मुर्ख !मेरो क्यानभासको चित्र किन बन्छौ ?


मृत्य निर्मल
3 followers | 2 followings | 9 articles
ए मुर्ख मित्र
मेरो क्यानभासको चित्र किन बन्छौ ?
अग्ला होचा रहर हरु
संसार जित्ने अभिलासा
किन भत्काउछौ ?
मेरा निरङकुश औला लाई सुम्पेर ।


 औधि अतालिएर
सालै भरिको झरी
अनियन्त्रित बर्सी रहन्छ
रित्तिएर आँखा
तप्प तप्प
राता टाटाहरु
मेरो कला तिम्रो तस्बिरमा टासिन्दा
मेटीन्छन कि मेटिदैनन ?

निसंकोच उभिदिन्छौ
या टुसुक्क बस्छौ

या लम्पसार सुतिदिन्छौ
तिम्रा इच्छाहरु
हरेक आसन तिम्रो, तिमिलेउ
तर ए मुर्ख मित्र
किन  बन्छौ मेरो क्यानभासको चित्र ?

तिमि हेरिए नहेरिए
ढाकिए नढाकिए
तिमि नाङगोनै छौ
सुन्दर छ तिम्रो अश्लिलता

मेरो बन्दी क्रूरता भन्दा
मगमगाउदो जिन्दगि
फैलदो जवानी हावामा
स्वतन्त्र विचार हरु लिएर
कसरि कोचिन सक्छौ ?
भय ग्रस्त मेरा सोच संगै
प्रौढ छ मेरो मानसिकता
मेरो अघोर जंगली क्यानभासमा ।

 यो रण्ँभूमिमा

तिम्रो चुचो वा थेप्चो नाक
सेतो वा कालो छाला
अग्लो वा होचो कद
मोटो वा दुब्लो शरीर नापिन्न
लड , युद्ध धर्म निभाउ
ब्यर्थ  किन अलमल्लमा  तिमि
यँहा कति आए कति गए
जित्ने मित्र हार्ने दुस्मन भए
चिनिएका गनिए लासहरु

अपरिचित स्वत सहिद हरु
सहिद हरुको देशमा
तिमि कुनमा पर्न चाहन्छौ
हार्ने  या  जिताउनेमा ?
जित्ने या हराउनेमा ?
मर्ने या मार्नेमा ?
तर मित्र
किन चाहन्छौ मेरो क्यानभासको  चित्र बन्न ?

  यँहा

नाङ्गो धारको
 काल हरुको
 लासहरुको
 लासका अबशेसहरुको
  कुकुरले लुछ्ने शरीर
 गिद्धले छोडेको अस्तिपंजर
 यहाँ छोडिएका यादहरु
 पुरिएका सम्बन्धहरु
 प्रेम र ममताका सुन्य भाब
हो, यहाँ सून्यताको चित्र कोरिन्छ

 युद्ध समाप्ति पछि
 कोलाहलको अन्त्य पछि
 हे मुर्ख
 सुन्यतामा किन हराउन चाहन्छौ
मेरो क्यानभासको चित्र किन बन्न चाहन्छौ?
कुरुछेत्रको चित्र किन बन्छौ ?
COMMENTS
jamuna rizal   3rd Jul 2013
wow! kyaa lekhaai cha.
it's nice :)
Ruman Amant NEupane   3rd Jul 2013
Dherai ramro!
धन्यबाद जमुना जी,रुमन जी
jamuna rizal   4th Jul 2013
you are most well come :)
Shakti   4th Jul 2013
good
Rujan Neupane   5th Jul 2013
निकै राम्रो लाग्यो
धन्यबाद शक्ति जी ,रुजन जी
Moti Bhujel   18th Jul 2013
हे मुर्ख
सुन्यतामा किन हराउन चाहन्छौ
मेरो क्यानभासको चित्र किन बन्न चाहन्छौ?
कुरुछेत्रको चित्र किन बन्छौ ?
ramro uccha
koirala Aashish   18th Aug 2013
v good
pramesh bhaila   6th Oct 2016
shachai tapai ko kabita ramrai xa .
tara maile yes ko murkha ko ho bhanaa sakina .
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |