(तुर्कमानी लोककथां) बुद्धिमान केटो


Saran Kumar Rai / सरण राई
0 followers | 0 followings | 11 articles
 अनुवादक— सरण राई

एकादेशबाट
व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँग धेरै नोकर  चाकरहरू पनि
थिए । बाटोमा उनीहरूले एउटा ठूलो नदी तर्नु प¥यो । सबैजना नाउमा बसेर नदी
तर्न थाले । अचानक आधिबेहेरी आयो र नाउलाई हुत्याएर ढुङ्गामा ठोक्कायो ।
नाउ टुक्रा टुक्रा भयो ।मनिसहरू डुबे । तन्नेरी नोकरह्रूमध्ये एकजना
मात्र बाँच्यो । ऊ नाउको एउटा टुक्रा समातेर किनारामा नपुगुन्जेल पौडी
रह्यो । किनारामा पुगेपछि ऊ जता पायो उतै गयो ।टाढैबाट एउटा नगर
देखियो । युवक त्यतैतिर गयो । जब ऊ नगर पस्ने ढोकाछेउ पुग्यो, मानिसहरूको
एउटा हुलले उसलाई समातेर नगरमा लग्यो । “तिनीहरूले मसँग कस्तो व्यवहार
गर्छन् होला ?” डराउदै उसले सोच्यो ।त्यो नवयुवकलाई उनीहरूले नयाँ लुगा लगाइदिए र राजसिंहासनमा बसाए ।”यो के गरेको होला ? यसलाई के सम्झनुपर्ने हो ?” उसले आफ्नो वरिपरी जम्मा भएका मानिसहरूलाई सोध्यो ।”हाम्रो
देशमा यस्तै प्रथा छ”, सेतो दाह्री भएको एक जना भलादमी बूढाले जवाफ दियो,
“जब राजाको राज्य अवधि सकिन्छ, र हाम्रो यहाँ यो एक वर्षको हुन्छ, तब
राजालाई हामी पहाडतिर लान्छौँ, जहाँ सर्प–बिच्छुहरूको बस्ने ढिस्काहरूले
भरिएको खाडलहरू छन्, र उसलाई त्यहाँ सर्प र बिच्छुहरूले टोकेर मर्नका लागि
फ्याकि दिन्छौँ । त्यसको ठाउँमा जो नगरको ढोकामा सबैभन्दा पहिला आउँछ,
उसैलाई सिंहासनमा  राख्छौँ । यस पटक हामीले तिमीलाई भेट्यो, यसकारण तिमीलाई
हाम्रो राजा बनाएका छौँ ।”“यसको माने यो भयो कि जबसम्म म राजा रहनेछु”, शान्त भएर युवकले सोध्यो, “म जे चाहन्छु गर्न सक्छु ।”“पक्का हो”, भलादमीले जवाफ दियो, “एक वर्ष सबै तिम्रो हातमा छ ।”आफ्नो
शासनको थालनी नै युवकले त्यो डरलाग्दो पहाडको आक्रमणबाट शुरु ग¥यो । उसले
एउटा ठूलो सेना जम्मा ग¥यो र सर्पहरू र बिच्छुहरू मात्र नभएर उसले त्यस
पहाडमा भएका सबै हिंस्रक जीवजन्तुहरूलाई सखाप पा¥यो । यसपछि त्यहाँ कुलो
खन्ने र बगैचा लगाउने आदेश दियो र त्यहाँ नगर बसायो । जब उसको राज्य गर्ने
अवधि समाप्त भयो, मान्छेहरूलाई त्यो डरलाग्दो ठाउँको सम्झना समेत रहेन ।
मानिसहरूले आफ्नो राजाको काम देखेर उसलाई फेरि छाने । यस प्रकार ऊ धेरै
वर्षसम्म बाँच्यो र आफ्नो प्रजाको भलाईको लागि थुप्रै राम्रा कामहरू ग¥यो ।

 साभार–‘तुर्कमनी लोक कथाएं’ रादुगा प्रकाशन, मास्को, १९८२ ई.सं.
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |