मित्रताको नाता


Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )
3 followers | 0 followings | 8 articles

भोकले सताएको बेला चराको चारा नदेखाउन मित्र
मित्रताको नकाब भिरी फोस्रो नारा नदेखाउन मित्र

भोको पेटमा पटुकी कसी कति दिन पो बस्ने  हो र
जहिले पनि तिम्रो मात्रै नौटंकी पारा नदेखाउन मित्र

हात समाई ठुलो भिडमा के गर्न खोज्दैछौ कुन्नि
 
बैगुनी समाजमा लंगडो सहारा नदेखाउन मित्र

मैले हैन पनि भन्छौ व्यवहार देखाउछौ सीमित
असल छिमेकी बन भो हुतिहारा नदेखाउन मित्र

संसारलाई नै चिनायौ  तिम्रो मेरो गहिरो नाता
अर्कैले खोसिदिन्छ तिम्रो आहारा नदेखाउन मित्र
                                        
अनिता भण्डारी (पौडेल)
              
नंया बानेश्वर,  काठमाडौँ      

COMMENTS
Rujan Neupane   14th Dec 2015
"भोकले सताएको बेला चराको चारा नदेखाउन मित्र
मित्रताको नकाब भिरी फोस्रो नारा नदेखाउन मित्र" ...... राम्रो लाग्यो लाईन मलाई । :)
Bishal Paudel   25th Dec 2015
eti ramro lagyo malai yo gazal .
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |