धन्य नारी दिवस रहेछ यहाँ
अब
जहाँ नारीलाई तड्पाएर जिउँदै बाल्छ
जहाँ नारीलाई बोक्सीको आरोपमा
कुटपिट गरी घिनलाग्दो वस्तु ख्याउँछ
त्यहा गएर नारी दिवस मनाउन जाऔं हैत्यसपछि
जहाँ पाठेघर खसेर ओढारमा
लुकेर बसेको गाउँ छ
जहाँ बालिका नारीलाई अपहरण गरी
रातभरी बलात्कार गर्छ
त्यहा गएर नारी दिवस मनाउन जाऔं हैर
जहाँ छोरीलाई विवाहको लागि मात्र
जन्माएको सरह हुर्काउँछ
जहाँ बुहारीलाई संस्कारको नाममा
घर जस्तै पिजडाँमा सजाएर राख्छ
त्यहा गएर नारी दिवस मनाउन जाऔं है-dibya bajracharya