१० वटा मुक्तकहरु

Rated 2.49/5 (From 227 user)
Dev Khatri   26th May 2014   Muktak(मुक्तक) 0 comments   Like ( 0)   1946 reads  

Dev Khatri
0 followers | 0 followings | 2 articles
१.
म कवि र तिमीलाई कवियत्री बनाउछु
मेरो मनको देश चलाउने नेत्री बनाउछु
परिवर्तन गर्न सक्दैनौ केही भन्छौ
हेर्दै जाउ बाहुनकी छोरी क्षेत्री बनाउछु

२.
पाउदिनौ म जस्तो बत्ति बाली खोजे हुन्छ
चहाना छ खै कस्तो बत्ति बाली खोजे हुन्छ
माया त अचेल जति नि पाउछु भन्छौ
भरपर्दो अलि सस्तो बत्ति बाली खोजे हुन्छ

३.
मेरी मनकी रानी बस्ने मनको देश भेट्नेछौ
खोजी हेर उनको मायाको अबशेष भेट्नेछौ
भताभुङग पारी गइन मनको दरबार उन्ले
फेरि पनि उनकै मायालु परिवेश भेट्नेछौ

४.
तिमा जहाँ जल्छ्यौ मेरो नि चिता त्यही हो
तिमीले छौड्यौ जीवनको रमिता त्यही हो
तिम्ले देको एउटै पत्र सम्हालेर राख्या छु
मेरो निम्ति बाइबल कुरान गीता त्यही हो

५.
विचारमा बिष घोल्यो मर्यो आफै भित्र
अहंकारले मन पोल्यो मर्यो आफै भित्र
बाच्न त जानेकै छैन उसले
सैवसंग अपशब्द बोल्यो मर्यो आफै भित्र

६.
पागल छु फटाहा छु आवारा छु म
तर पनि उन्को निम्ती सारा छु म
कत्ती माया गर्छिन उन्ले मलाई भनौ कसरी
उन्को त्यो हृदयसगरको तारा छु म

७.
:D तिमी र म संगसंगै हुने दिन आउनेछ
त्यो मनले यो मनलाई छुने दिन आउनेछ
खै माया गर्नै आउदैन भन्छौ तिमी
चिन्ता छैन मायाजाल बुन्ने दिन आउनेछ

८.
दे-देख्छु म त खुशी मेरो जताततै यहाँ
ब-बढ्यो मनको सेरोफेरो जताततै यहाँ
ख-खस्नेछ यो मुटुमा एक दिन माया भनि
त्री-त्रिमुर्ती यो राखे तेरो जताततै यहाँ

९.
के सुनाउ हाल साथी बाचेकै छु बिरानो शहरमा
म भित्र रोएनि बाहिर हासेकै छु बिरानो शहरमा
सम्झना त आउछ नि गाउँघरको
तैपनि रमाउदै मित्रता गाँसेको छु बिरानो शहरमा

१०.
कति सुन्दर कति राम्रो नाम पा'की रैछौ
अनि फेरि माया लाउने काम पा'की रैछौ
खै के तारिफ गरु तिम्रो मायाको
देख्दैछु माया त्यो गर्नेको लाम पा'की रैछौ
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |