१ धड्कनमा आभा "हाइकू संग्रह"
२ शाश्वत जिन्दगी "गजल संग्रह "
प्रकाशक :- नभेन्द्र पौडेल
पाँच हाईकु
१.
दन्ते कथा
एकादेशको
संविधान बन्ने छ
२.
हराएको मान्छे
भेट्याएको साथ
नछुट्ने बाचा
३.
एउटै शब्द
मनलाई काट्ने
धारिलो हतियार भएछ
४.
लग्यो बगाएर,
आशाको पहाड
शब्दको भेलले ।
५.
रुप बदल्ने
धनाढ्य
सुकुम्वासीहरु ।
तीन हाईकु
१.
हरियाँ फाँट
निर्दयी गोठाला
चरिरहने भेंडाहरु
२.
खाली गाग्रो
पानीको धारा
हावाको आगमन
३.
भिजेको आँखा
दुखेको मन
मन्द हँसाई
खुला आकाश
उदाउदै छ सुर्य
लिएर आशा ।। (१)
१.
हिंडेको बाटो
बिर्सेर पो आएछु
भित्रै हराएँ !
२.
पाना पल्टाई
खोज्दैछु आफैलाई
इतिहासमा !
३.
साहस खोज्दै
संसार जित्नलाई
एक्लै दौडिएँ !
४.
जित्ने भनेर
सधैँ लड़दैं गए
बिना भविस्य !
५.
मैले हारें
बाजी पल्टियो अरे
म ...
1.
चल्ती आएको
माया प्रीत लाएको
पप गाएको