जलाएर छाती खरानी बनायौ
अनि कति मिठो कहानी बनायौ |
कुल्चेर हिड्यौ कहिले यै छातीमा
फेरि यै छातीलाई सिरानी बनायौ ||
हामी थोरै काम गर्छौं,
अनि धेरै कुरा गर्छौं
अरुले गरेको उन्नति देख्दा
जिब्रो टोक्छौं, आँखा तर्छौँ
खुट्टा तान्छौँ, कुरा काट्छौं ,
यसमा जित हाम्रो अबश्य हुन्छ
त्यसैले
नतिजामा आफैं पछाडी पर्छौं |
पर्दा बाहिर जस्तो कुरा भित्र हुँदैन
पोजसंग दुरुस्त मिल्ने चित्र हुँदैन |
सबै सबै चिज यहाँको यस्तै यस्तै हुन्छ हजुर
रुप जस्तो मानिसको चरित्र हुँदैन ||
मुक्तक
आज तिम्रो याद आयो पिएँ अलिकति
मनको दुख गिलासलाई दिएँ आलिकती |
मेटिएन मनको दुख गिलास रित्ति सक्दा पनि
बिर्सनलाई फेरि पनि लिएँ आलिकती ||
पर्दा भित्रकी प्रेमिका
अब खुसी छैन म
यो पर्दाभित्रको हाम्रो भेटमा
तिम्रो अनुहार पनि निरस लाग्न थालिसक्यो
माफ गर आजभोलि
म तिमीलाई राम्री देख्न छोडिसकें | यो पर्दा भित्र तिमी जहाँ छौ
ठिक त्यहीं नेर
हर दिन
तिमि जस्तै सुन्दर ...