Migration to Writing Nepal

ध्यान दिनुहोस !
अनलाईनकक्षा डट कम बाट राईटिंगनेपाल डट कम मा ‘पुर्ण स्थानान्तरण प्रकिया’ हुन गईरहेको छ । तपाँइ आगामी २०७१ बैशाख २५  पछाडि अनलाईनकक्षा डटकम बाट राईटिंगनेपाल डटकम ‘राईटिंग नेपाल’ खुलाउन सक्नु हुन्न!
राईटिंग नेपाल को अनुभब को आनन्द लिनुहोस !
Attention!
A complete ‘Migration process’ of onlinekksha.com to writingnepal.com is going to  take place before May 8 2014. You will no longer able to access to WritingNepal.com through onlinekksha.com!
Enjoy the Writing Nepal experience!

New Feature Added

नयाँ FEATURE (बिशेसता) थपिएको छ !

USER हरुको सुबिधाको लागि नोटिफीकेशनको(Notification) बिशेसता थपिएको छ।

  • LIKE गरेमा
  • Comment गरेमा
  • Book Add गरेमा
  • Event Add गरेमा
  • Post Add गरेमा
  • Book Recommend ‘सिफारिस‘ गरेमा

र अन्य कुराहरु (Activities) मा

 

राईटिंग नेपाल सँग भलाकुसारी

खानाको रेसिपि देखि कलेजको होमवर्क सम्म पनि गुगल र फेसबुकमा शेयर गर्ने बानि परेका हामिलाइ बिसन्चो भयो भनेपनि गुगल गर्छौं,  जसै कारणहरुको ताँति भेटिन्छन। राजनिति पनि फेशबुक र ट्विटर बाटै गर्ने चलन आएको छ आजको डिलिटल युग मा हामिलाई हरेक कुरा डिजिटल खोज्ने बानि परेको छ । यहाँ सम्मकि हामि डिजिटल कुरा गर्छौं, डिजिटल खान्छौं, र हाम्रो निन्द्रा पनि भर्चुअल हुन थालेका छन्।
नेपालि बजारमा देखापर्न थालेको नयाँ वेभ संन्जाल राईटिंग नेपाल डट कम ले हाम्रो डिजिटल बानिलाई अझै परिस्कृत रुपमा बिकाश गराउने लक्ष्य लिएको छ । ई – बुक र ईन्टरनेटमा पढ्ने बानि परेको हामिलाई किताबहरु को बारेमा पर्याप्त जानकारि नहँदा असमन्जसको स्थिति छ जसलाई पुरा गर्न राईटिंग नेपाल ले धेरै हद सम्म सहयोग गर्ने छ । हाल राईटिंग नेपाल डट कम ले नेपालि किताबहरुको डाटाबेस निर्माण गर्ने कार्य थालनि गर्दै छ, र त्यसमा नेपालि लेखक, बुद्दिजिबि, पत्रकार, समालोचक, ब्लगर तथा सर्बसाधारण प्रयोगकर्ताको सहयोग तथा सहभागिता बिना पुरा हुन असम्भब छ । साथै दिर्घकालिन योजना श्वरुप ई-बुक , ई-लाईब्रेरि , नेपाल विकि जस्ता संम्भाबना बोकेका तथा आबश्यक रहेका योजनाहरुलाइ पनि सँगसँगै लैजाने लक्ष्य रहेको छ। हाल यसले दिने सुबिधाहरु नेपालि वेभ मार्केटमा बिल्कुल नौलो रहने छ ।

‘गुगल’ गर्ने बानि परेका हामिलाइ नेपालि किताबहरु तथा अन्य उपयोगि सुचनाहुरु यस्ता सर्बसुलभ / बिश्वबिख्यात वेभसँन्जाल मा भेटाउन मुस्कील छ , यि यस्ता समस्याहरु हाम्रो आफ्नै कमजोरिका कारणले गर्दा भएका हुन् न कि गुगल ले । हामिकहाँ आफुसँग भएका सुचना/ सिर्जना हरु ईन्टनेटमा बाँड्ने चलन छैन, जतिपनि पत्रकारहरु, लेखकहरु, आफ्नो क्षेत्रबिषयका बिज्ञहरु , बिश्वबिधालयका गन्य मान्य प्रोफेसरहरु पनि आफुले जानेको ज्ञान अरुलाई बाँड्नु पर्छ भन्ने सोचाईमा पुगेका छैनन् जसले गर्दा हामि अझै पनि लेखेका/बुझेका/जानेका कुराहरु लाई पुस्तकाकार मा चाँहि भेट्टाउछौं तर नयाँ पुस्ताको चाहानाको डिजिटल भन्डारमा यो सुलभ छैन । हामि जे जति प्रिन्ट मा पढ्छौं, त्यतिमा नैं सिमित छौं । अनलाइन कक्षाको धारणा यो हो कि ति सुचना हरु ईन्टरनेटमा पँहुच योग्य होओउन् जुन पुस्तौ पछि सम्म पनि उपयोगि रहुन् । जस्तै : साइकोलोजि बिषयकमा (सिग्मन फ्राईडका ) नेपालि बर्णन भेटिदैनन्, हिन्दु धर्मका नेपालि बिश्लेशणहरु, काब्यका समालोचनाहरु, नेपालका एतिहाँसिक मह्त्वका बिषयहरु, रितिजिवाज , चलन लगायत महत्वका बिषयहरु जुन अपरिहार्य छन् यि यस्ता बिषयहरुकमाथि प्राज्ञिक, बौदिक छलफलहरु सहितको लेख रचनाहरु ईन्टरनेटमा हालिने बानिपरोस भन्नाको लागि यस योजनाको सुरुवात गरिएको हो । कथित चार बर्ण छत्तिस जातको फुलबारिमा हामि बसोबास गर्छौं तर एक ले अर्को को भाषिक साँस्कृतिक चालचलन का सुचनाहरु किताबहरुमा मात्र भेट्टाउँछौं तर हाम्रो पुस्ताको सुचना भन्डारमा यसलाई भेट्टाउदैनौं जसले गर्दा पढ्छु/गर्दछु/जान्दछु भन्नेको चाहाना पनि हराऊछ।

हामि हाम्रो स्थानिय सुचना ईन्टरनेटमा भेट्टाउन ठुलै कष्ट गर्नु पर्दछ र अधिकांश समय खालि हात निरास हुनुको बिकल्प छैन। तर पश्चिमेलि साम्राज्यका कुनै पनि सुचनाहरु लेखहरु निमेष भरमै ठेलमठेल भेट्टाउँछौं। जो जस सँज जे जस्ता उपयोगि सुचनाहरु छन् त्यस्ता सुचनाहरु लाई ईन्टरनेटमा अपलोडगरि सहज प्राप्य बनाउने लक्ष्य स्वरुप , केहि ईन्टरनेट संस्कार बिकाश गराउने ध्येय ले यस संजालको बिकाश गरिदै छ ।

राईटिंग नेपाल डट कम ले साहित्यिक लेखहरु मात्र नभई धार्मिक, राजनैतिक, साँस्कृतिक, भाषिक मुल्यमान्यता ,बिज्ञान/ईन्जिनियरिङ बिषयका छात्र छत्राले लेखेका उपयोगि लेखहरु पनि ईन्टरनेटमै हाल्ने बानि बिकाशको लागि प्रभाब तथा प्रेरित गर्ने छ। 

राईटिंग नेपाल यस्तो संजाल बनेर आँउदै छ जसले नेपालि पुस्तक बजार निकै तताउने पक्का पक्कि छ । यसले दिने सुबिधाहरु को बारेमा संस्थाका संस्थापक यसो भन्छन् –

“यो यस्तो संजाल हो जसले ईन्टरनेटको पहुँच वाला सम्म नेपाली साहित्यको पहुँचपनि सँगसँगै पुर्याउनेछ । हामी परम्परागत साहित्य पढ्ने/लेख्ने/प्रकाशन गर्ने  बानी परेकाहरु र नेपाली युवाहरु माझ नेपाली साहित्यको पढ्ने बानि उन्नत गराउने योजना स्वरुप आएका छौं।”
अनलाइन कक्षा पाईभेट लिमिटेड नामक संस्था ले बिकाश गरेको यस वेभ संजालमा प्रयोग कर्ताहरुले नेपाली साहित्य बजारमा देखिएका पुराना तथा नयाँ किताबहरु को बारेमा खुल्ला बहस गर्ने , आफ्नो ब्यक्तिगत खाता खोलि उपयोगि पुस्तकहरुको वेभ भन्डार बनाउने र आफ्नो डिजिटल मित्रहरुलाई यस्ता पुस्तक पढ्न / प्रेरित गर्न ‘ बुक रेकमन्डेसन् ‘ सुबिधा प्रयोग गर्न सक्ने छन साथसाथै आफ्नो मौलिक लेख रचना/ सिर्जनाहरु प्रकाशन तथा पर्सनलाईज गर्न सक्ने छन्।
संस्थापक भन्छन ” यस्तो रेकमन्डेसन को सुबिधाले गर्दा हाम्रो सानो साहित्यको बजार पनि केहि हद सम्म खुल्न सक्ने र प्रकाशित तथा प्रकाशन तयारिमा रहेका पुस्तकहरुलाइ राईटिंग नेपाल मार्फत पुस्तक प्रेमिहरुमाझ झट्टै पुर्याउन सहयोग गर्ने छ ।”
राईटिंग नेपाल डट कम ले दिने अर्को सुबिधा भनेको यसमा लेखक / प्रकाशक तथा ब्लगर / साधारण प्रयोगकर्ताहरुलाइ छुट्टा छुट्टै निकै उन्नत खालको ब्यक्तिगत प्रोफाईलहरु प्रदान गरिने छ जसको प्रयोग द्वारा आफ्ना प्रकाशित पुस्तक/लेख बारे एकै ठाँउ बाट निकै ठुलो संख्याको पाठक जमातमा एकै साथ सुचना हरु संम्प्रेसण गर्न सक्षम बनाउने छ।

यसबारे प्रमुख बजार कार्यकारिको धारणा यस्तो छ –
” राईटिंग नेपाल ले लेखक तथा प्रकाशकलाई नि:शुल्क रुपमा यस्ता पुस्तकको बिक्रि प्रबर्धनमा सघाउने छ । ”
यसरि एकै ठाँउमा नेपालि साहित्य प्रेमिहरुलाई जमघट गराउने ऊदेश्य स्वरुप संचालन गरिने राईटिंग नेपाल डट कम ले  निकै प्रभाब सृजना गर्ने र  ” अब नेपालि साहित्य प्रेमिहरु निकै बृद्दि गराउने छ । ” भन्ने बिश्वास लिएका छन् सह-संस्थापकले ।
लेखकहरुले आफुले गर्न थालेको कार्यक्रमहरुलाई ( Book Launch , Author Appearance, Literature Festival ) लगायतका संगठित कार्यकलाप हरुलाई ‘ ईभेन्ट निर्माण ‘ मार्फत पाठकको ठुलो जमात सम्म ति सुचनाहरुको जानकारि पुर्याउन सहयोग गर्ने छ । र साथसाथै अन्य थुप्रै उपयोगि परिपक्व बिशेसताहरु पनि रहनेछन् ।

३ पर्ष पहिले सुरुवात भएको थियो, सुरुवाति चरणमा wall.fm मा नि: शुल्क होस्टिङ सुबिधा लिई संचालन गरिएको वेभसाईट हालको परिस्कृत अबस्था सम्म आईपुग्न संस्थापकहरुको मह्तवपुर्ण ब्यक्तिगत समय, अहोरात्र परिश्रम , बिशाल बिबेकहरु को संयोजन साथसाथै ‘राईटिंग नेपाल डट कम डेभलोपर टिम ‘ का हरेक सद्स्य हरुको उत्साहाजनक सहभागिता तथा  डेभलोपर टिमका केहि ब्यक्तिगत सृजनशिलता स्वरुप हालको राईटिंग नेपाल डट कम को बिकाश भएको हो ।

राईटिंग नेपाल डट कम ले यस परियोजनालाई भबिष्यमा निकै उन्नत गराऊदैं लैजाने क्रम निरन्तर रहने छ ।

यस क्रममा केहि नकारात्मक प्रतिक्रियाहरु प्राप्त नभएका होईनन् तरपनि  काम प्रतिको मोहले संस्थापकहरुलाई ति प्राप्त नकारात्मक प्रतिक्रियालाई पानि सकारात्मक रुपमै लिई लक्षित ऊदेश्य प्राप्त गर्नकोलागि निरन्तर उत्पेरित गराईरह्यो र भबिष्यमा प्राप्त हुने सबै किसिमका प्रतिक्रियाहरुलाई सहज ढङ्गबाट ग्रहण गरि पुर्बाग्रहको द्धेष नराखि साहित्यको प्रगति/उत्थान र बिकाशको लागि लागिपर्ने छ।
सम्पुर्ण नेपालिहरुको समज बिबेक र साथको अपेक्षा बिना राईटिंग नेपाल डट कम रहन सक्दैन , त्यसैले राईटिंग नेपाल डट कम को आग्रह – सम्पुर्ण ब्लगर , लेखक ,पत्रकार, बुद्दिजिबि, समाजसेबि, प्राधयापक, प्राज्ञिक ब्यक्तित्वहरुलाई हाम्रो यस बृहत कार्ययोजनामा बिनाभेदभाब, पुर्बाग्रह रहित हामिलाई निरन्तर उत्साहापुर्बक सहयोग गर्नुहुनेछ भन्ने हामिले ठुलो आशा लिएका छौं।

 

राईटिंग नेपाल के हो ?

-राईटिंग नेपाल बेव साईट हो जहाँ सबै रचनाहरु हाल्न सकिन्छ । सबै प्रकारको लेखहरु स्वागर योग्य छन् ।
-सबै नेपाली लेखकहरुलाई एउटै थलोमा लेराउने प्रयासमा हामी तपाईको सहयोगको अपेक्षा राख्दैछौं । यो प्रयास यहाँहरु बिना पुरा हुन सक्दैन ।
-लेखकहरुले पुस्तक बिमोचन को लागि आफ्नो प्रोफ़ाईल मा ‘Book Lunch Buzz’ को सुविधा प्राप्त गर्न सक्नेछन । जसले अधिकतम रुपमा पाठक सम्म सूचना दिने छ । Continue reading