देश नेपाल

Rated 2.57/5 (From 643 user)
Deependra Upadhyaya   18th Apr 2014   छन्द कविता 0 comments   Like ( 2)   3011 reads  

Deependra Upadhyaya
0 followers | 0 followings | 9 articles
(छन्द : मालिनी)

चिरबिर बनपाखा गीतले डाक्न थाल्छन्
छमछम नदनाला प्रीतले नाच्न थाल्छन् |
अनि हिम चुचुराको दिव्य मुस्कानमै यो 
अनुपम घर हाम्रो देश नेपाल नै हो ||

जनक र भृकुटीको वुद्धको जन्मभूमि 
प्रकृति पनि अनौठो विश्वको तीर्थभूमि |
वरपर गिरि अग्ला स्वर्गद्वारी यही हो 
अतिथि रमण हुन्छन् देश नेपाल नै यो ||

चमचम चुचुरा झैँ उच्चमा स्वाभिमान 
हरदम हरियाली हो बसन्ती बगान |
उठजुट र बचाऊ दिव्य सौन्दर्य नै यो 
करुणमय पुकारा देश नेपालकै हो ||

तपतप पसिनाको प्रेमदाना चुहुन्छ 
नसुत न अब जागौं वीरता बल्ल हुन्छ |
रविशशि बिचमा झन् लाल झण्डा अनौठो 
फररफरर झण्डा देश नेपालकै हो ||

सुन प्रियजन ! प्यारो, देशकै हुन्छ छानो 
अलिकति पर पुग्दा लाग्छ जम्मै बिरानो |
बहुजन बहुजाती भेष, भाषा अनेकौ 
तर सब जन हामी देश नेपालकै हौँ ||

पशुपति र स्वयम्भू मुक्तिको क्षेत्र धाम 
जनक र मिथिलाको धाममा राम नाम |
परयटन यहाँका हेर नेपाल आमा 
दिल हृदय सफा होस् शुद्ध होस् मित्रतामा ||

गिरिबन हरियाली देशमा शान्तिपुन्ज
मृगसुतहरु खेल्ने देश नेपाल कुन्ज |
शिखर सगरमाथा विश्व सर्बोच्चतामा 
जय जय जय तिम्रो हाय ! नेपाल आमा || 

शब्द : दीपेन्द्र उपाध्याय 
बिजौरी ५ दांग 
हाल : दिल्ली भारत 

(सर्वाधिकार लेखकमै सुरक्षित )

https://www.youtube.com/watch?v=X-eZDGMtuNg
COMMENTS
No comments so far!
Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |