोलको ज्ञान राम्रै छ त्येसैले सुनकोसि नदि भएको अनुमान नलगाएको होईन ।

आर्क सेपको सेतो रामानन्द चौक भनिने ठाउँमा पुगेर मलाई सुमोले अन्तिम स्टप भएको जानकारि दियो । मैले सुमोबाट निस्किएर तातो भुङ्ग्रो जस्तो बाताबरणमा हतपत एउटा  ब्याट्रिबाट चल्ने आधुनिक रिक्सालाई मोलतोल गरेर चढिहालें । मैले त्यो रिक्सा चढ्दै गर्दा पहिलो पटक बाबा सँग यहि ठाउँमा आउँदा चढेको त्यो मान्छेले पेल्ने रिक्सा चढेको र त्यो हात पाखुरा पुरै डढेको र टाउकोमा बाक्लो सुतिको फेटा गुथेको मानिलाई संझीएँ ।

बयस्क भएर आफ्नै जिम्बेबारिमा हिड्नु र बाल्यकालमा बाबाको हात समातेर हिँड्नुमा भिन्नता हुने रहेछ ।


रिक्साले मलाई जानकि मन्दिरको उत्तर पुर्बि बाटो हुँदै मेरो गन्तब्यमा पुराई दियो ।

जानकि मन्दिरको भब्यतालाई कत्तिपनि नसुहाउने र म करिब पन्ध्र बर्ष अगाडि गएको त्यो जनकपुर शहर जस्ताको तेस्तै फोहर र अझ भन्नुपर्दा झनै फोहोर बढेको पाएँ । बेलुकाको हिँडाईमा नेपालको एकमात्र रेल जिर्ण हालतमा पटरिबाट छेवैको पोखरिको डिलतिर मिल्काईदिएको पाएँ । नयाँ बन्दै गरेको पटरि र रेल्वे काउन्टरहरु छेउछाउको बाटो, पोखरि, बजार देख्दा लाग्छकि कति अब्यबस्थित सामाजिक ब्यबस्था ।

अहिलेको चरम आधुनिक समयमा तेता जनकपुर शहरमा,  गंगा सागर, धनुष सागर, राम मन्दिर, वरपर अबस्थित शहरको अबस्था देख्दा लाग्छ हामिले केहि गर्न सकेको छैनौ, मात्रै अति आधरभुत जिबनयापन बाहेक बिद्दता प्रदर्शित गर्ने केहि नयाँ पौरख हरु गर्न सकेको छैनौं ।

मानिसहरु यत्रतत्र बाटो बिचमै हिँडिरहेका छन्, सबारि साधन पनि तेतै चर्को हर्न बजाउँदै गुडिरहेका छन् । सडक पेटि हिँडुहिँडु लाग्ने छैन । कतै फुलहरुले सजिएका हरिया चौरहरु छैनन् ।  मैलो देखिने कालोपत्रे सडकको बिचमा राजनितिक दलले बालेर छोडेको टायरको कालो धुलो यत्रत्र छरिएको छ, बाटोको दुबै छेउमा शायद शताब्दि देखिनै जमिरहेको मैला पानिमा झिङ्गा र लामखुट्टेहरु भन्किरहेका छन् ।


बिहान जानकि मन्दिरको दर्शन गर्न फराकिलो खुला जानकि मन्दिर प्राङ्गडमा पुग्दा अलि आनन्द महशुस हुँदै थियो तर छेवमै बनाईएको बाँसको अस्थाई संरचनाले एउटा फोटोग्राफलाई कति दु:खि तुल्याउँछ भन्ने कुरा ढङ्गयुक्त फोटो खिच्ने सहुमलाई मात्रै थाहा हुन्छ ।

शहर सफा भएपो मन्दिर सफा हुनु, तैपनि मन्दिरमा पुग्दा जुत्ता खोल्नुपर्ने हाम्रो परम्परा छ तर त्यो भुईमा टेक्दा सिकसिक लाग्ने  प्राङ्गगडमा निकै परदेखिनै जुत्ता खोल्नुपर्ने ब्यबस्था चाँहि दिक्क लाग्दो हुन्छ । कतिपय अबस्थामा पाईतालाको सकेसम्म कम भाग मात्रै भुईमा परोस भनेर गोडाको बुढि औंला र कुरकुच्चाले मात्रै टेक्दै पनि हिँड्ने गरेको छु ।

 
शालिग्रामको कालो ढुङ्गा पुजा गर्दै हुर्किएको, पशुपतिमा कालो पत्थरको शिबलिंङ्ग, लिच्चिबि काल र मल्लकालमा बनाईएको पथ्थरको ढुङ्गामा कुँदिएको मुर्तिलाई अबिर, केसरि चन्दन लगायतले मस्त सँग लतपताईएको भगबानहरु दर्शन गर्ने गर्दै हुर्किएको मलाई मिथिला नगरमा रहेका मन्दिरको भगबानहरुले लोभ्याउन सक्नु भएको जस्तो लागेन ।  


जनकपुरको गर्मिले मलाई हरबखत अनुहारबाट तरतर पसिना बगिरहेको थियो । प्राय गरेर मेरो शरिरमा अनुहारबाट पसिना धेरै बग्ने गर्दछ । कालो बर्णको मानिस भएरहोला शहरतिर हिँडहुल गर्दा खासै कसैले याद गरेर मतिर हेरेको जस्तो लागेन । म उतैतिरको जस्तो देखिने रहेछु । हुनत मलाई गोरो हुने ठुलो ईच्छा थियो तर आफ्नो बर्ण आफुले चाहेको जस्तो कहाँ हुन सक्थ्यो र ।

दिउँसको गर्मिमा खासै हिडडुल गरिहालौं जस्तो लाग्दैन थियो । साँझ या बिहानमा चाँहि बाहिर तिर निस्कन सकिने हुँदो रहेछ ।


एकदिन साँझको घुमघाम भाई प्रतिक सँग हिँड्दै गर्दा जानकि मन्दिरको बार्दलि तिर थियौं, चन्दिगढ बाट आएका भन्दै गरेका एक मिडल एज महिला पुरुषहरुको समुह मध्येको एक कालि बर्णको हेर्दा सुन्दर नदेखिने अन्टिले देखाउनु भएको सह्रदयता संझन लायक थियो । ऊहाले मलाई अगालो मार्नु भयो मैले रोक्न सकिन र पछि मलाई पनि राम्रो महशुश भयो ।


पछिल्लो पटक १९ जना भारतिय सँग सौराहा भ्रमण गरेर फर्किएको थिएँ , अहिले अनायसै बार्दलिमा भेट भएको त्यो अन्टि सँगको सौहार्दता देख्दा यो सबै पोलोटिलक बाउन्ड्रिहरु देखि बिरक्त लाग्दछ र धेरै अगाडि पढेको जे कृष्णमुर्तिको भनाईहरुको संझना आउँछ ।


बाईकमा वरपरको देहात(गाँउ) हरु घुमेर अलिकति भएपनि टेलिभिजनमा देखिएको तराईको गाँउहरुको झलक देख्न पाईयो । जलेश्रर मन्दिर, जलमा डुब्नुभएको महादेब हुनुहुँदो रहेछ, धनुषा अनौंठो पथ्थर जस्तो देखिने धनुषको आकृति रहेछ ।

धनुषा परिसरलाई जसरि निर्माण गरिएको छ त्यो तेति बैज्ञानिक तथा मनमोहक आर्किटेक हो जस्तो लाग्दैन । मैले भए त्यसलाई खुला संरक्षित परिसर बनाउने थिएँ ।


शहरतिर साँझ बिहान हिँड्दा मैले यतातिर सँधै देख्नुपर्ने नाङ्गा तिघ्रा, नाङ्गा कुमहरु कतै देखिएन् यस अर्थमा तेतातिर बसोबास गर्ने केटिहरुमा पहिरनमा केन्द्रित आधुनिकताको  मोह देखिन या सामाजिक बाध्यतामा रहेर आफुलाई समाज सुहाउँदो भईरहन स्विकार गरेका जस्तो लाग्दै थियो ।


पारिबारिक भ्रमण भएकोले खाना बस्न अतिनै सुबिधा थियो । शहरबाट केहि मिनेटको दुरिमा भएको बुवाहरुको घर मेरो जनकपुर शहर घुमघामको दृष्टिकोणमा निकै सहज थियो ।  त्यसमा पनि म ज्वाईको भाई :) । मैले खुब सम्मान तथा आदर पाएँ ।  तर अफसोच एस्तैगरि सबैठाउँमा ज्वाईको भाई हुँदैमा राम्रो आदर पाईन्छ भन्ने पक्का चाँहि हुँदो रहेनछ । मैले अनादर गरेको पनि बुझेको छु तैपनि मेरो नियन्त्रणमा रहन नसक्ने भाबनाहरुले गर्दा मलाई भिन्न प्रकारको ठुलो प्रताडना सहनु परेको छ  ।



म दिनको दुईपटक नुहाउनु मेरो लागि सामान्य दिन चर्या नै थियो त्यसमा पनि जनकपुरको गर्मिमा मैले प्रत्येक दिन दुई पटक नुहाएर मैले बसाईको आनन्द लिएँ । बारिमा आउने ति squrales ले Dreams Garden को झझल्को दिने रहेछ । चराहरु घर नजिकै रहेको बुट्यान तथा रुखहरुमा निकै नजिकै आउने रहेछन् ।


दाजुको भाउजु सँगै भएको ठुलो आकारको फोटो भित्तामा देख्नाले पुगेको दिन कति सजिलो आफ्नोपनको आभाष हुने रहेछ र अर्को तर्फ झुन्डिएको तेतिकै आकारको अर्को फोटोले प्रत्येक राति झुलको तुना बान्न थाल्दा मानशिक यातना थपिने गर्दथ्यो  । म झुक्किएको ... र आफुलाई रोक्न नसक्दाको परिणाम ।

पोखरिहरुले  भरिएको जनकपुर आधुनिकताले गर्दा सबै पोखरिहरुले आफ्नो प्राकितिक सौदर्यता गुमाई सकेका थिए, त्यसमा पनि जानकिमन्दिर वरपर रहेका केहि पोखरिहरुले बिशेस घार्मिक महत्व राखेको कुरा मलाई भाईले बताएको थियो ।

प्रचन्ड गर्मि मौसममा एस्तै एस्तै रमाईला पाँच दिनहरु बिताएँ ।  कुरुप आधुनिक संरचना सहितको शहरले घेरिएको परिस्थितिमा  रहेको मनमोहक प्राचिन मिथिला नगरको कल्पना गर्दै भब्य जानकि मन्दिर र त्यस वरपरका प्राचिन तथा धार्मिक महत्व राख्ने  स्थलहरुको भ्रमण गरेर सजिलो सँग काठमाडौंको ऊपत्यकाको काँठमा भएको हाम्रो गाँउ फर्किएँ । एक दुई दिन त यताको हावापनि ठन्डा महशुस भयो, आफु हुर्केको ठाउँ न हो कसरि ठन्डा लाग्न सक्ला र ।







 
COMMENTS
Ruman Amant NEupane   9th Jul 2017
Wonderful !
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |