साहित्य सृजना कसरी गर्ने ?

  0 comments   Like ( 0)   559 reads  

परिभाषा


हरेक मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन्, हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्नाा मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छ । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ । रचनाको लागि चाहिने मूल तत्व भाषा हो । मनको भाव व्यक्त गर्ने सार्थक ध्वनिको समष्टि तथा लिखित अक्षरलाई नै भाषा भनिन्छ । भाषाको माध्यमबाट मानिसले आफ्नाा मनका भावविचारहरूको आदानप्रदान गर्दछ । यसरी मनभित्र उठ्ने हरेक प्रकारका भावनाहरूलाई भाषाका माध्यमले गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो । यस संसारका प्रकृति एवं यहाँका जीवनको अभिव्यक्ति मानिसले विभिन्न किसिमले गर्न सक्तछ । जब यस जीवनजगत्को अभिव्यक्ति सौन्दर्यपूर्ण भाषाका माध्यमले कलात्मक रुपमा गरिन्छ तब त्यो साहित्य हुन्छ ।


प्रकार


साहित्यका जम्मा चार विधा छन् – १) निबन्ध, २) आख्यान, ३) नाटक र ४) कविता । यिनीहरूका पनि उपभेदहरू छन् ।


१) निबन्ध:
निबन्धको अर्थ बाँध्नु वा सङ्गठित गर्नु हो । यसमा धेरै किसिमका विषय आउँछन् । यसैले संक्षेपमा निवध्को परिभाषा कुनै विषयमाथि रोचक तथा सरस शैलीमा गद्यमा प्रकट गरिएका क्रमबद्ध विचारको समूह हो । निबन्ध त्यस्तो साहित्यिक विधा हो जसमा निबन्धकारले सौन्दर्यपूर्ण गद्यभाषामा जीवनजगत्को कुनै विषयका बारेमा ‘हो’ वा ‘होइन’ भन्ने किसिमको कर वा आग्रह पाठकसमक्ष सोझै प्रकट गर्दछ । निबन्ध वर्णनात्मक, विवरणात्मक, विचारात्मक र भावात्मक गरी चार प्रकारका हुन्छन् । निबन्धमा अभिव्यक्ति राम्रो हुनुपर्छ । यसैले शैलीको पनि निकै महत्त्व छ । निबन्ध सुन्दर, सजीव र सङ्गतिपूर्ण हुनुका साथसाथै विषयको प्रतिपादन सुगठित भएको हुनुपर्छ । निबन्ध विचार वा रुपका दृष्टिले तीन किसिममा आउँछन् ।
क) प्रबन्ध: सिद्धान्त वा विचारप्रधान लेख
ख) निबन्ध: प्रबन्ध जस्तै तर लेखकको व्यक्तित्व प्रमुख भएको रचना
ग) लेख: कुनै विषयमाथि विचारपूर्ण गद्यरचना


२) आख्यान:
आख्यान त्यस्तो साहित्यिक विधा हो जसमा कुनै काल्पनिक घटना, पात्र आदिको आख्यानको चित्रण गरी गद्यभाषामा जीवनजगत्को सौन्दर्यपूर्ण अभिव्यक्ति गरिन्छ ।
आख्यानविधाका दुई उपभेद छन् – उपन्यास र कथा ।


क) उपन्यास:
कुनै कल्पित घटना, पात्रपात्रीहरू आदिका माध्यमले जीवनजगत्को वृहत्–विस्तृत सेरोफेरोको अप्रत्यक्ष रुपमा गरिने सौन्दर्यपूर्ण भाषिक अभिव्यक्ति उपन्यास हो । यसको आकारप्रकार लामो हुन्छ । उपन्यासमा जीवनका समस्याको व्याख्यान र त्यसको समाधान मिल्छ । यसमा समाजका घटना र चित्र मार्मिक औ मनोरम हुन्छन् । त्यसैले यो रोचक लाग्छ र गहन पनि हुन्छ । उपन्यास सामाजिक, ऐतिहासिक, पौराणिक र राजनीतिक गरी चार किसिमका हुन्छन् । यसका मूल तत्वहरूमा कथावस्तु, पात्र र चरित्र, कथोपकथन, देशकाल, शैली र उद्देश्य पर्छन् ।


ख) कथा:
कुनै कल्पित घटना, पात्रपात्रीहरू आदिका माध्यमले जीवनजगत्को सीमित अंश वा खण्डको सौन्दर्यपूर्ण भाषिक अभिव्यक्ति कथा हो । यसको आकारप्रकार छोटो हुन्छ । कथा आफैमा पूर्ण जीवनको सानो अंश वा घटनाको चित्र हो । यसमा पनि उपन्यासकै तत्व रहन्छन् तर जीवनको खण्डश: अभिव्यक्ति हुने भएकाले कथामा आफ्नौ किसिमको पन र पाइन हुन्छ । कथाको कथावस्तु सूक्ष्म र संक्षिप्त हुन्छ, पात्र पनि एक दुई वा तीन चारसम्म मात्र रहन्छन् । शैली पनि कथानुकूल हुन्छ । कथाको उद्देश्य जीवनको कुनै एक दृष्टिकोण, विन्दु अथवा घटनालाई सचित्र गरेर अगाडि बढ्नुहुन्छ । कथा कलात्मक, सुरुचिपूर्ण, प्रभावोत्पादक र विश्वसनीय हुनुका साथै जीवन सादृश्य हुनुपर्छ । यसैले कथाका विषयमा भनिएको पनि छ ।
‘कथा एउटा सानो झ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ ।’ – महाकवी लक्ष्मी प्रसाद देवकोटा
‘कथा मनुष्यजीवनका गति र अनुभूतिको सशक्त र उज्यालो पक्षको आस्थापूर्ण उद्घाटन हो ।’ – म्याक्सिम गोर्की
कथा पनि सामाजिक, मनोबैज्ञानिक, पौराणिक, ऐतिहासिक, हास्यव्यङ्ग धेरै किसिमका हुन्छन् ।
उपन्यास बगैंचा हो भने कथा फूल हो, अथवा उपन्यास चन्द्रमाजस्तो हुन्छ भने कथा टुकीजस्तो । चन्द्रमाको उज्यालो विस्तृत क्षेत्रमा पर्छ, तर धमिलो पनि हुन्छ । टुकी सानो घेरालाई तीव्रतासाथ उज्यालो पार्छ । यसरी उपन्यासले जीवनको सर्वाङ्गीन चित्र प्रस्तुत गर्छ र जीवनका अनेक अंशमा घुमाउरो फेरो मार्छ । कथाले भने जीवनका केही क्षेत्रमा घनीभूत भएका भावलाई सुन्दर र कलात्मक अभिव्यक्ति दिन्छ । उदाहरण


३) नाटक:
नाटक शब्द ‘नट्’ धातुबाट बनेको छ र यसको अर्थ हो अनुकरण वा नृत्यको भावमुद्राबाट भाव प्रकाशन गर्नु हो । यसमा क्रियात्मकताको पनि उत्तिकै महत्त्व छ । नाटक पौराणिक, ऐतिहासिक र सामाजिक गरी तीन प्रकारका छन् । नाटक जुनसुकै पृष्ठभूमिमा लेखिए तापनि तिनमा कथावस्तुमा काल्पनिकता, नवीनता र चरित्रको विशिष्टता समावेश गरिएको पाइन्छ । नाटकका मुख्य तत्वहरूमा कथावस्तु, पात्र र चरित्र, कथोपकथन र उद्देश्य पर्छन् । नाटककार आफू अप्रत्यक्ष रही काल्पनिक रुपमा खडा गरिएका प्रत्यक्ष दृश्य पात्रपात्रीहरूका माध्यमले गद्यात्मक वा पद्यात्मक भाषामा गरिने जीवनजगत्को कलात्मक अभिव्यक्तिलाई नाटकविधा भनिन्छ । उदाहरण


४) कविता:
जीवनजगत्को लयात्मक सौन्दर्यपूर्ण भाषिक अभिव्यक्तिलाई साहित्यको कविताविधा भनिन्छ । साहित्यमा फुटकर कविताको ठूलो महत्त्व छ । व्यापक अर्थमा सबै पद्यात्मक रचनाका लागि ‘कविता’ शब्दको व्यवहार हुन्छ, तर अचेल ‘कविता’ भन्नाले गीति वा मुक्तकका अनेक प्रकारमा रचिएका एक विषय वा भावनाका सान्साना र फुटकर कविता बुझिन्छ । यिनमा पद्यात्मक, लयात्मक, ताल वा सुरयुक्त र स्वच्छन्द सबै प्रणाली आउँछन् । यसरी फुटकर कविता वार्णिक, मात्रिक, गीति, मुक्तक, गद्यात्मक आदि प्रकारमा लेखिएका हुन्छन् । उदाहरण तत्व


साहित्यका मुख्य तत्व यी हुन् ।


१) शीर्षक – शीर्षक कृतिगत मुख्य तत्व हो । साहित्यिक कृति विशेषको नामाकरण नै शीर्षक हो । शीर्षक साहित्यमा प्रयोग गरिएका विषयवस्तु, मुख्य घटना, प्रमुख पात्रपात्री, परिवेश, बिम्बप्रतिक सबैसँग वा यी मध्ये कुनै एक वा दुईमा मेल खाने हुनुपर्छ ।


