वर्गसङर्घ


Ramkrishna Poudel
2 followers | 6 followings | 35 articles
वर्गसङर्घ


रामकृष्ण्ँ पौडेल ‘अनयास’

सधै“झै“ आज पनि उही दृश्य, प्रभाले फ्या“केको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङकार भइरहेको थियो । आ“खा नै बन्द हु“दैनथे, ऊतिर हेरिरह“दा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो रङको धारिवाल कमिज लगाएकी थिई । एक हिसाबले प्रशान्त प्रभाको रुप वसन्त ऋतुमा फक्रिएको फूलजस्तै जीवन देखेर भित्रभित्र पागल भइसकेको थियो ।
प्रभा एक्लो बाबुको आमाबिनाकी टुहुरी छोरी थिई । त्यसैले, बिचरी प्रभा एक्लै बर्बराउने गर्थी । आफ्नो छोरीलाई आफ्नो खुशीले छाडेर गएकी होइनन्, उनलाई भगवान्ले आफूस“गै बोलाएर उनी गएकी हुन् । त्यसैले आमाको होइन, दोÈ भगवानको हो जसले प्रभा ३ वर्Èकी हु“दा आमालाई खोस्यो । प्रभा प्रायः भन्ने गर्छे–‘यो कस्तो अन्याय हो ? यो कस्तो सजाय हो ? यो कस्तो अत्याचार हो ? एउटा सानो बच्चास“ग उसको आमा खोस्नु योभन्दा ठूलो अत्याचार अरु के हुन सक्छ ।’
जब ईश्वरले नै यति ठूलो अन्याय गर्छ, तर ईश्वरलाई नै दोÈी ठह¥याउने साहस कसैको हु“दैन । यसलाई भाग्यको खेल, विधिको विधान भनिन्छ । जे भए पनि भातको माड ख्वाएरै भए पनि आज १८ वर्Èकी पु¥याउ“छन् प्रभालाई उनका बाबुले । त्यसैले, यो १८ वर्Èको कलिलो बै“स देखेर भुतुक्क हुन्छ प्रशान्त । सधै“ आफ्नो घरको कौशीबाट चिहाएर हेर्छ प्रभाका हरकुरा । सायद, घर पनि आमुन्ने–सामुन्ने भएर उसलाई धेरै सजिलो भएको छ ।
प्रशान्तको हेराइमा कता–कता स्वार्थको आभाÈ लुकेको थियो । वर्Èौंदेखिको तिर्खाको प्यास मेट्ने जवानीको मीठो रसको खोजीमा मात्र तड्पिरहन्थ्यो । त्यसैले, आ“खाअगाडि नै सुन्दरी, राम्री अनि अल्लारे र सोझी मायालुपन बोकेकी प्रभालाई के छाड्थ्यो र † धेरै समयको पर्खाइ, हेराइ र कुराइपछि आज पाएरै छाड्यो प्रशान्तले प्रभालाई र आफ्नो मायाजालमा फसाइहाल्यो । नारी कोमल हृदयकी हुन्छे, कसैको आग्रह र भावुकतालाई किन नकार्थी र ऊ ।
ऊ पनि माया चाहन्थी । प्रभाको आ“खामा प्रशान्तका लागि माया सलबलाइरहेको थियो । दुःखी र बेसहारा मान्छेको जीवन जति शून्य हुन्छ, त्यसैले पनि बाबुबाहेक अरुको मायाबाट वञ्चित थिई । अझ त्यमसा आज प्रशान्तले आफूप्रति माया दर्शाएपछि मन पग्लिएको पत्तै पाइन प्रभाले । प्रशान्तले अनेक तरहले उसको नौनीझै“ मनमा सानो आगोको झिल्को फाल्दथ्यो । नौनी नै हो, पग्लिहाल्थ्यो मन ।
प्रशान्तले प्रभालाई भन्थ्यो– ‘एउटा दुःखीको दुःखलाई कुनै अर्को दुःखीले नै बुझ्न सक्छ । मलाई पनि यस घडीमा तिम्रो जरुरत थियो र तिमी पनि आमाबिनाकी टुहुरी छोरीका रुपमा एक्लो मायाबिना भौ“तारिरहेको देख्छु । अब हामी दुई जना स“गै मिलेर एकअर्काको दुःख आपसमा बा“ड्नुपर्छ । आजैदेखि तिमी र म दुःख र सुख मिलेर बा“ड्नुपर्छ ।’
धन–सम्पत्ति, ऐश–आराम सबै थियो, किनकि डा“डागाउ“को मुखियाको छोरो यति पनि नहोस् कसरी । मुखिया गरिब किसानको घा“टी निचोरी–निचोरी आफ्नो भण्डार भर्दथ्यो । मुखियाकी श्रीमति ठूलो छोराबुहारीस“ग अमेरिका बस्ने गर्थी, त्यसैले पनि प्रशान्त बाबुको व्यवहार अनि आमास“गको बिछोडले एक्लो थियो । तर, मुखियाको छोरो नै हो, अलिअलि रगत त गइहाल्थ्यो नि । ऊ पनि गरिब किसानको तमसुकको मिति हेरेर बस्थ्यो । हुन त, बाबुले काम गराएपछि उसले पनि त गर्नैप¥यो नि ।
मुखियाले जालझेल गरी धेरै किसानको खेत आफ्नो नाममा पारेको थियो । त्योभन्दा पनि गाउ“का सरकारी जग्गा उसकै नाममा थिए । चुनावमा मनग्य पैसा खर्च गथ्र्यो र आफ्नै मान्छेलाई जिताउ“थ्यो । सबै उसकै थिए, प्रधानपञ्चदेखि अड्डासम्म ।
प्रभाको बाबु मुखियाको घरमा काम गर्थे र ऋण्ँ पनि मुखियाबाटै चलाउ“थे । प्रभा पढाइमा पनि तेज र सुशील थिई । स्कुलमा सबैकी प्यारी साथी, प्यारी छात्रा बन्न सफल थिई अनि हरेक बाहिरी क्रियाकलापमा पनि अगाडि थिई । सधै“ खेलकुद, नाचगान आदिमा स्थान पहिलो नै ओगट्थी । स्कुलको छुट्टी र घरको कामबाट फुर्सद हुनासाथ प्रभा र प्रशान्त डा“डागाउ“ तलको सुनसान, मनोरम र निकै सुन्दर अनि आकर्Èक सुन्दरी मादीको छेउको खोलामा भेट्ने गर्थे । उनीहरु लुकीछिपी माया साटासाट गर्थे, धेरै सपनाहरु सजाउ“थे, सुन्दर भविष्यको कल्पना गर्थे । प्रभा प्रशान्तको काखमा बसेर सारा जिन्दगी सुम्पिने भइसकेकी थिई । उसका चाहना, भावना, इच्छा सबै प्रशान्तकै भैसकेको थियो । यस्ता हरेक पल भेट्ने क्रियाकलापले निकै नजिक भएका थिए उनीहरु । नजिक हु“दाहु“दै प्रभाको यौवनको रस प्रशान्तले बिस्तारै–बिस्तारै सिध्याइसकेको थियो । उसले उत्तेजनामा संसार बिर्सेकी थिई । दिन जति ढल्दै गएको थियो, उति नै प्रभाको पेट बढ्दै गएको थियो । बिचरी आत्तिन्छे, उसको खुट्टाले जमिनसम्म टेक्न पनि गाह्रो हु“दैथियो । अनुहार फुङग उडेको जस्तो देखिन्थ्यो, जस्तो कि ऊ बिरामी भएकी छे ।
यी सबै लÔण्ँले आफू आमा बन्ने कुरा सहजै अनुमान लगाउन सक्थी उसले । त्यसैले, आजको भेटमा प्रशान्तलाई घरको बुहारी बनाएर भित्र्याउने आग्रह गर्दछे उसले । प्रभा भन्छे– ‘नत्र, मेरो संसारमा बा“च्नका लागि कुनै ठाउ“ छैन, यदि तिमीबिना मलाई एक पल पनि बा“च्न गाह्रो हुन्छ ।’ अब प्रशान्त नाजवाफ हुन्छ । अनुहारबाट पसिनाका धारा बगाउ“छ उसले । प्रभाबाट पाउनु पर्ने हरेक कुरा पाइसकेको थियो, अब के नै छ र उसमा । रित्तोसिवाय ।
त्यसैले, प्रशान्त पन्छिन पुग्छ । त्यसमा पनि पेटको बच्चा उसका लागि ठूलो चुनौती थियो । मुखियाले के बुहारी बनाई भित्र्याउला, आफ्नो घरमा काम गर्न बसेको एक मामुली हर्कनाथको छोरीलाई । त्यसैले, बाबुको शासनमा ऊ डराउ“थ्यो । त्यसैले पनि प्रभालाई अपनाउने कुरामा इन्कार गर्न खोज्छ । प्रभाको विकल्प अब मर्नुसिवाय अरु केही बा“की छैन । बिचरी रुन्छे, कराउ“छे, आत्तिन्छे, आफै“लाई धिक्कार्छे । भाग्य र कर्मले ठगेपछि दैवले पछयाउ“दो रहेछ । बिचरी प्रभा, प्रशान्तको खुट्टा छाड्नै मान्दिन । तर, प्रशान्त प्रभाको जिउ“दो लास र पीडामा चिच्याइरहेको स्वर अनि केही आशाका नजरबाट ओझेल पर्दै प्रशान्त डा“डागाउ“तिर ठडिन्छ ।
बिचरा, के मुख लिएर जाओस् घरमा । उसको हालत र अवस्था देखेर बाबु हर्कनाथ निकै आत्तिन्छ । छोरीका हरेक खुशीका लागि आफै“ बन्दगी बसेर उसको चाहना, आवश्यकता पूरा गरिदिएका थिए । आजसम्म आफै“ आमा बनेका थिए । आ“खामा एक थोपा आ“सु पनि देख्न नसक्ने हर्के आज छोरीको अवस्थाप्रति चासो दि“दै सोध्छन्– के भएको हो ? एकाएक हर्के छा“गाबाट खसेजस्तो हुन्छ । पूरा ब्रह्माण्ड नै हल्लिएको अनुभव गर्छ । सारा आकाश खसेर टाउकोमा थिचेको अनुभव गर्छ । सबै रहस्य पत्ता लागेपछि के गरोस् हर्के, तत्काल मुखियाको घरमा गई आफ्ना सारा कुरा बिन्ती के बिसाएको थियो, मुखिया मेघ गर्जिएझै“ गरी गजिर्न लागिहाल्यो– ‘कसको पापको भारी बोकेर मेरी बुहारी बनाउन खोज्दैछ छोरी । दुनिया“स“ग जीउ बेच्दै हि“ड्छे, अन्तिममा कोही पाइनस् र भिडाउने मेरो छोरालाई ? टा“सो लगाउने कुरा गर्छस् त“ ? यहा“बाट जाने भए जा, नत्र म संसारबाटै टाढा पु¥याइदिन्छु ।’
यस्ता कडा शब्दले हर्कनाथ डराउ“छ, बिलौना गर्छ । प्रशान्त पनि उसकै बाबुको स्वरमा स्वर मिलाउ“छ । बिचरा हर्कनाथ, के पो गरोस् । गरिबको आफ्नो को नै पो हुन्छ र, जता गए पनि रित्तो नै हो । रु“दै न्यायका लागि प्रत्येक गाउ“को ढोका ढकढक्याउन पुग्छ, तर सबैले बलेकै त आगो ताप्छन् । त्यो बिचरो गाउ“को मुखियाको कमैयाको उल्टै नानाभा“ती कुरा गर्दै फर्काउ“छन् । यता, बाबुछोरीमाथि अन्याय र अत्याचार छ भने उता मुखिया Èड्यन्त्र र जाल रच्दैछ । निकै रिस र क्रोधमा प्रशान्तलाई निकै थर्काउ“छ– ‘चुनावको बेलामा मेरो अनुहारमा कालो पोत्ने गर्छस् ?’ मुखिया तत्काल आफ्ना भरौटेलाई घरमा बोलाउ“छ, उसका नजिकका मान्छे काजी रामनाथ र गोविन्द पण्डित । काजी रामनाथलाई आफूले पैसा खर्च गरी–गरी चुनावमा उठाएर जिताउ“थ्यो र काम लगाउ“थ्यो, काम लिन्थ्यो । जालझेल, नियम कानुन उसको हातमा थियो । बेइमानीको धन्दा गथ्र्यो र उसलाई नै त्यसमा फसाउ“थ्यो मुखिया । काजी रामनाथ नेताले बोलेपछि कसको मुख चल्ने । गोविन्द गाउ“का सम्पूणर््ँ मान्छेका एक–एक रिपोर्ट राख्दथ्यो र नानाभा“ती कुरा लगाउन निकै चलाख थियो । गाउ“को प्रधानपञ्च भैकन हैकम जमाउ“थे ।
आज यहा“ त्यही प्रभा र हर्कनाथको विÈयमा बहस छ । यी तीन जनाको त्रिपÔीय वार्ता Èड्यन्त्रका योजनाकार काजी रामनाथ भन्छ– ‘त चुनावको मुखमा यस्ता समस्यालाई पन्छाउनुपर्छ । त्यसका लागि प्रभा र हर्कनाथलाई हाम्रो बाटोबाट सिध्याउनुपर्छ ।’
होमा हो मिलाउ“दै गोविन्द पण्डितले बीचैमा मुख फो¥यो– शत्रुलाई रहन दिएर हाम्रो सुखमा कहिल्यै पनि जिउ“दो रहन सक्दैन । बरु, शत्रुलाई एकैचोटि स्वाहा पारिदिए सधै“को झमेलाबाट मुक्त हुन्छौ“ ।’
मुखियाले सोच्दै भन्छ– ‘ठीकै छ, यसपालिको चुनाव पनि जित्नुपर्छ । यदि हारियो भने तल स्कुलको नाममा रहेको जग्गा पनि खुस्किन्छ । जितियो भने हाम्रो कब्जामा आउ“छ । र, यी गाउ“लेका लालपुर्जा सबै हाम्रो नाममा पार्नुपर्छ । त्यसैले, यस्ता साना झिनामसिना कुराले हाम्रो योजनामा हानि पु¥याउ“छ । त्यसैले, आजै राति हर्कनाथलाई यो संसारबाट मुक्त गरिदिनुपर्छ । छोरीको कुकर्म देख्न नसकेर आत्महत्या ग¥यो भनेर मुचुल्का उठाइदिऊ“ । त्यो प्रभालाई गाउ“बाट भगाइदिऊ“ ।’
योजनाअनुसार नै उसका भरौटे लगाएर बिचरा हर्कनाथलाई रातमै हत्या गरी बिहान आत्महत्याको अभिनय गराउ“छन् र गाउ“लेको अगाडि आत्महत्या नै सावित गरी हर्केलाई सदासदाका लागि बिदा दिन्छ । बिचरी प्रभा पागल हुन्छे, एकसुरे हुन्छे । दुनिया“ गाउ“लेले प्रभाकै मुखमा थुक्छन् । दुनिया“लाई शरीरमा चढाएर पेटमा कसको पापलाई पाल्दैछस् ? गाउ“बाट त“ गइहाल । हाम्रा छोराछोरी सबै बिगार्छे फेरि भन्दै लखेट्छन् । बिचरा, ओरालो लागेको बाच्छालाई मृगले पनि लखेट्छ भन्थे, आज प्रमाण्ँित हु“दैछ ।
आफूले चुनाव जितेर गाउ“लेको सारा जग्गा र सरकारी जग्गा कब्जा गर्नका लागि कसैलाई संसारबाट मुक्ति दिन्छन् र कसैलाई पागल बनाउ“छन् । हुन त, जहानिया“ शासन गरिखान पल्केका यी पञ्चेका पूजारीहरु हुन त कतिलाई बर्बाद गर्लान् र । अब चारैतिर क्तान्तिको चर्को ज्वाला पनि सल्केको छ । पञ्चायत व्यवस्था ढाल्नका लागि धेरैले विरोधका स्वरहरु चर्काउन थालेका पनि छन् ।
हर्कनाथ र प्रभामाथि भएको अन्यायका कारण्ँ पक्कै एक दिन ठूलै दशा लाग्नेछ । बिचरी प्रभा † अबोध र अबला, कसले सुन्छ र उसका कुरा † ऊ त अन्यायमा पिल्सिएकी नारी नै त परी । यो पुरुÈप्रधान समाजले यस्ता पीडित र आफन्तविहीनका कुरा सुन्न कहा“ जानेको छ र, बरु उल्टै घाउमा अझै नुनचुक छर्केला । तर यो समाजको आ“खाबाट कहिल्यै न्याएको पÔमा बोल्ने हिक्मत उठ्दैन । प्रशान्तजस्ता यौनपिपासु र नारीको चरित्र हत्या गर्न खोज्ने, स्वच्छ माया गर्ने मुटुको अन्त्य गर्ने खोज्ने नरपिचाशहरु धेरै छन्, यही समाजमा । अत्याचारी मुखिया, दमनकारी काजी रामनाथ र गोविन्द पण्डितजस्ता नरपिचाशहरुको अत्य गर्न युगको अन्त्य हुनैपर्छ, पञ्चायती व्यवस्था ढल्नैपर्छ ।
आज पनि पागलझै“ गरी एक हातले माग्दै र अर्को हातले शरीरको खस्नै लागेको कपडा समाउ“दै माग्दै हि“ड्छे प्रभा । उसलाई रुने, माग्ने त कहिले हा“स्ने आदत भैसकेको छ, किनकि उसको दिमागले पूणर््ँ रुपमा काम गर्दैन । तर, दिन प्रतिदिन पेटको बच्चा यो संसारमा आउने बेला पनि नजिक भैसकेको छ । उसको पेटको आकारले गर्दा अनुमान गर्न सकिन्छ ।
त्यो डा“डा गाउ“भन्दा केही माथि ढकाल गाउ“को सानो मन्दिरमा आफ्नो पीडा खपेर रु“दै रात कटाउ“छे प्रभा । बिचरा † उसको रुवाइ, पीडा र दर्द देखेर त्यस मन्दिरका पूजारी सधै“ खानेकुरा दिन्थे । आफूलाई खान मागेर ल्याएको दूध प्रभालाई दिन्थे पूजारी । कहिलेकाही“ सुर पाउ“दा पण्डितलाई सबै व्यथा सुनाउ“थी । आफ्नो जीवनमा घटेका सारा यथार्थ भन्थी, बिचरी प्रभा । पूजारीले के नै गर्न सक्थे र, सुन्थे अनि आफू पनि मलिन हुन्थे ।
प्रभाले आफूले संसार त्यागेर एउटा छोराको जन्म दिई । त्यसै दिनको भोलिपल्ट बिहानीपख त्यस ढकाल गाउ“का मान्छेले प्रभाको मृत शरीरलाई त्यही“ नजिकको बाङगे पीपलको फेद रहेको बगरमा सनाखत गरिदिन्छन् । तर, त्यो बच्चालाई कसैले आ“ट गर्दैन पाल्न बिचरा पूजारी । जसरी हर्कनाथले प्रभालाई पालेको थियो, त्यसरी नै पाल्छन् बच्चालाई । आफ्नो गा“स काटेर माग्दै भए पनि पेट भराउ“थे । नाम पनि कानुन राखिदिएका थिए, ताकि भोलि ती राÔसस“ग लडेर आफ्नो अधिकार, हक पाउन सकोस् अनि पञ्चायतको जञ्जीरबाट यो देशलाई मुक्ति दिलाउन सफल होस् । पण्डितले दिन प्रतिदिन बच्चालाई कथा, प्रवचन, देश, राज्यका हरेक कहानी बताउ“दै हुर्काउ“छन्, बढाउ“छन् । उसको आमा र बाबुमाथिको चिथोमिचो र आमा अनि हजुरबाप्रतिको मुखिया, काजी, पण्डितजस्ता अपराधीस“ग लड्न दह्रो र बलियो मुटु बनाउन कानुनलाई हौसला दिन्छन् ।
पण्डित भन्छन्– ‘समाजमा, देशमा क्रान्तिको रा“को बालेर ती हत्याराहरुलाई त्यही क्रान्तिको आगोमा जलाउनुपर्छ र देशलाई मुक्ति दिलाउनुपर्छ, तबमात्र तिम्रो आमा र हजुरबाबाको आत्माले शान्ति पाउने छ ।’
कानुन अन्यायको विरुद्धमा आवाज निकाल्न सक्ने भैसकेको थियो । पण्डितले दुःखले हुर्काउ“दै देशलाई मुक्ति दिलाउने एक कर्मठ युवालाई ठूलो बनाइसकेका थिए ।
त्यही डा“डागाउ“मा पढाउ“दै छ आज कानुन । क्रान्तिको आगो फुक्न डा“डागाउ“मा सामाजिक परिचायकजस्तो बनेर गएको थियो ऊ । क्रान्तिको आगो हातमा बोकेर बिस्तारै गाउ“लेको पÔमा बोल्दै जान्थ्यो र सबै गाउ“लेले त्यस्तो भावनाको कदर गर्थे । भित्रभित्र गाउ“को अत्याचार, अन्यायको विरुद्धमा लड्न र बोल्न हौसला दि“दै हि“ड्थ्यो । कतिले त कानुनको साथ दिए भने कति कानुनकै विरुद्धमा उल्टै विद्रोह गर्दथे ।
ती मुखिया, काजी, रामनाथ, गोविन्द पण्डितका भरौटे थिए । उनीहरुको वृद्ध अवस्था भए पनि उनीहरुको व्यवहार उही अत्याचार गर्ने नै थियो । कति प्रभाहरुको चरित्रलाई हत्या गरे, कति हर्कनाथहरु अकालमै मर्नुप¥यो । उनीहरुको दमन आज पनि ठूलो जरो गाडेर बसेका छ ।
यस समयमा प्रशान्त गाउ“को मुखिया भैसकेको थियो । उसको व्यवहार पनि उही आफ्नै बाबुको जस्तै थियो । कानुन सबै गाउ“लेका घरघरमा सा“झ–बिहान पुग्थ्यो र उही दमन, अत्याचार र पञ्चायती व्यवस्थाले दिएको अन्यायको कुरा उठाउ“थ्यो ।
समय पनि कोल्टे फेर्दै जान्छ । कानुन पनि गाउ“लेको मन जित्न सफल हुन्छ । काुननका विरुद्धमा ती सबै मुखियाका मान्छे एक हुन्छन् । तर, विगतका दिनहरुमा घटेका उनीहरुका कुकृत्य समाजको आ“खाअगाडि नै छ । गाउ“का सोझा र अबोध नारीलाई हातपात गर्ने, हर्कनाथजस्ता सोझा गरिब किसानलाई घा“टी दबाएर मार्ने, किसानको माटो लुट्ने र समाजमा हजार रुढीवादी होहल्ला फैलाएर फाइदाको खेती गर्ने त्यस्ता दमनकारी, हत्यारा, लुटेरा, बलात्कारीहरु पञ्चे युगका आदर्श बनेका थिए । यही आदर्शका कारण्ँ मुखियाको युगले जरा गाडेको थियो । आफ्नो युगको अस्तित्वका लागि भए पनि काजी, गोविन्द पण्डित, मुखिया यी आदर्शस“गै आज हौसेका हुन् । उनीहरुको आदर्शलाई आगामी दिनमा पनि जीवित राख्न कयौ“ हर्कनाथहरु मर्नुपर्छ । कयौ“ प्रभाहरु बलात्कृत हुनुपर्छ । कयौ“ किसानको माटो खोसिनुपर्छ । यी अमानवीय क्रियाकलापहरु नै उनीहरुको बा“च्ने आधार हो ।
तर, कानुनले सबै कुरालाई नाङगेझार पार्दछ । उनीहरुको अस्तित्वको अन्त्य गर्न विद्रोहको रा“को बाल्दछ । चारैतिरबाट दमन र अत्याचारका विरुद्धमा चर्को स्वरस“गै विद्रोहको रा“को बलिसकेको छ । त्यो आगोको रापले भतभती पोल्न थाल्छ, ती अत्याचारीहरुलाई । अन्त्यमा, जरा गाडेर बसेको आफ्नो शासनसत्ता पञ्चायतको यात्राबाट आफ्नो मुख र मुठीमात्र लिएर गुहार–गुहार गर्छ ।
उनीहरुका निम्ति वर्तमानमा महाखडेरी सिर्जना भएको छ । हार र पराजयको वर्तमानले उनीहरुलाई भतभती पोल्न थाल्छ । कानुन आज उनीहरुको कात्रोका रुपमा भविष्य भनेर आएको छ । सबै गरिबहरुले मुक्तिको लामो स्वास फेर्छन् । सबैले आफ्नो माटोमा आज पसिना बगाउन पाउ“छन् । कानुनले आफ्नो युद्ध जितेरै छाड्छ । त्यो युगको अन्त्यपछि आजको युगको सुरुवात गराउ“छ ।
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |