कविता : सपना र शिव अधिकारीहरु

  0 comments   Like ( 0)   526 reads  

~सरूभक्त~


 


यातना घर


इरेजरले मेटिएका अनुहारहरू


स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन्


यो युग नरभक्षी बाघहरूको युग होइन


नरभक्षी नरहरूको युग हो ।


वेवारिसे लासहरू


गाउँ छोड्ने सपनाका लस्कर चलेका छन्


भोकाएका अजिङ्गरहरू


छुचुन्द्राहरूका जुलुसमा सामेल छन्


ए यो देशबाट देवताहरू विस्थापित भइसके ?


त्यसो भए मन्दिरहरूको होइन


भ्रष्टाचारहरूको जीर्णोद्धार गरौँ


लोपोन्मुख गिद्धहरू


आमाहरूलाई सोध, प्रत्येक गर्भ घाइते छ ।


मृगमरिचिका


देशका लागि सर्वत्र देश विस्फोटित छ


दोर्जेलाक्पा हिमालको कसम


यो देशमा अब खतराहरू मात्र सुरक्षित छन् ।


फ्याउराहरूको आत्मकथा


ध्रुवीय भालुहरूको डरयुक्त भर छ


कस्ले कस्को स्थिति सार्वजनिक गर्ने ?


जीवन सधैँ भुइँचालो र्फकने प्रतीक्षामा व्यतीत छ ।


अलिनो भान्सा


दरबारमार्गका झडपहरू


एम्बुस जडान जिन्दगीका जिजीविषाहरूसँगै


सपना भुलाई गएका शिव अधिकारीहरू कता लागे ?


बन्दका हल्लाले बन्द देश


सावधान, तोडा चलेको छ


डबलीमा कात्तिक नाचहरू हेर्दै


ऊ लास परेका जुलुसहरू जीवनको अभिनय गर्दैछन् ।


आङमा लुगा छैन ?


त्यसो भए निःशुल्क केटि्रमोक्साजोल खाऔं


कठ्याङ्गि्रने जाडो याम


मनहरूको अकुपन्चर चलेको छ ।


अन्धोयुग


के ब्रेल छाम्ने औँलाहरू पनि लोप भई सके ?


(स्रोत : मधुपर्क जेठ, २०६९ )

COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— January 23 2018 10:48 |