२) विषय – साहित्य रचना कुन प्रकृति, पृष्ठभूमी, धरातल, समाज, इतिहास, मनोविज्ञान, धर्म, संस्कृति सम्बन्धी चित्रण गरिने हो, विषय त्यही नै हो । विषय भनेको साहित्यमा चित्रण गरिने मुख्य कुरा हो । विषयको आधारमा रचनाको सारवस्तु, सन्देश, उद्देश्य गाँसेर हेर्न सकिन्छ ।


३) पात्रविधान – रचनामा रचनाकारले कुनै घटना, कार्य, विषय/विचार आदिलाई प्रस्तुत गर्न खडा गरेका प्राणधारी व्यक्तित्वहरूलाई नै पात्र भनिन्छ ।


४) परिवेश – परिवेश भनेको कुनै खास देश, ठाउँ वा समाज, काल र वातावरणको चित्रण हो । त्यो देशकाल वातावरणमा आधारित परिवेश चित्रण बाह्य रुपमा सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक, शैक्षिक आदि किसिमको हुन सक्छ भने त्यो पात्रका मनोविज्ञान, मानसिक द्वन्द्व, बौद्धिक चिन्तन आदि कुरासँग पनि सम्बन्धित हुन सक्छ ।


५) उद्देश्य – कुनै पनि साहित्यिक कृतिको रचना कुनै खास उद्देश्यप्राप्ति वा प्रयोजनका निम्ति गरिने गरिन्छ । कुन उद्देश्य प्राप्तिको लागि साहित्य सृजना गरिने हो, सो सम्बन्धमा साहित्यकार स्पष्ट हुनु जरुरी छ ।


६) भाषाशैली – भाषाशैली भनेको भाषाको चयनयुक्त प्रयोग हो । साहित्यमा चित्रण गर्नुपर्ने कुरालाई भाषाका जुन शब्द, शब्दावली र वाक्यढाँचाले सुन्दर एवं प्रभावकारी किसिमले व्यक्त गर्न सक्तछन् तिनै शब्द, शब्दावली एवं वाक्यढाँचाको समष्टि प्रयोगलाई भाषाशैली भनिन्छ । अर्थात् कुनै कुरालाई सिलसिला मिलाएर राम्रोसित भन्नुलाई शैली भनिन्छ । सरलता, सजीवता र स्पष्टता यसका आवश्यक गुण हुन् । भाषामा शैली राम्रो भएर मात्रै हुँदैन, व्यक्त गरिएका कुरालाई मीठो ढड्डले भन्नु पनि पर्छ । छरितो तथा वाग्धारायुक्त भाषाको प्रयोग र उपमा तथा प्रतिकजस्ता सौन्दर्य–कुशलता पनि यसैभित्रका कुरा हुन् । रचनामा भावअनुसार गति र प्रवाह हुनुपर्छ र त्यो प्रभावशाली पनि हुनु आवश्यक छ । रचनामा शिरदेखि पुछारसम्म तारतम्य मिलाउनु पनि आवश्यक छ । यसलाई सीप भनिन्छ । कुन कुरोलाई कसरी टिप्ने र कसरी व्यक्त गर्ने, त्यसको पनि कला हुन्छ, अनि त्यो विषयवस्तुको आवश्यकता र ढाँचामा पनि निर्भर गर्छ ।
भाषाका शब्द, शब्दावली एवं वाक्यढाँचाको सौन्दर्यपूर्ण प्रयोग हुनु वाञ्छनीय छ र त्यस्तो प्रयोगले नै सो साहित्यको भाषाशैली रोचक, आकर्षक एवं प्रभावकारी हुन्छ ।
भाषाशैली प्रयोग गर्दा सधैँ तलका कुराबाट जोगिनुपर्छ –
क) शब्दको अशुद्ध प्रयोग ख) वाक्यहरूको अशुद्ध वनावट
ग) विदेशी ढड्डबाट प्रभावित वाक्य घ) अशिष्ट शब्दको प्रयोग
ङ) अनुच्छेदको नमिल्दो रुप च) नराम्रो शैली
छ) अशुद्ध उखान–तुक्का ज) त्रुटिपूर्ण विराम चिन्ह
झ) पुनरुक्ति दोष आदि


७) शुद्धता – साहित्यमा शुद्धता पनि अनिवार्य छ । शुद्धताको अभिप्राय ह्रस्व–दीर्घ मात्र होइन, व्याकरणसिद्ध भाषाको प्रयोग गर्नु पनि हो । शुद्ध भाषाको प्रयोगका निम्ति रचनामा खास गरी तलका कुरामा ध्यान दिनुपर्छ –
क) शब्द र तिनका विभिन्न रुप तथा प्रकृति ख) लिड्ड, वचन, कारक र विभक्ति
ग) शब्दका शुद्ध रुप घ) विरामचिन्हको उचित प्रयोग
ङ) वाक्य–रचनाको क्रम र मेल


८) विचार – रचनामा भाषा र शुद्धता मात्र भएर पनि पुग्दैन । त्यसको एउटा महत्त्वपूर्ण अड्ड विचार हो । विचारमा ध्यान दिनुपर्ने कुरा यी हुन् –
क) विचारहरूलाई दोहर्‍याउनु हुन्न ।
ख) अनावश्यक र अमिल्दा विचार राख्नु हुन्न ।
ग) महत्त्वपूर्ण तथ्यहरूलाई झिक्नु हुँदैन र अनावश्यक तथ्यहरूलाई राख्न पनि हुँदैन ।
घ) मूल विचार प्रस्ट हुनुपर्छ ।
ङ) विचार श्रृङ्खलावद्ध हुनुपर्छ, यो गज्याङमज्याङ हुनु हुन्न ।


साहित्य सृजना गर्ने तरीका


नेपाली साहित्य निकै धनी छ, यसमा म गौरव गर्छु । नेपाली माटो नेपाली समाजमा राम्रोसँग भिज्नको लागि नेपाली परिवेशकै मौलिक रचनाहरूले स्थान पाएमा नेपाली साहित्यले पाठकहरू तान्न सकिनेछ ।


साहित्य लेखन शुरु गर्नुभन्दा पहिले लेख्ने विषय स्पष्ट हुनुहोस् । साहित्य सृजना गर्नको लागि कस्तो वातावरण आवश्यक पर्छ, सो बारेमा ध्यान दिनुहोस् । कोही साहित्यकारहरू राती सबै सुतिसकेपछि लेख्न रुचाउँछ भने कोही एकाबिहानैको समय रुचाउँछ । कोही हल्लामा पनि लेख्नसक्छ । यसैले कस्तो वातावरणमा लेख्ने भन्ने कुरा लेख्ने व्यक्तिमा भर पर्छ । तैपनि सकेसम्म एकान्त वातावरण रोज्नुहोस् । एकैपल्ट उच्चस्तरको साहित्य सृजना गर्न गार्‍हो हुन्छ । यसैले साहित्यको शुरुदेखि अन्तिमसम्मको स्पष्ट चित्र दिमागमा बनाउनुहोस् । यसपछि क्रमबद्ध रुपमा लेख लेख्न शुरु गर्नुहोस् । लेखेका कुराहरूलाई केही समय थाँती राखेर फेरि एकपल्ट माथिदेखि तलसम्म सर्सर्ती पढ्नुहोस् ।


केही नयाँ विचारहरू निस्केमा थप्नुहोस् या अनावश्यक लागेका, दोहरिएका कुराहरू काट्नुहोस् । फेरि लेख शुरुदेखि अन्तिमसम्म लेख्नुहोस् । यदि इच्छा लागेमा तपाईंले लेख्नुभएको लेखलाई आफूभन्दा पाको साहित्यकारलाई देखाउनुहोस् । लेख्दाखेरी माथिका तत्वहरूलाई पनि ध्यान दिनु निकै जरुरी छ । साथै यसमा निरन्तरता निकै जरुरी छ । कल्पनाशीलता तथा विषयमा गहिरिएर डुब्न सक्नु साहित्य सृजनाको असल खुड्किलो मानिन्छ । व्याकरण सिकेर पनि जानिन्छ तर भाषा र विचार आफ्नौ अध्ययन र मनन, प्रयास र प्रयत्न, साधन र अभ्यासद्वारा मात्र आर्जित हुन्छ । साहित्यमा आफ्नौपन, आफ्नौ शैली र आफ्नौ व्यक्तित्वको छाप दिन सक्नु सफल साहित्यकारको विशिष्ट सीप हो । यसका लागि रचनाकारले राम्रा शैली र विचारको अध्ययन गर्ने गर्नु र आफ्नौ ढड्डले विचार गर्ने पद्धति अँगाल्नुपर्छ । हरेक दिन केही न केही आफ्नौ किसिमबाट सोच्ने बानी बसाल्नाले हाम्रो भाषा माझिदै जाने मात्र होइन, हाम्रो विचार पनि परिष्कृत हुँदै जान्छ । तसर्थ, लगनशील भएर साहित्य सृजनामा लागिरहेमा एकदिन सफल साहित्यकार बन्न सकिन्छ । घोडा चढ्ने लड्छ भन्ने कुरा पनि बिर्सनुहुँदैन । यो एक निरन्तर सिक्दै जाने कुरा पRनि हो ।


References:  Ebachan.com
           sangrahalaya.blogspot.com


COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |