Kumar Nagarkoti's Mystica (मिस्टिका

  0 comments   Like ( 0)   475 reads  
 

पुस्तकको रिभ्यु लेख्दा पहिला अथर्सको पोईन्ट लेखिन्छ । लेखकले आफ्नो पुस्तकमा दर्शाउन खोजेको कुरालाई भनिंदै सुरुवात गरिन्छ तर यहाँ त्यो परम्परालाई अपनाउनु नगरकोटिलाई अन्डरईस्टिमेट गरेझै हुन्छ । त्यसैले सुरु यसरि गरुँ । 

म्याउँ !

म बिरालोलाई म संगै संगै वाईन पिउन मोटिभेट गर्छु ।  बिरालो नशामा छ । म नशामा छु । सायद मिस्टिका पनि purposely नशामा छे । तह अाफ्टर तह को कुहिरो पनि नशामा छ । यसो भनौ यो पुरै सिटि नशामा छ । आ-आफ्ना individual बडि संगै लिएर कोहि कतै कोहि कतै नशाको शुरमा कुण्डलिनि कुहिरो भित्र भित्रै हिडेका छन् । यो कस्तो नशा ? क्रिट्टिकल्लि एक्लाएम्ड् कुनै ड्रामा को पर्दा खसिसके पछिको जस्तो दिमाग पोल्ने खालको यो नशा के हो?
यसको जवाफ नगरकोटिको पभर्ट ट्याडपोल संग पनि छैन वा त्यो पनि कसैलाई हस्तमैथुन कसरि गरिन्छ सिकाउँदै होला !

मलाई पनि यस्तै मिस्टिरियस नशाको फिभरले छोएको थियो । नगरकोटिको फोसिल, मोक्षान्त फिभर, कोमा पढिसकेपछि । फोसिलका केहि कथाहरुले राजनितिक र गैरसमाजिक रहस्यसंग एकाकार गराएका थिए । नगरकोटिको कथाहरुमा पाईने एब्सर्ड चेतनाले कथाहरु कथाहरु नभई अरुनै केहि हुन्- लाभा । पात्रहरुको जनमकुण्डलि पठनिय हिसाबले पनि भब्यलाग्छन् । मिजरिमा भएका पात्रहरु ह्याप्पिनेस ईण्डेक्स का कुराहरु निकाल्छन्। कोहि उल्का खुसि छ भने उ पिचासका कुराहरु गर्छ । यस्तै उथल पुथलमा कथाहरुले ईण्डिङ समात्छन् । त्यस पछिको पिडा भने पाठकहरु आफैं जानुन् । कथाका पात्रहरु अमुर्त लाग्छन् र फुटपाथमा चटक देखाउने हरुसंग पनि ह्विव्स्कि पिउन छुटाउँदैनन् ।

म 'नगरकोटिको' अन्य पुस्तकको नभई अाज मिस्टिकाको मिस्टिक रिभ्युई लेख्दै छु ।  कतै पुस्तकको बिचमा मिस्टिका भन्छे 'वान अावर ईज क्वाईट ईनफ टु फल ईन लभ विथ समवन ।' र पुस्तक पुरै पढि सक्दा 'म' मिस्टिका संग क्वाईट ईम्प्रेस पनि हुन्छु तर नगरकोटिका पहिला पुस्तकले जस्तो बोजोड काँप छुटाउँदैनन् । उपन्यासको सुरुवातले सधैं जस्तो अफ बिट समाएको छ । पाटनको कुनै सत्तलबाट त्यो मिस्टिक कुहिरो सुरु हुन्छ । कुहिरोले मलाई, यो रिभ्यु पढ्दै गरेका पाठकहरुलाई पटक पटक हुर्याउँदै स्वप्निल सहरहरु तिर दगुराउँछ  । माछा गन्हाउने मत्स्य बजारमा ति माछा चिप्लिए जस्तो कोहि पनि चिप्लिन्छन् त्यो सर्रियालिजममा । म पनि मार्ग कुमार्ग, बाटो-कुबाटो, गल्लि-कुगल्लितिर अलमलिएँ । च्याप्टर अफ च्याप्टर थपिँदै जाँदा पात्रहरुका ईनिग्मा पनि बड्दै जान्छ । यसले दिने बेभले जो कसैलाई तरङ्गित गर्छ । नेपालि लेखाईको परम्परागत ísm लाई तोड्दै आफ्नै मगजको मुभमेन्ट्ट बदल्ने नगरकोटिको यो शैलि ले मलाई समात्छ । १९२० बाट सुरु भएको 'अतियथार्थबादि' शैलि लाई नगरकोटिले नेपालि लेखनमा अहिले भित्राउँदै छन् भन्ने लाग्छ। गोथिक अार्किटेक्चर हेरेर जो कोहि मन्त्र मुग्ध भए झै नगरकोटिको यो राईटिङ्ग मुभमेन्टले मलाई सुपर स्खलित गराउँछ ।

बिम्ब र कल्पनाशक्तिको भरपुर प्रयोग गरेकका छन् नगरकोटिले मिस्टिकामा । Eccentric र क्वार्वकि लाग्ने पात्र/स्थान को नामले उनेले भनेझै टाईम एण्ड स्पेस भुलेका छन् । तात्विक घटनाहरुलाई बेरियर बिना अनफोल्ड गर्दै लाने शैलि ले मलाई मनोबैज्ञानिक पहेलिमा तान्दै लग्छ । ब्याकहोल भित्र भएको फ्यान्टासिलाई खिंचेर ब्रम्हाण्डमा फेरि स्थापित गराईदिएका छन झैं लाग्छ । धेरै बखत पढ्दै जाँदा मैले आफ्नो ग्राभिटि गुमाए झै भयो जस्तो 'the son of man' को apple लाई नगरकोटिले पन्छाईदिएका छन् । सामाजिक निरशताको ब्याख्या शैलिलाई परिबर्तन गर्दै ''Fantastic touch' दिएका हुन्छन् । यस्ता ईन्टेन्स् शब्दावलि ले भ्रमित गराउने शैलि लाई नगरकोटिले चलाखि पुर्वक प्रयोग गरेका छन् । कतिपयलाई यो शैलि बुलसिट लाग्न सक्छ किनकि अति प्रयोग धर्मले पनि कति पय सरलता‍लाई वाहियात बनाउँछ । मिस्टिकामा यस्तो प्रयोग पटक पटक भएको छ । मैले पढ्दै जाँदा धेरै पन्नाहरु स्किप गरें किनकि  ति दोहोरि सकेका छन् नगरकोटिका पुराना कथाहरुमा ।

नगरकोटिका पात्रहरु जसरि पिसफुल Argument गर्छन त्यसैगरि लेखकको पात्रहरु संग कुनै पोजिटिभ अ्याटिट्युड छैन जसले गहन पाठकलाई तान्न सक्दैन । A happy death, Fortunate life, एब्ट्राक्ट चिन्तन: प्याज, पढ्नेले नगरकोटिलाई यो उपन्यास पछि रुचाउँदैनन् । मिस्टिकाले पुस्तकहरुको तहमा एक तह त थप्ला तर 'उचाई' थप्दैन ।  In search of lost time ले जस्तो लेखकको कद बढाउँदैन ।


Happy reading !

Partner's Review: https://barebookreviews.blogspot.com.au/

COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— January 23 2018 10:48 |