रात_परे_पछि_रिटर्नस‬


Basant Giri
0 followers | 0 followings | 68 articles
‪#‎रात_परे_पछि_रिटर्नस‬
================
आउछु आज तिमीसंग , बात बढे पछि ,
हेर्छु आज तिम्रो ढंग , 
रात परे पछि।

दिने भरि लजाई राख्ने , तिम्रो निस्ठुरी बानी,
खुल्छन सबै अंग अंग , 
रात परे पछि।

हुनेछ अनौठो चमत्कार , एकै छिन् त पर्ख ,
तिमि पनि मग्न , म नि मग्न , 
रात परे पछि।

बहाना म बनाऊने छु , यो जाडो छल्ने,
म उनको कुरा गर्नेछु , तिमि न्यानो ऊनको कुरा नगर्नु , 
रात परे पछि।

आँखा मेरो जुन कुरामा गड्ने छ , तिमि नलुकौनु सप्को तानी पछेउरिको ,
म जुनको कुरा गर्नेछु , तिमि आकाशको जुनको कुरा नगर्नु , 
रात परे पछि।

शित झर्ला डाँठबाट , टप्प टप्प आफ्नै सुमधुर तालमा ,
म अर्कै धुनको कुरा गर्नेछु , तिमि टप्प टप्प धुनको कुरा नगर्नु , 
रात परे पछि।

पैले जस्तो नसोध्नु परोस , आखिर खुनी भयेउ किन ?
मैले तातिएको खुनको कुरा गर्नेछु , तिमि टालोमा लागेको खुनको कुरा नगर्नु ,
रात परे पछि।  <3


‪#‎Atript_Jogi‬
COMMENTS
No comments so far!
Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |