WritingNepal Book of the Month- August 2020

  0 comments   Like ( 0)   461 reads  
 


सरला गौतमको उपन्यास ‘डुमेरो’ लाई अगस्ट महिनाको ‘राईटिङग नेपाल बुक अफ द मन्थ’ को लागि छनौट गरिन्छ । यस कृतिलाई नेपालयले प्रकाशन गरेको छ भने गौतमको यो पहिलो उपन्यास हो । एक किशोरीको स्व-पहिचान खोज्ने कथानक मा डुमेरो रचिएको छ । ‘डुमेरो’ आफैमा नौलो शब्दावली छ जसले गन्तव्य विहीन यात्रामा निस्किएको घुमन्तेको अर्थ राख्छ । रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पत्रपत्रिकामार्फत आफूलाई व्यक्त गर्दै आएकी छिन् । उपन्यास लेखनको प्रेरणा कहाँबाट प्राप्त भयो? भन्ने नेपाल समयको जिज्ञासामा उनी भन्छिन् –“ मैले पाठकका रूपमा कथाहरूमा आफूलाई खोज्थे होला। भेटिनँ कि! मलाई नै खोज्न मेरो मनको लेखकले उपन्यास लेख भन्यो। मलाई आफू बाँचेको समय, भोगाइ र अनुभूतिबाट प्रेरणा प्राप्त भयो।“




के हो राईटिङ्ग नेपाल बुक अफ द मन्थ ?

COMMENTS
No comments so far!
Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |