त्यो रुवाई अनि मानब अधिकारको चरम ऊल्लङ्घन


Rujan Neupane
33 followers | 49 followings | 19 articles
नेवा : म्हसिका को यो पोस्ट सँगै देखिएको फोटोमा रुँदै गरेकि  महिलाको फोटो देखेपछि एकपटक मेरो पनि चित्त दुख्यो ।


जबरजस्ति बास भत्काईदा रुँदै गरेकि महिला । HUMAN RIGHTS ISSUE IN NEPAL तस्बिर साभार: नेवा : म्हसिका


हराम देखि दैब डराउने भने झैं मैले पनि बेथितिहरु र परिबर्तनको लागि फुर्सद समयमा ब्लक लेख्ने गरेको छु, तर आजभोलि म खासै लेख्न छोडिसकेको छु र पुराना पोस्टहरुलाई पनि हाईड गराईदिएको थिएँ ।
हेर्नुहोस ति आईमाईको बास भत्किँदाको बेदना । ति आईमाईलाई बस्ने बास आफ्ना मृतक श्रिमानले बढो दु:खले बनाईदिएर त्यस घरमा बस्नु भनेर यो संसार छोडिसकेका हुनुपर्छ कि यो कुरा मैले ऊनले लगाएको पहिरनको रँग बाट बुझ्छु ।
ऊनलाई तेति सजिलो पक्कै छैन भोलि स्तनमा गिर्खा आयो भने तुरुन्तै पचास लाख जनताको पैसाको ढुकुटिबाट पाईने । भएको एउटा बास जबरजस्ति भत्काईदिने ?
खै मानब अधिकार ? के हो मानब अधिकार ?
मेरो घर भक्तपुरमा छ, मलाई पनि सिँहदरबारमा बस्न पायो भने दैनिक कामकाजको लागि पायक पर्छ र सुबिधा हुन्छ तेसैले मलाई पनि सिँहदरबारमा २-४ रोपनि को ठाँउको प्रबन्ध होस ।
जसरि बाटो बढाउँदा सुबिधा हुने निहुँमा जबरजस्ति ऊठिबास लगाउन मिल्छ भने मैले सिँहदरबारमा बस्दा मलाई पनि त सुबिधा हुन्छ तेसैले मलाई पनि सुबिधाको हक छ ।
होईन भने ति आईमाईले बोलेको रकम सरकारले तिर्नुपर्छ सडक चौंडा पार्नको लागि  सरकार भनिएकाहरुको ले ।

बानेश्वरमा नयाँ उदयिमान शासकहरुको परिसरको संरचनाले छेकिएको मुल सडक ।


यो तस्बिर अनगितन्ति उदहारण मध्येको एक हो जुन मैले बल्ग लेख्दै गर्दा मेरो फोनमा तुरुन्तै पाएँ ।
यो चाँहि बानेश्वरमा नयाँ उदयिमान शासकहरुको परिसरको संरचनाले छेकिएको मुल सडक हो ।
मैले बाटोको देब्रे छेउबाट मेरो दुई पाङ्ग्रे चलाउँदै गर्दा प्रत्येक दिन यो ढिस्को आईपुगेपछि दाहिने लाग्नु पर्दछ र यो क्रममा दायाँबाट बायु बेगले आउने  चार पाङ्ग्रेले करिब करिब ठक्कर दिन खोज्छ । र मैले अनगिन्तिपटक ज्यान जोगाएको छु नेपाल यातातात बाट । के थाहा कुनै अर्को कमजोर भाय्ग भएको दिन नेपाल याताताको पाङ्ग्रा मुनि पिँधिनु पर्छ ।
एस्तै फ्रेन्च दुताबासको पर्खालले लाजिम्पाटको मुल सडक छेकेको छ, अमेरिकन दुताबासले पनि छेकेको छ रे । र बागबजारको सडक पेटि चाँहि घरै पिच्छे खाडल पारिएको छ सडक पेटि र घरको ढोकाको तह मिलाउन ।
 र यस्ता हजारौं छन जुन लेखेर मेरो समय बर्बाद गर्नुभन्दा यो चिसोमा एकैछिन फेरि सिरक भित्र निदाईदिनु नै बेस हुन्छ कि यो भुमन्डलको यो खन्डमा बसोबास गर्ने हामि हराम हरुको झुन्डको कुकर्मको बयान गर्नुभन्दा ।
म यो दाबिका साथ भन्न सक्छुकि यो हामि काठमाडौं भ्यालिको आदिबासि माथि गरिएको मानब अधिकारको चरम ऊल्लङ्घन हो । बसाईसराई को क्रममा प्रशासनिक निकायमा हुँदैगरेको उदयिमान नयाँ शासकहरुले आदिबासि माथिको अत्याचार हो यो किनकि ऊनिहरुको घर मुल र प्रमुख सडक छेउमा हुनसक्ने सम्भाबना ज्यादै न्युन छ ।

COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— January 23 2018 10:48 |