Story

Rated 4.15/5 (From 308 user)
kanchan Sharma   16th Apr 2016   Romance(प्रेम-कथा) 0 comments   Like ( 0)   7466 reads  

Kanchan Sharma
1 followers | 0 followings | 2 articles





आरम्भको अवसान
“सानी ए सानी कति सुतेकी हँ रु हेर त घाँम कति माथी आईसक्यो, हन के भाँ छ हँ यो केटीलाई आजकल, ओछयान छोड्ने त मननै गर्दिन” रु सानीकी आमा फत्फताउदै गाई बाख्रालाई कुडो दिनलागीन् । 
“तिम्रो छोरीलाई चै म नसक्ने भंए, सुतिमात्ररहन्छे, भनेको केहि सुन्दीन, एउटा केटो खोजेर पठाईदिइहाल” बेलुकाको खाना खानलाग्दा आंमाले टोकसेपछि अब के चाहियो, सानि जुरुक्क उठेर खानाको थाल बाख्राको मुखैनेर लगेर छाडिदिई र कोठाको ढोका यस्तरी लगाईकी सानो तिनो गोलीनै पडकेको जस्तो ।
“देख्यौ हैन यस्को ताल रु तिमी चुईक्ककेही बोल्दैनौ, सधैको छुच्ची म मात्रै, कस्तो कर्म प्रभु मेरो” सानीकी आमा कराईरहिन, सानीका बा पनि खाना नसकिकन् उठे र गांउ तिर डुल्न निस्के । 
जुन देखि माथ्लो घरे कप्तान बाको कान्छोछोरा सुरेसले घरमा दुलही भित्र्यायो हो त्यही दिन देखि सानीले खाना खान, केहिकाम गर्नछाडी र केही काम गर्नू भन्यो भने झर्किन्थ्यी, ओछयानमा नै घोप्टोपरेर सुतिरहन्थी । 
धेरै पर पुग्नै पर्दैन, छ महिना पनि भएको छैन, सानिमा यस्तो परिवर्तन भएको । बिहानै सुर्योदय पुर्बनै उठी पंधेराबाट पानी ल्याउने, गाईबस्तुलाई  कुडो पकाएर ख्वाउने, कहिलेकाही त आंमा उठनेबेलामा दैलोपोत्नपनि भ्याईसक्थी । कहिले नि पढ भन्नु परेन, त्यहि आंमानै हो मेरी छोरी त बिजुली हो भन्दै सुनाउदै हिडदथी । स्कुलमा पनि सरहरुको प्रिय शिष्य थिई । तर एकाएक के भयो सानी सन्चो नभएको बहानामा स्कुलजान छाडी । अनेक धांमी झांक्रि लगाउदापनी केही फाईदा भएन । परिक्षा पनि बिगारेपछी सबैजना आजित भए सानी सगं तर रोग चै पत्तालागेन । 
“सानी ला यो चुरा तेरोलागी हांटबाट ल्याईदिएको, कसैलाई नभन्नुनी मैले दिएको भनेर” सुरेसले बाख्रा चराउने बेलामा खुसुक्क पोको दियो । सानी खुसी भई कतिखेर घरगएर लगाएरहेर्ने मन भो । घर फर्कदा कुलोनेर यस्तरी चिप्लीईकी हातको चुराकोपोको ढुगांमा बज्रेर चक्नाचुर भयो । लडदाखेरी आंमा भनेर चिच्याएकी त सपनामा पो लडकी रहीछ तर बिपनामा पनि आंमा भनेर आवाज गरी । आंमा आत्तिदै कोठमा आईन, सानीको जिउ पसिनाले निथ्रुक्क भएर भिजेकिथिई, टाउको छाम्दाखरी निस्लोट जरो आएको थियो । आंमा र बा मिलेर रातभर पानीपट्टी लगाइदिएर रात कटाए । सानि बिस्तारै निको त भई तर मनको घाउ कसैले निको पार्न कसैले सकेनन् ।
केहिदिन पछि सांझपख पधेराबाट फर्कदा दोबाटोनेर सुरेसलाई भेटि “सानि एकछिन पर्खीन तं संग कुरा गर्नु छ” सानी नसुनेझै ठम–ठम हिडीरही, सुरेसले गाग्रो खोसेर भुइमा राखीदियो, दुबैजाना एकछिन केहि बोलेनन् । “मलाई माफ गर्दे सानी, त बिना बाच्न गारो छ मलाई, मेरो बिहे त संग किन हुन सकेन सबै थांहा छ तंलाई, यो जातपात भन्ने कुराले गर्नु गर्यो हेर, आंमा बा ले तं संग बिहे गर्योभने आत्महत्यानै गर्छुभन्नुभयो मैले बाध्यभएर तंलाइ धोकादिनु पर्यो ”
“अब सबैकुरा सकिएपछि मलाई यो सब किन सुनाउनुपर्याे र रु जाउ आफ्नै जात मिल्ने स्बास्नी संग” सानी झन बम्कीई । त्यहीबेला गांउकी नामुद कुरौटे कांहिली (खास नाम सरस्वती हो तर यताका कुरा उता, उताका कुरा यता वसार्ने बानीले गांउलेले राखिदिएको नाम ) त्यतै आउदैगरेकि देखी सानीले, अनी गाग्री बोकेर, फन्केर घर तर्फ लागी । छ महिना पछि आफ्नो प्राणभन्दा प्यारोमान्छे भेटदा गर्लम्म अगांलोहालेर रुन मननलागेको त होईन तर सानीले सकिन । आज पनि खाना नखाईकन सुती । 
कुरौटे कांहिलीले सानी र सुरेसलाईसगै देखेर सुरेसको बा लाई कुरालाउन भ्याईसकिछ, बिहान उठने बित्तीकै सातो खाए । सुरेसकी स्वास्नीले पनि थांहापाई बिवाहपुर्बको सम्बन्धको बारेमा । “यसलाई राख्नुभएन गांउमा अब, कान्छो काकासंगै पठाइदिनपयो शहंरा” बाले मुखकुल्ला गर्दै जुठ्यान बाटै आंमालाई सुनाए । 
त्यसैको दुईहप्ता पछि फेरी भेटभयो हाटबजारमा सानीको र सुरेसको, सानी एक्लै थिइ, घरायसीसामान किनमेल गर्न । सुरेससाथीहरु संग आएको थियो । दुबैको नजर सांटासाट भयो । सानीलाई सुरेस आएर बोलोस जस्तो भएको थियो । सुरेसले नजिकै आएर कसैले नदेख्ने गरी कागजको टुक्रा हातमा थमाईदियो । सानिले हेरी । म स्कुल पछाडी तलाई कुरीरहेकोहुन्छु आइज है । त्यतीमात्र लेखेछ । किनमेल सकेर सानी स्कुलतर्फ लागी । सानी त्यांहा पुग्नासाथ सुरेसले अंगालोमा बेयो र रुन लाग्यो । सानीलेपनी सायद त्यही चाहन्थी, अंगालोबाट छुटन मनगरिन् । आजफेरी पुरानैदिन फर्केको जस्तो भएको थियो । “बा ले मलाई शहरां पठाउने रे त बिना म बाच्न सक्दीन” । “ म पनि तिमी बिना बाच्न सक्दीन सुरु (सुरेसको मायाले बोलाउने नाम)” । दुबैजाना सुक्क–सुक्क गर्नलागे । 
काका आएछन सुरेसलाई लिन शहरबाट, घरमा सल्लाहहुदैथियो, सुरेसको स्वास्नीपनी संगै जानेभई । यस्तो गर्दा नयां जोडीको छुट्टिनु पर्दैनथ्यो र शहरमा घरव्यवहारको काममा पनि सहयोग हुन्थ्यो ।
सुरेसले झलक्क संझ्यो सानीलाई । अंध्यारोमा दांया–बांया नहेरी सानीको घरतर्फ लाग्यो । सानीकोगोठ पछाडी कुरेर बस्यो धेरैबेर, साएद पहिलेपनि त्यैसै गरी भेटदथेहोलान । सानीले गाईलाई बाहिरबाट गोठमा सार्न लाग्दा गोठको कुनामा घासको डोको पछाडीं सुरेसलाई देखि, छक्क परी, त्यसबेला त्यांहा देखेर । “हेर सानी हामीले अन्तीम निर्णय गर्नुपर्ने भयो, हामी यो गांउमा बसेर एक हुन सक्दैनौ केहिनकेही त गर्नै पयो, भोली बिहानै सखारैमा पधेंरा तल आईज अलिकती लुगाबोकेर” । 
बिहानै झिसमीसेमा लुगा र गाग्री लाई डोकोमा राखेर पधेंरो तर्फ लागी । पधेंरोमा सानी भन्दा पहिले  कुरौटे कांहिली पानी भर्दै थिई । “ के हो सानी चाडै आईछस त आज रु ” संकालु दृष्ट्रि डोकोतिर लगाई तर अली अध्यारो भएकोले ठम्याउन चै सकिन् । “ल ल चाडै पानी भर संगै घर जाम्ला” प्रश्न । “होईन भौजु तपै जादै गर्नु मेरो ढिलो हुन्छ” जवाफ । सुरेस पनि पधेरा आउने ओरालो ब्यागबोकेर झर्दै गरेको देखे काहिंलीको झनै शकां  बढयो । काहिलीलाई कतिखेर शब्द ओकल्नु भयो, हतार–हतार कप्तान बाको घर तर्फ लागी, सबै कुरा बिस्तार लगाई ।
 दुई तिन घन्टा बित्दापनी सुरेस घर नफर्केपछि सबैको शंका बिस्वासमा परिवर्तन भयो । कसैले पनि देखेको कुरा गरेनन् । भोली पल्ट बिहानै तल माझीको छोरो हस्याङ्ग फस्याङ्ग गरेर कप्तान बाको घरमा आएर नदिको तिरमा लुगा, चप्पल र केहिलेखेको कागजको टुक्रो देखेको बतायो । सबै तेतै तिर लागे सुरेश र सानीको लुगारहेछ । कप्तान बा कि बुहारी मुर्छा परी, कागजमा लेखिएको थियो हामीलाई माफ गरिदीनुहोला अलबिदा । अलिपर ढुङ्गामा सानीको रातो च्यादर अडकिरहेको थियो । माझिहरुले र गांउले मीलेर दिनभर नदिमा खोजे तर भेटेनन् । 
बर्षदिन बित्यो अब सबैजनाले चित्त बुझाउदैथिय । त्यही बर्ष कप्तानबा  पेन्शन थापेर दिल्लीबाट  फर्कदा जांदा त्यस्तै चार–पांच स्टेशनकटे पछि सानो चिया पसलमा चिया पकाईरहेको आफ्नो छोरो सुरेस, सानी र सानो बच्चो पनी देखे । मन ढक्क फुल्यो । रेलपनि कुदिहाल्यो । तर आजसम्म कप्तान बा ले यो कुरा कसैलाई किन भनेकाछैनन् रहस्यमै छ । 


कंचन शर्मा २०७३

COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |