Rated 2.23/5 (From 26 user)

डायमनशमशेर राणा

Writing Nepal Featured
- लेखक
- Book-"सेतो बाघ"
D.O.B : 1975-00-00
Died : 2067-00-00
Home :
Favorite Quotes:
डायमनशमशेर राणा (१९७५-२०६७) नेपाली साहित्यकार तथा ऐतिहासिक उपन्यासकार हुन। वि.स. १९७५, आषाढ २१ गते, पाल्पामा जन्मेका यिनले नेपाली साहित्यमा राणाकालिन पृष्ठभूमिमा ऐतिहासिक उपन्यासहरू लेखेका छन्। उनको उपन्यास "बसन्ती"मा आधारित चलचित्र निर्माण भईसकेको छ भने उनका अर्को उपन्यास "सेतो बाघ" नेपालको ऐतिहासिक उपन्यास जगतमा एक उत्कृष्ट उपन्यासको रूपमा लिने गरिन्छ। सेतो बाघमा राणाकालिन षड्यन्त्र तथा शक्ति संघर्ष देखाइएको छ। यसमा जंगबहादुरका सन्तानहरू कसरी शक्तिबाट हटाइए भन्ने वर्णन गरिएको छ। सेतो बाघ अङ्ग्रेजी, फ्रेन्च लगायत विश्वका विभिन्न भाषामा पनि अनुवाद भएको छ।
बसन्ती
सेतो बाघ
सत्प्रयास
प्रतिबद्ध


बाबु बुधशम्सेर राणा र आमा मोहनकुमारीको पाँचौ अर्थात् कान्छो सन्तानको रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ सालको असार २२ गते मेरो जन्म भएको हो। मेरो बाजे पाल्पाको बडा हाकिम भएर त्यता बस्दा हाम्रो परिवार उतै थियो र त्यसैबखत मेरो जन्म पाल्पामा भयो र ६ महिनाको शिशुअवस्थामै म थापाथली (काठमाडौँ) ल्याइएँ। सम्पन्न राणा परिवारमा कान्छो छोरोको रूपमा जन्मिएकोले मेरो बाल्यकाल कुनै कमी नभई बित्यो। सबैले मप्रति चासो लिन्थे रे तर यसलाई पढाउनुपर्छ भनेर चाहिँ कसैले सोचेनन् र काठमाडौँ छँदा मेरो पढाइ हुनसकेन। अर्को कुरा जागीरे बाबुको कारणले पनि मैले पढ्न पाइन। मलाई स्कूल भर्ना गर्‍यो कि बुबा बडाहाकिम भइहाल्ने अनि उहाँसँगै जानुपर्ने। बुबा वडाहाकिम भएर वीरगञ्ज बस्दा वीरगञ्जमा स्कूल नै थिएन, भारतको रक्सौल गएर पढ्न त सकिन्थ्यो होला। त्यसबेला भारत छोडो आन्दोलन सुरू भइसकेको थियो, स्कूल जान पनि खद्दर लाएर जानुपर्ने, हामी पर्‍र्यौं अङ्ग्रेजजस्तै अङ्ग्रेजको विरोध गर्न नसक्ने। यसले गर्दा पढ्न पाइएन। त्यसपछि काठमाडौँ फर्केर पाटनमा भर्ना हुन खोजँे, फेरि बुबाको हनुमाननगर (सप्तरी)मा सरूवा भयो। मैले भने नि तत्कालीन परिस्थितिले गर्दा मैले स्कूल गएर पढ्न सकिनँ। सुख-सयल, सुविधा सबै भएपनि मेरो बाल्यकाल र किशोरावस्था पढ्ने सङ्घर्षमै बित्यो, एउटा असफल सङ्घर्षमा।
वि.सं. १९९९मा बुबाको निधन भएपछि मैले जागीर खानैपर्ने बाध्यता आइपर्‍यो। लप्टन पदमा सेनामा प्रवेश गरेको केही समयमै नौ महिना शैन्य तालीमका लागि बाहिर जाने अवसर पाएँ। सेनामा छँदा मेजरसम्म बन्न पाएँ। तत्कालीन परिवेश, नेपाली काङ्गे्रसले चर्काएको आन्दोलन, राणाहरूमा देखिएको विभेद अनि मलाई घरैमा पढाउन आउने बड्ढाली मास्टरको राजनैतिक पे्ररणाले गर्दा म पनि उद्वेलित भएँ। बिहे गरेको ७ वर्ष पनि नबित्दै, सेनामा जागीर खाँदाखाँदै नेपाली काङ्गे्रसको चारतारे झण्डा लिएर म राणाशासन विरूद्ध आन्दोलनमा होमिएँ। सरकारी जागीर खाएर सरकार विरूद्ध नै आन्दोलनमा उत्रिनु जोखिमपूर्ण काम थियो, फलस्वरूप कोर्ट मार्शलको सजायँ पाई सिंहदरबारको गारदमा थुनिनुपर्‍यो। गारदमा मसँगै बालकृष्ण सम, जनार्दन सम, पवन शम्शेर, मणि शम्शेर आदि थिए। गारदमा थुनिएको एक महिना नबित्दै सात सालको क्रान्ति सफल भएपछि हामी बन्दी जीवनबाट मुक्त भयौँ। मुक्त भएपनि पनि राम्ररी बस्न सकिएन बाहिरी वातावरण झन खुला जेलजस्तो लाग्यो, जाने ठाउँ कहीँ छैन, जागीर छैन, चिन्ने मान्छे पाउन पनि हम्मे पर्‍यो। केही समय बेरोजगार भएर भौँतारिरहेको थिएँ त्यत्तिकैमा श्री ५ त्रिभुवनबाट दरबारमा बोलाई बक्सेपछि सेनामा मेरो आवश्यकता परेको मर्जी भयो र पहिलेकै मेजर पद लिएर सेनामा फर्कें।
वी.पी.ले जे भन्नुभयो मैले त्यही गरेँ
म त्यतिबेला सेनामा सुधार गर्न गएको थिएँ। अयोग्यलाई पदबाट हटाउने, योग्यलाई राम्रो पदमा बसाउने र सैनिक सेवामा ठूलो परिवर्तन गर्ने गरी मैले कसैको अुनुहार नहेरी काम गरेँ। यसरी काम गर्दा कतिलाई राम्रो भयो, कतिलाई नराम्रो, जागीर छुटेपछि कतिको घरमा महिनौसम्म चुल्हो नबलेको पनि देख्नुपर्‍यो र अझसम्म पनि त्यो घटनाले मन नरमाइलो हुन्छ। बाध्यतावश २०११ सालमा मैले सैनिक सेवाबाट राजीनामा दिएँ र राजनीतिमा सक्रियपूर्वक लागेँ। वि.सं. २०१७ सालमा राजा महेन्द्रले नेकाको सरकार विघटन गरी राजनैतिक हस्तक्षेप गरे। यसपछि धेरैजना पक्राउ परे मैले पनि जेल बस्नुपर्‍यो। म परिस्थितिले गर्दा नेपाली काङ्गे्रसमा लागेको थिएँ। त्यतिबेला मलाई तत्कालीन प्रशासकले "मैले विराएँ" भनेर जाहेर गर्नुस् छुट्नु हुन्छ पनि भने तर मैले के बिराएको थिएँ र ? त्यसैले मैले "विश्वेश्वर बाबुको नेतृत्वमा बसेको म, उहाँले जे भन्नुभयो मैले त्यही गरेँ" भनेर लेखिदिएँ। यसपछि त मलाई यस्तो ठाडो कुरा गर्ने भनेर हप्काए।
राजा मान्ने कि नमान्ने भनेर सोधियो
यहाँनिर म एउटा प्रसड्ढ उल्लेख गर्न चाहन्छु। त्यो के भने २०१७ सालमा थुनामा पर्नुअघि म बस्ने घर कोपुण्डोलको बाटो राजा महेन्द्र जावलाखेलबाट र्फकँदै रहेछन् र मलाई देखेर मेरो घरमै आए। मेरो व्यवहार देखेर यी त अझै काङ्गे्रसमै झुकाव राख्दा रहेछन् भन्ने ठानी फर्केर गए। त्यसपछि त म पक्राउ परिहालेँ। ६ वर्षसम्म जेल बसियो। यसबीचमा बयान दिइरहनुपर्‍यो। एकपटक हामीसँगै जेल बसेका बलराम प्याकुरेलले अञ्चलाधीश भएर मसँग बयान लिए। त्यतिबेला मलाई "राजा मान्ने कि नमान्ने ?" भनेर सोधियो। मैले "हाम्रो पार्टीले राजालाई स्थान दिएकै छ नि।" भनेर बयान दिएपछि म छुटेँ। त्यतिबेलाको समय नै बेग्लै थियो, कडा समय, अहिलेको जस्तो कहाँ हो र ? ६ वर्ष जेल बसेर छुटेपछि काम पाइएन र तराई गएर बसेँ, तराइको गर्मीले बस्ने सकिन, काठमाडौँमा सि.आई.डी. पछि लागेर हैरान पार्थे। केही वर्ष त मैले पाउनु दुःख पाएँ।
कृति मेरो प्रकाशित भयो हप्की अरूले खाए
डायमन शम्सेर राणालाई डायमन शम्सेर भनेर चिनाएको क्षेत्र त साहित्य हो। साहित्य क्षेत्रमा म यहाँसम्म आउँदा धेरै सङ्घर्ष गर्नुपर्‍यो। मेरो लेखनको कारण मेरो कृति छापेबापत् अरूले पनि खप्की खानुपर्‍यो। मेरो पहिलो उपन्यास 'वसन्ती" (२००६) छापिएपछि 'राणा भएर राणाविरोधी कुरा लेख्ने भनेर मेरो बढुवा पनि गरेनन्। पहिलो कुरो त म साहित्यमा कसरी लागेँ त्यो नै बताऊँ। म प्राज्ञिक चिन्तन भएको मान्छे होइन, औपचारिक शिक्षासमेत नपाएको मान्छे तर मलाई पढ्ने खुब रहर थियो। वीरगञ्ज छँदा बुबाले एक जना बड्ढाली शिक्षक राखिदिनु भएको त थियो तर उसले पढाउने कामभन्दा चाकडीमै ध्यान दिन्थ्यो। वीरगञ्ज रहुञ्जेल मैले खासै पढ्न पाइन। पछि मदनशम्सेर जवरालाई पढाउन एकजना बड्ढाली शिक्षक झिकाइएको थियो। एकदम विद्वान, धुरन्धर शिक्षक थिए। मैले तिनैसित अङ्ग्रेजी साहित्य पढेँ। अङ्ग्रेजी साहित्यको अध्ययनले मात्र होइन राणा शासनका कुरीतिलाई लेखनबाट सार्वजनिक गर्नुपर्छ भन्ने भावना ममा थियो। यसैको फलस्वरूप 'वसन्ती" उपन्यास लेखेँ (२००१ सालतिर) यो २००६मा प्रकाशित त भयो तर पढ्ने पाठक खोज्न सङ्घर्ष नै गर्नुपर्ने। टोलटोलमा बी.ए. नजीकै गरेका मान्छेलाई पढ्न दिँदासमेत पढिदिएनन्। बल्ल बल्ल लेखेर छपाएको किताब किन्ने त के पढ्ने पाठकसमेत नपाउँदा म निराश भएँ। पछि 'सेतो बाघ' चर्चित भएपछि 'वसन्ती" पढ्ने पनि देखिए। २५ वर्षसम्म त 'वसन्ती'को पाठक पाउनै लाग्यो।
सत्र सालमा नख्खु जेल बस्दा मसँगै थुनामा पर्नेमा गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला),तारिणीबाबु (तारिणीप्रसाद कोइराला) पनि हुनुहुन्थ्यो। जेलमा बस्दा उहाँहरूले डिक्सनेरी लेख्न थाल्नुभयो। यसबाट मलाई पनि लेख्नुपर्छ भन्ने लाग्यो र 'सेतो बाघ' लेखेँ। लेख्न त मलाई मनै थिएन, वसन्तीको पाठक नपाएकोले मन खिन्न थियो। जेल जीवनको वातावरण र न्यास्रो लाग्ने हुँदा लेखन उपयुक्त माध्यम बन्यो समय कटाउने, बौद्धिक चिन्तन गर्ने। ६ वर्ष जेल बस्दा 'सेतो बाघ' जेलमै लेखियो। जेलबस्दा मैले अन्य थुनुवा, जेलर, सिपाही सबैलाई 'सेतोबाघ' सुनाएको थिएँ। जेलमुक्त हुँदा 'सेतोबाघ' लाई त्यहीँ छोडिदिएँ पछि जेलरले 'सेतोबाघ' लिएर जान आग्रह गर्‍यो मैले नाइनास्ती गरेँ र उसले मलाई विश्वका ठूलाठूला मानिसले जेलमै बसेर ठूला ठूला ग्रन्थ र चर्चित कृति लेखेको उदाहरण दिएपछि मेरो मन परिवर्तन भयो। एउटा सिपाहीलाई लिन पठाएर 'सेतो बाघ' मेरो हातमा थमाइदियो।
सेतोबाघ दश हजार रूपियाँमा साझालाई दिएँ
जेलबाट पाण्डुलिपिको रूपमा ल्याएको 'सेतोबाघ' मैले छाप्न चाहेकै थिइन। जेलबाट छुटेपछि बाहिरी संसार नै उज्यालो लाग्दो रहेछ। काम पनि थिएन, जाने ठाउँ पनि थिएन। एकदिन मदन शम्सेरको घरतिर घुम्दै थिएँ म त साझा प्रकाशनको अफिस पो पुगेछु। त्यहाँका हाकिमले मलाई बोलाएर भनिहाले -"तपाईंले जेल बस्दा 'सेतोबाघ' लेख्नु भएको छ रे! त्यो हामीलाई दिनुस् हामी छाप्छौँ।" मलाई चाहिँ दिन मन थिएन। पछि पारिश्रमिक पनि पाउने कुरो भएपछि त्यतिबेलै १० हजार रूपियाँ पारिश्रमिक पाउने भएपछि मैले 'सेतो बाघ' साझा प्रकाशनलाई नै दिएँ। 'सेतो बाघ' छापेपछि साझा प्रकाशन अप्ठेरोमा पर्‍यो, त्यहाँका हाकिमले पनि बयान दिन जानुपर्‍यो। एकदिन त साझाले मलाई बोलाएर "तपाईंको किताब सबै तपाईं लानोस्, हामीले दिएको पैसा पनि तपाईं राख्नुस्" भनेर किताब फर्काइदियो। पछि यो किताब रत्न पुस्तकले मागेर फेरि छाप्यो। लेखेर पनि जीवन निर्वाह गर्न सकिन्छ भने उदाहरण मै भएको छु। 'सेतोबाघ' र 'वसन्ती' उपन्यासबाट मात्र वर्षको ५० हजार रूपियाँ र्‍वायल्टी पाउँछु म। वसन्ती (२००६), सेतोबाघ (२०३०) प्रतिबद्ध (२०३४), सत्प्रयास (२०३८), अनीता (२०४६), धनको धब्बा (२०५१), गृह प्रवेश (२०५९) समेत गरी मेरा सातवटा उपन्यास प्रकाशित भइसके। यही उपन्यासले आज म बाँचेको छु, सम्मानित जीवन बाँचेको छु, देश-विदेशमा चिनिएको छु। विभिन्न पुरस्कार पाएको छु। 'वसन्ती' प्रकाशनपछि झेलेको सङ्घर्ष 'सेतोबाघ'को प्रकाशनपछि झेल्नु परेन मलाई। बरु जगदम्बाश्री, लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएको छु, मेरा उपन्यासहरू विभिन्न भाषामा अनुवाद भएका छन्, देश विदेशमा नाम कमाएको छु, सम्मान पाएको छु।
९२ वर्षको उमेर त्यो पनि भर्खर मुटुको अप्रेसन गरेर बसेको म अचेल लेखनमा लाग्न सकेको छैन। ललितपुरको कोपुण्डोलमा डाक्टर छोरी गीताको घरमा बसेको छु, छोरा रघु बारम्बार भेट्न आइरहन्छ, उसैले मलाई मेरो 'वसन्ती' सधैँ दुई घण्टा पढेर सुनाउँछ। अचेल म आफ्नै कृति सुनेर आनन्दको जीवन बाँचिरहेको छु। विगतका सङ्घर्ष सम्झेर परिवारका साथ रमाएर बाँचेको छु।

संक्षेपमा डायमनशमशेर
सेवा - साहित्य, शिक्षा - स्वाध्याय,
भ्रमण - नेपाल, भारत, चीन, पार्चुगल / विधा - उपन्यास, अन्य..........
पहिलो रचना - वि.स. २००६मा "वसन्ती" ऐतिहासिक उपन्यास प्रकाशित
मौलिक कृति
१) वसन्ती - ऐतिहासिक उपन्यास-वि.स. २००६
२) सेतोबाघ - ऐतिहासिक उपन्यास-वि.स.२०३०
३) सत्प्रयास - ऐतिहासिक उपन्यास-वि.स. २०३८
४) प्रतिबद्ध-ऐतिहासिक उपन्यास-वि.स.२०३४
५) अनिता - ऐतिहासिक उपन्यास-वि.स. २०४५
मान पदक - शुभ समूहद्वारा अभिनन्दन
ठेगाना - निवास - कुपोण्डोल, ललितपुर
प्रकाशित मिति: २०६७ फाल्गुन २० ०७:०५

Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |