‘त्यो’

Rated 2.43/5 (From 270 user)
kishma kishor   21st Apr 2014   Romance(प्रेम-कथा) 0 comments   Like ( 4)   1445 reads  

Kishma Kishor
0 followers | 0 followings | 2 articles
‘जे गर्नुहोस् यो ज्यान हाजिर छ । तर ‘त्यो’ चाँही हुदैन है ।’ उनले मायालु स्वरमा मलाई अनुरोध गरिन् ।
‘किन ?’ तिमीलाई थाहै छ म ‘त्यो’ चाहन्छु ।’ म सुस्तरी बोलें ।
‘मैले भने नि हुदैन भनेर ।’
‘भनेपछि हुँदैन हैन त ! म मेरो इच्छालाई त्यसै मारौं ?’ मैले फेरि अलिकति कर गरेजस्तो गरे । ‘तिमी मेरो अनि म तिम्रो हो । अनि म कहाँ जाऊँ त ?’
‘हजुरले आफूलाई सम्हाल्नुपर्छ ।’ यो आफू सम्हालिने बेला पनि हो ।’ 
उनको यस्तो सहानुभूतिले म मैन हुन सकिन । चाहनाको अगाडि एकपटक प्रेम झुक्यो ।
‘त्यसो भए म वेश्यागमन गर्छु ।’ मैले आँटले जवाफ दिएँ । ‘हो । म रत्नपार्कमा ५० रुपियाँमा जवानी किन्छु । अनि, आफ्नो सित्तैमा दिन्छु । र, आफ्नो चाहना छताछुल्ल पोख्छु, निर्वस्त्र शरीरमाथि ।’
तीन घण्टादेखिको टेलिफोन प्रेमालाप एकै वाक्यले टुङ्गाइदियो । केही बोलिनन् उनी । चुपचाप चुपचाप सुनिरहिन् । उनको मौनताले मेरो मनमा सुनामी ल्याईसकेको थियो । मनमनै सोचें –‘के मैले गल्ती बोलें ?’ मेरा कुरा सायद उनको मुटुमै विझेछ क्यारे । धेरैबेर पश्चात् सुक्कँ सुक्कँ आवाज सुनें । हड्बडाउँदै बोलें काँपेको स्वरमा–‘के तिमी रोएकी ? न रोऊ न प्रिय ।’ फोन काटिइसकेको रहेछ । फेरि रिडायल गर्ने हिम्मत आएन । मनभरी अनेकौं प्रश्न प्रतिप्रश्नले द्वन्द्व गररहेकाले होला अँध्यारोमा मस्त रमाईरहेको रात मेरो लागि कोलाहल बन्यो । टाढा टाढा सडकमा कुकुरका कराएको मधुर ध्वनीले मलाई गिज्याईरहेझैं लाग्यो । म सुत्नै सकिन ।
भोलिपल्ट पूर्व क्षितिजमा घाम लोकार्पण हुनुअघि अँध्यारो मुहार लगाएर मेरै छेउमा परिन् उनी । म जर्बजस्त फिस्स हाँसे । सँधै उनलाई भेट्ने वित्तिकै चुम्बन गर्न हतारिने मलाई बोल्ने आँट समेत आएन । उनी मेरै छेऊमा आईन् उनको गालामा ठोक्किएर आएको बिहानी बतासले मलाई हल्का चुम्बन गरेर गयो । किन हो किन मलाई बोल्ने आँटै आएन । सायद गल्ती गरेछु क्यार । जर्वजस्त हाम्रा आँखा चार भए । उनीे आक्रोस भईन् ‘हजुर राती घर आउनुपर्दैन जहाँ जानुहोस् । अनि मलाई भोलिपल्ट भन्नुहोस् । रातभर सडकमा सुतें । साथीसँग घुम्न गएँ । रक्सी पिएर नशामा खै कहाँ गएँ के गरें ? म सबै सहन्छु । तर, विन्ति वेश्याकोमा गएर ‘त्यो’ गरें नभन्नुहोस् ।’ किनकि म हजुरलाई प्रेम गर्छु ।’ म अवाक् भएँ । मुटु छामें । धड्कन सयौं गुणा ज्यादा थियो । तिमी आफू पनि नदिने अनि अन्तै पनि….. मनमनै आक्रोस पोखें तर मेरो मौनताको बाँध मरिगए फुटेन । लाचार, विवश विचरा म उनीलाई सुनिरहें एकोहोरो । 
‘प्रेम’ शब्द मेरो मस्तिष्कमा चलचित्रको रिल घुमेझै फनफनी घुम्न थाल्यो । उनी बर्बराउँदै थिईन् खै कुन्नि के–के बोलिन् मैले केही सुनिन । मैले कुनै कुराको जवाफ दिन पनि सकिन ।

१ वर्ष पनि हुँदैछ, उनको र मेरो चिनजान भएको । मन मिलेपछि खै के हो ? के हो ? छिट्टै आत्मीय भयौं । आकर्षण के मा अझै छुट्याउन सकेनौं हामीले । म पेशाले शिक्षक अनि उनी सञ्चारकर्मी । झण्डै आकासको जून र धर्तीको पानीजस्तै । दैनिक भेटघाट र आँखाका भाकाले कुन दिन प्रेमको पछ्यौरी ओडेछ हामीले थाहै पाएनौं । उनीलाई थाहा छ म पूर्ण विवाहित हुँ । अनि मलाई पनि थाहा छ उनी अर्कैकी स्वप्न परी । तैपनि हामी एक अर्काको भित्री मनमा चुर्लम्मै डुब्यौं, न उनलाई उनको मनको राजाको मतलब छ, न मलाई मेरो घरकी रानीको । वारी पारीको अनौठो सम्बन्ध, केवल टाढैबाट पे्रम गरिह्यौं निरन्तर । सिङ्गो कालोपत्रे सडक हाम्रो सीमारेखा थियो । सूर्य व्यूझँनुपूर्व नै उनी मेरो र म उन्को नजरपान गर्न हतासमा हुन्थ्यौं । समय हो छेक्न नसकिँदो रहेछ । दुवै जवानीका रापमा दौडिरहेका भएकाले होला विपरीत लिङ्गीप्रतिको आकर्षण दुवैमा उस्तै थियो ।
अहिले, समाजबाहेकका सबै सीमारेखा मेटिएका छन् हामी बीचको । सँगै सुत्न आतुर हुन्छौं । सानो अवसर पनि हाम्रो लागि प्रेम साट्ने सुनौलो समय बन्ने गरेको छ । त्यो समयमा मुहार देख्नु पहिल्यै ओठ जोडिन्छन् हाम्रा । 

राती १२ बजे एक्कासी मेरो मोवाईलमा घण्टी बज्यो । अर्धनिद्राबाट पूर्ण निद्रालाई अँगाल्न लागेका मेरा आँखा जर्वजस्त खुल्यो । अँध्यारोमै मौबाईल तर्फ हात लम्काएँ । मोबाईल स्क्रीनमा नाचिरहेको उन्को तस्वीरले पे्रमको कुन व्याकरण बोल्यो मैले ठम्याउनै सकिन । सुस्तरी बोलें–‘अँ ! के भो ?’
‘ए ! हजुर, मलाई निन्द्रै लागेन । अब के गर्ने ?’ 
रातको समयको फाईदा उठाउने मनशायले जवाफ फर्काएँ–‘तिमीलाई के गर्न मन लागेको छ । जे भन्छौं त्यही गर्ने ।’
‘मलाई हजुरसँगै सुताउनु न ।’ उनले ठाडै भनिन् । 
एक्कासी मुटु फुलेको अनुभव भयो । अलिकति आशा पनि जाग्यो । आज भने केही होला जस्तो छ । मनमनै रमाएँ ।
‘आज तिमीलाई मन लाग्यो जस्तो छ नि ।’ अलिकति उत्साहित हुँदै उनले हो भन्ने आशामा मैले ‘त्यो’ लाई जोड दिदै भने ।
‘हो, मलाई हजुरको अंगालोमा बाधिएर सुत्न मन लागेको छ ।’ 
उनको अभिव्यक्तिले म मनमनै मरें । के भन्नु के भन्नुको दोसाँधमा अल्झिएँ । तैपनि कुरा पक्का गर्ने सुरले भनिहालें– ‘अनि मलाई त सँगै सुतेपछि ‘त्यो’ गर्नुपर्छ । के छ विचार, हुन्छ ?’
‘नाई ‘त्यो’ त हुँदैन । भोलि मेरो जिम्मा कस्ले लिन्छ ?’
‘म लिन्छु । विश्वास छैन ।’
‘विश्वास नभएको भए म हजुरलाई माया नै गर्ने थिईन ।’
‘अनि किन त ?’
‘त्यो चाँही नभन्नु न प्लिज’ । उनको आग्रहले म पग्लिएँ । ‘हुन्छ’ भनिदिएँ । फोन काटियो । सायद मेरो नामर्दपन यहाँ प्रदर्शन भयो । उनले परीक्षा लिएकी पनि हुन सक्थ्यो । भलै म फेल हँुदिन प्रेममा, यो मेरो मनको सत्य हो । विस्तारै निन्द्राले च्याप्दै लग्यो ।
१ बजेसम्म उनीसँग गरेको प्रेम गफले सायद सन्तुष्ट भएछु क्यारे झ्याप्पै निदाएछु । विहान चार बजे कसैले ढोकामा गरेको ढकढक आवाजले फेरि व्युझिएँ । ढोकामा उनी उभिईरहेकी थिईन् । प्रेमपूर्वक स्वागत गरे । हत्तपत ढोका लगाएर अँगालोमा कसें । बिहान नब्युउँझेसम्म हामी एउटै विस्तारामा एउटै सिरक भित्र शरीरको न्यानो साटिईरह्यौ । तर, ‘त्यो’ भएन ।
सायद ‘त्यो’को आशाले आएकी थिईन् होला । पूरा भएन । सायद फेरि अर्काे नामर्दपनको अङ्गप्रदर्शन गरें मैले ।
‘तिम्रो अनुमति विना म केही गर्दिन ।’ एकदिन कुराकै सिलसिलामा म आफैले भनेको यो शब्दले अहिले मलाई भत्भती पोलिरहेछ । अलिकति पश्चाताप भएको हो । भावनामा बहकिएर पहिला के–के बोलियो थाहै भएन त्यसको असर अहिले पर्दैछ । बल्ल बुझें भावनाले जिन्दगी चल्दोरहेनछ । न त, संयमित नै हुन सकिदोरहेछ ।

जीवन आफ्नै गतिमा चल्दै थियो । दिनप्रतिदिन मभित्र ‘त्यो’को चाहना झन् तीव्र हुनु नौलो थिएन । उनी मलाई सम्झाउँदैमा दिन र रात काट्थिन । हामी बीचको भावनात्मक प्रेम सगरमाथाको चुच्चो भन्दा माथि पुगेको थियो । तर, विडम्बना शारीरिक प्रेमले आधार शिविर काट्न सकेन ।
मलाई ‘त्यो’को चाहनाले दिनप्रतिदिन गाल्दै लगेको थियो । म उनलाई साह्रै माया गर्थे त्यसैले उनको अनुमति बिना केही गर्न सक्दैनथें । घरकी श्रीमति उनको मायाको अगाडि समुन्द्रमा एक बूँद पानीजस्तै भईन् । घरकीसँग रमाउन सक्दिनथें । रत्नपार्क जान निषेध थियो । प्राकृतिक ‘त्यो’ले सन्तुष्टि मिलेन । समग्रमा जिन्दगी जलेर क्रमशः क्रमशः घट्दै थियो । बलिरहेको मैनबत्ती र मेरो जीवन उस्तै उस्तै लाग्यो ।

राती सपनामा हुरीले मेरो टोपी उडायो । त्यो टोपीलाई कालो कुकुरले मुखमा च्यापेर मेरो सामु ल्याईदियो । मैले फेरि त्यसलाई माथमा राखिन । हातमा खेलाईरहें । उनले त्यो टोपीलाई लगाउन अनुरोध गरिन् । हजारौंको भीडमा लाज पचाएँ । त्यो टोपी फेरि मेरो शीरमा सजियो ।
बिहानै सपनाको कथा सुनाउन म उन्को डेरामा गएँ । उदाङ्गो ढोका देखेर अचम्मिएँ । भित्रै गएँ, उनी सुतिरहेकी रहिछन् । ‘परी’ सुस्तरी बोलाएँ, बोलिनन् । उनी सुँक्क सुँक्क रोएको आवाजले म स्तब्ध भएँ । छेऊ मै गएर मायालु स्पर्श गरें । उनी झस्किइन् । अनुहारभरि, जीउभरि राता डाम, च्यातिएको कपडा, लथालिङ्ग कपाल अनि उनको स्वरुपले मेरो हवास् उड्यो । म टुटे, म फुटे,आँखा भरिका चाहना, मुटुभरिका सपना सबै छताछुल्ल पोखियो । पिचासुहरुले खेलेछन् मेरो जीवनमाथि, खौलेछन् उनको शरिरमाथि, चोक्टा–चोक्टा लुछेछन् मेरी परीको, अस्मिता लुटेछन् र भग्नावशेष पारी छोडेछन् पतित् व्यासाँहरुले । 
आँसु झरिरहेका उन्का आँखाले मेरा आँखालाई एकोहोरो हेरिरह्यो । मैले गए रातीको सपनासँगै अतित सम्झिएँ ।
‘जे गर्नुहोस् यो ज्यान हाजिर छ । तर ‘त्यो’ चाँही हुदैन है ।’

किशमा किशोर
kishmapari@gmail.com
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |