Catch feed

पल्लो घरको झ्याल-डा. गोबिन्द बहाुदुर मल्ल ‘गोठाले’

साझा प्रकाशनले २०१६ सालमा पहिलो प्रकाशन गरेको डा. गोबिन्द बहाुदुर मल्ल ‘गोठाले’ को लघु उपन्यास ‘पल्लो घरको झ्याल’ ले नेपाली आख्यानमा प्रमुख स्थान राखेको छ । हाल एघारौं संस्करण मा यस कृति लाई बजारमा पाउन सकिन्छ । थोरै पात्रहरु बिच मिसरि नानिको एकालापमै उपन्यास केन्द्रित छ । आकारमा सानो भए पनि यस उपन्यासले नारीपात्र को यौन मनोबिज्ञानलाई पर्यात्त ब्याख्या गर्न सफल छ । नेपाली पारिवारिक जटिल संरचनालाई लेखकले सटिक उतारेका छन् । मिसरी नानिको माईति घरको कोठा बाट उपन्यास सुरु हुन्छ । गोठालेले मिसरिको मन भित्रको उथलपुथललाई यसरि लेखेका छन् कि पढ्दै जाँदा कतै पनि पट्यार लाग्दैन । एक पछि अर्को बाक्यमा मिसरीको हतास झन झन बढ्दै गएझैं हुन्छ ।

एक बिबाहिता आईमाईको मन भित्रको हलचल, ईर्श्या नभएको उसको पोईको आँखालाई उ पटक पटक संझन्छे । पोईको आँखा हाँस्छ तर उसलाई राति उसको सर्वाङ्ग हाँसे जस्तो लाग्दैन । यो उस भित्र मडारिने ज्वालामुखि हो । जहिले पल्लो घरको पठ्ठो आँखा र आफ्नो पोईको आँखा अलमलिएको हुन्छ । उ त्यस उल्झनबाट मुक्त हुन खोजिरहेकि छ । उसभित्र तुफान छ । त्यस लाई साम्य भएको हेर्न आतुर हुन्छे । गोठाले ले मिसरीको मनोबैज्ञानिक तुलबुललाई खुब प्रखर तरिकाले लेखेका छन् । उसलाई आफ्नै माईतिमा समय कटाउन मुस्किल हुन्छ । उ पल्लो घर र आफु भित्र हुँडलिएको मनोवस्था लाई पन्छाउन सक्दिन । मानै उ स्वतन्त्र भएर पनि पिंजडा भित्र कैद छे । गोठाले ले यहि परिस्थितिलाई हु-बहु उतारेका छन् र मिसरीको मानसिक यथार्थको प्रकटिकरण गर्न कतै चुकेका छैनन् । पल्लो घरको झ्याल शिर्षक र उपन्यासको बस्तुस्थिति प्रतिकात्कम छन् ।

यसले मेरो बाल्यकालको केहि बिर्सनै नसकिने क्षणहरुको याद पनि दिलाउँछ । काठको झ्यालको प्वाल बाट भित्र छिर्ने घामको किरणमा हुने न्यानो जस्तो अर्को न्यानो मैले कहिले अनुभब गरेको छैन । पुषको चिसो, तुसारो छापिएको दुबोको भुई, ईन्सानहरुको घरको धुरि बाट निस्कने धुवाँको मिराज, अावारा चराहरुको चिरबिराहट, पगाहामा डुग्रने पशुको अावाज । मैले यो उपन्यास कयौं पटक पढेको छु र प्रत्येक पटक पढ्दा म अोमबहाल, ईन्द्रचोकमा अलमलिएको हुन्छु र मिसरी नानि मलाई पछ्याउँछे । मिसरीको बाबु धनप्रासाद कम बोल्छ, त्यो गुण्डा केटा राममानको घरवरपरै हुन्छ । सबै जना मलाई नै पछ्याउँछन् या तिनिहरु यहि कतै हुन्छन्, साबुत । धेरै पटक पढेकोले यिनिहरुलाई मैले अनुभब गर्न सक्थें । ठट्टा गर्न नजान्ने हरिभक्त्त को ब्यथाले थिचेको आँत भित्र मिसरिले देखाउने प्रेममा उसैले दोमन गरेको कथालाई गोठाले ले अद्भुत संग निकालेका छन् । यस्ता थुप्रै घटनाहरु आईरहन्छन् जसले पाठकलाई उपन्यासको अतल गहिराईमा पुर्याईरहन्छ ।

यो नारी मनोबिश्लेषणात्मक कृतिमा गोठालेले कलात्मक रुपमा आफुलाई यस अघिका कृतिमा झैं सबल राखेका छन् । गोठालेको पहिलो कृति भुसको आगो पनि नारी चेतनात्मक मनोबिश्लेषणात्मक नाट्य कृति थियो । बिषेश गरी नाटकमा कलम चलाएका गोठलेको यस कृतिमा आफु भित्रै अलमलिएकि एक नारी पात्रलाई सचित्र चित्रण गरेका छन् । सबैले भाबनालाई यस्तो गतिलो भाषा दिन सक्दैनन् । गोठलेले निकै सरल र सजिलो शब्दहरुमा जटिल भाबनात्मक परिस्थितिलाई अक्षरहरुमा परिणत गरिदिएका छन् । परपुरुष संग केहि दुर्घटना भईनहालोस् भनेर सचेत मिसरी ले आफ्नो पति प्रति बारम्बार देखाउने सचेतना बिरुद्द पनि उ आफुलाई रोक्न सकिरहेकि छैन । गोठाले ले मानसिक दुरावस्थामा अल्झिएकि एक नारीलाई सूक्ष्मातिसूक्ष्म तबरले केलाउन सक्नु ज्यादै रोचक पक्ष हो ।

हिरामान संग नभई आफै संग भागिरहेकि मिसरीको चेतन प्रवाहलाई फ्रायडियन मनोबिश्लेषणको नजिक राखेर गोठाले ले जसरि लेखेका छन्, त्यो बिशाल छ । तत्कालिन साँघुरो बिचारधारामा रहेको समाजमा पनि गोठालेले फ्रायडियन यौनमनोबिज्ञान लाई प्रयोग गरी यति भब्य कृति सृजना गर्नु सानो कुरा थिएन । पहिलो पटक गोठाले लाई मैले कक्षा ८ मा ‘म जुजुमान’ भन्ने कथा बाट चिनेको हो । पल्लो घरको झ्याल मोनोलग (मनोबाद) शैलिमा लेखिएको छ । जसमा मुख्य पात्र मिसरी आफ्नो स्वैरकल्पनामा हराईरहेकि हुन्छे । उसले माईति घरबाट देखिने पल्लो घरको झ्याल मा देखेको पुरुष पात्र बाट मनोबैज्ञानिक रुपमा आतंकित भएकि हुन्छे । बिशौं शताब्दी मा बिभिन्न लेखकहरुले यो शौलीलाई पछ्याएका छन् जस मध्य हेमिङवय, काफ्का, डोरोथि आदि छन् भने नेपालि साहित्यमा शंकर लामिछाने, बिजय मल्ल, र गोबिन्द बहादुर मल्ल ‘गोठाले’ हरुले यो शैलिको प्रयोग गरेका छन् ।

याली: एक पठनानुभव निष्प्रभ सजी कृत उपन्यासको समालोचनात्मक अध्ययन

सम्भवतः दशकौंपछि म पुनः एकपटक नेपाली साहित्यविषयक पठन-अनुभव लेख्न बसेको छु — माफि पाउँ, यद्यपि म समालोचक होइन । अहिले यो लेख्न बस्दा सम्झिएँ, अन्तिमपटक मैले मेलबर्नमा आयोजित सगरमाथाको गहिराइको पुस्तक विमोचन समारोहमा सहभागी भएपछि सन् २०१५ तिर आफ्नै ब्लगमा केही शब्द उकेरेको थिएँ । त्यसपश्चात् कुनै पनि नेपाली कृतिविषयक पठनानुभव मैले सचेत रूपमा लिपिबद्ध गरेको थिइनँ ।

हालसालै मलाई पुनः एक विमोचन समारोहमा सहभागी हुने सुअवसर प्राप्त भयो । औपचारिक निमन्त्रणा त थिएन — तर समारोह सर्वसाधारणका लागि मुक्तद्वार थियो भन्ने श्रुति थियो, र त्यो श्रुति पनि श्रीमतीद्वारा थाहा भएको थियो — त्यही श्रुतिको भरमा म उपस्थित भएँ । कृति थियो — निष्प्रभ सजीको याली। समारोह सफल रह्यो भन्नु अत्युक्ति नहोला — श्रोतागण निर्धारित आसनहरू परिपूर्ण गरी रिक्त कुनाकापचीसम्म विस्तारित भइसकेका थिए । परदेशको भूमिमा नेपाली साहित्यको यो उपस्थिति — के यसलाई सफलता भन्न मिल्दैन र ?

संसारमा जो एकमात्र निर्विवाद ज्ञान विद्यमान छ,” अनातोल फ्रान्सका शब्दहरूमा, “त्यो हो — कुनै कृतिको प्रकाशन-तिथि र उसको स्वरूपसम्बन्धी अभिज्ञता मात्र ।” यस दृष्टिले हेर्दा यालीसम्बन्धमा यति भन्न सकिन्छ — यो कृति निष्प्रभ सजीद्वारा रचित, बुक हिलद्वारा २०८२ बि.सं.मा प्रकाशित, २७५ पृष्ठको एक उपन्यास हो । यसभन्दा परको ज्ञान — अर्थात् यस कृतिले पाठकको हृदयमा के जन्माउँछ — त्यो तर्क, विश्लेषण र अनुभवको विषय हो, जसलाई म तल लेख्न गइरहेको छु । मैले अनातोल फ्रान्सको उक्ति राखे पनि म भने यो सम्झिन सक्दिनँ — मेरो सानो मस्तिष्कले यति क्षमता बोकेको छैन । होइन भने म Being and Nothingness को प्रकाशन-तिथि र अन्य विवरणहरू सम्झिने थिएँ, जुन कृति मैले सम्भवतः सबैभन्दा धेरैपटक — बीस वर्षको उमेरदेखि — पढ्दै, दोहोर्‍याउँदै आएको छु । यो मेरै कमजोरी भनौं ।

यालीनिष्प्रभ सजीको नौ वर्षको साधनाको फल हो । सन् २०१० मा इजलासमा लाहुरे फूलकवितासंग्रहबाट साहित्यिक पहिचान पाएका सजीले आफ्नो प्रथम उपन्यास डार्लिङ हार्बरपछि यस द्वितीय कृतिमा आफ्नो बाल्यकालको ग्रामीण स्मृति, सिड्नीको प्रवासी अनुभव र फिजीका नेपाली श्रमिकहरूको ऐतिहासिक पीडालाई एकै आख्यानसूत्रमा गाँस्ने साहसिक प्रयास गरेका छन् । बाल्यकालमा गाउँमा देखेको एउटा एकाकी गृहको अस्तित्वले उनभित्र जगाएको प्रश्न — नौ वर्षको मनन, परिपक्वता र आत्मसंशोधनपश्चात् — अन्ततः यालीको रूपमा नेपाली पाठकसमक्ष उपस्थित भएको छ ।

नेपाली साहित्यमा विस्थापनको विषयवस्तु नयाँ होइन — लिल बहादुर क्षेत्रीको बसाइँदेखि बुद्धिसागरको कर्णाली ब्लूजसम्म यो पीडा विभिन्न रूपमा अभिव्यक्त भइसकेको छ । तथापि निष्प्रभ सजीको यालीले यही विषयवस्तुलाई एउटा सर्वथा मौलिक रूपकमार्फत पुनः उपस्थित गराउँछ — नदीको समुद्रमा विलय हुनुको रूपकमार्फत । जब नदीहरूले फर्किने बाटो पाउँदैनन् — यस उपन्यासको यही केन्द्रीय प्रश्न आजको नेपाली समाजको सन्दर्भमा असाधारण रूपमा सान्दर्भिक बन्न पुग्छ, जहाँ लाखौं नागरिक वैदेशिक रोजगारीको क्रममा आफ्नै जरासँगको सम्बन्ध बिस्तारै गुमाउँदैछन् ।

केही पुस्तकहरू पढिन्छन्, केही पुस्तकहरू अनुभव गरिन्छन् — निष्प्रभ सजीको यालीदोस्रो खालको कृति हो । बिर्सिइएका कथाहरू, मेटिइएका बाटाहरू र हराएका नदीहरूको यो आख्यान पाठकलाई आफ्नै जरासँग जोड्ने र त्यही जराबाट उखेलिनुको पीडा महसुस गराउने ताकत राख्दछ । यो उपन्यास पढ्नु भनेको आफैंभित्रको कुनै बिर्सिइएको कुरालाई फेरि सम्झनु हो ।

दुई भिन्न समयका कथाहरूको समान्तर बुनोटमार्फत लेखकले मानवीय आवश्यकता र इच्छाबीचको द्वन्द्वलाई साहित्यिक रूप दिने प्रयास गरेका छन् । घर छोड्नु र हराउनु — यी दुईबीचको दूरी कति हुन्छ ? आवश्यकताले मान्छेलाई कहाँसम्म पुर्‍याउँछ, र त्यो यात्रामा उसले के–के गुमाउँछ — यही प्रश्नको वरिपरि यालीघुम्छ । नदीहरू फर्किँदैनन् । उनीहरू बग्छन्, बग्दै जान्छन्, र एक दिन समुद्रमा हराउँछन् — आफ्नै नाम, आफ्नै लय, आफ्नै रङ गुमाएर । यालीयही हराउनुको कथा हो — तर यो केवल एउटा नदीको कथा होइन, यो ती मान्छेहरूको कथा हो जो भूपरिवेष्ठित भूगोल छोडेर टाढाको टापुमा पुग्छन्, र फर्किने बाटो बिस्तारै बिर्सिँदै जान्छन् ।

म आफैं यस भूमिमा चौध वर्षदेखि विस्थापित छु — सायद त्यसैले पनि यो कथा मुटुले छिट्टै बुझ्यो । सजीले कथाको भूमिकामा लेख्छन् — “सन् २०१६ मा लेख्न सुरु गरेको कथाले पूर्णता पाउन नौ वर्ष लाग्यो ।” तर यदि यो छिटो सकिएको वा हतारमा सकिएको भए, कथा यति काव्यिक नहुन सक्थ्यो — यस कुरालाई लेखकले गर्वका साथ भन्न सक्छन् । उनले यसै भूमिकामा थप्छन् — “एउटा कथा ढिलो सक्नुको सजाय मेरो कथाले र यसका पात्रहरूले पाए ।” तर पात्रहरूले बलियो हुने — वा भनौं हुर्किने — मौका पाए, जुन उपन्यासमा स्पष्ट देखिन्छ ।

कथा बुन्न सजिलो छैन — म आफैं लेख्ने भएको नाताले यो भन्न सक्छु । सजीले समाजको यस किसिमको कथालाई मिहिन रूपमा उतारेका छन् । अर्को ठाउँमा सजी लेख्छन् — “यो कथाको स्वरूप, आकार र प्रकृतिको जटिलतालाई सरल बनाउन खोज्दा अपेक्षा अनुसार सरल नभएको पनि हुन सक्छ । म पाठकलाई धैर्यपूर्वक पढेर सुझाव दिन अनुरोध गर्छु ।” र मैले धैर्य — वा भनौं अर्धधैर्य भएर — पढ्दा यस सामाजिक-ऐतिहासिक उपन्यासको लेखन काव्यिक पाएँ । यदि कसैले एक वाक्यमा मेरो पठन-अनुभूति खोज्छ भने — यो कृति पढ्न अत्यन्त मनोरम छ — यति भन्न सक्छु ।

यालीमा उनन्चालीस अध्याय छन् । सत्ताइसौं अध्यायसम्म कथा भूत र वर्तमानबीच समान्तर रूपमा बग्छ, त्यसपछि कथा सम्पूर्ण रूपमा एकल-बहनमा पुग्छ — जुन अड्तीसौं अध्यायमा टुङ्गिन्छ र उनन्चालीसौं अध्याय उपसंहारको रूपमा आउँछ । यहीँ निरासाको एउटा व्यक्तिगत गुनासो छ — यो लेखकसँगको मेरो निजी उजुरी हो: भूमाको क्षितिजबाट लेखक सिधै सिड्नी पुर्‍याउँछन् दोस्रो अध्यायदेखि — र त्यो छलाङले मलाई त्यति छोएन । यो यथार्थता हो, सायद अरोमान्टिक मान्छेको कुरा यस्तै हुन्छ ! जे भए पनि, कथाको दोस्रो आख्यानले मुक्ति र देवकीको कथा — जसले मलाई अन्तसम्म छोयो — यो लेखकको विलक्षणता हो ।

जब मैले पन्ध्र डलरमा — विमोचन स्थलमै — किनेको यालीपढ्न सुरु गरेँ, त्यहीँ बसेर पहिलो अध्याय सकाएँ । त्यस अध्यायले मलाई भूमा माझीको कथासँग तुलना गर्न बाध्य बनायो — “पुसको पहिलो हप्ता” देखि “खरबारीले राजनीति सुनेको छैन” सम्मले भूमा माझीको स्मृति जगाइदियो । अविरल बग्दछ इन्द्रावती, पल्लो घरकोझ्याल, चपाईएका अनुहार, आगत र माधवीको जति प्रशंसा गरे पनि म थाक्दिनँ । सायद नेपाली साहित्यमा यो पुस्तकले जस्तो अर्को सान र मान मेरो दिमागमा अरु कसैले छोड्न सकेका छैनन् । एउटा थप्न चाहन्छु — शंकर लामिछानेको अमूर्त चिन्तन प्याज‘ — यद्यपि यो कथा होइन — जसमा लामिछानेको अति बौद्धिकता देखिन्छ — सजीको उपन्यासले केही हदसम्म मेरो त्यस मान्यतालाई साथ दियो र पटकपटक भूमा सम्झाइदियो ।

एउटा अनुच्छेद हेरौं, जहाँ सजी लेख्छन् —

भीरभीरमा खरका बिटा बोकेर हिँड्ने किसानहरूलाई काटिनुअघिको भन्दा काटिएपछिको खर सुन्दर लाग्छ । यो खरको भाग्य हो, जसले जीवन गुमाएर पाएको रङ किसानलाई झन् रङगीन लाग्छ । कुनै चीजको मूल्य र महत्त्व त्योसँग धडकिएको जीवनभन्दा त्यसको लाभप्रदतासँग जोडिन्छ ।” — निष्प्रभ सजी, याली, पृ. १

सजीको खर केवल वनस्पति होइन — यो उस श्रमजीवी मानवको पुराकथात्मक प्रतिनिधित्व हो जो आफ्नै जरादेखि उखेलिएर, काटिएर, अन्ततः अर्काको आश्रयस्थल बन्छ । माक्र्सवादी आलोचनाको भाषामा भन्नु पर्दा यो श्रमको परायापनको काव्यात्मक अभिव्यक्ति हो — जहाँ श्रमिकले आफ्नो श्रमको फल आफैंले उपभोग गर्न पाउँदैन, बरु त्यो फल अर्काको सम्पत्ति बन्छ । यहाँ सजीले हेगेलियन द्वन्द्ववादको साहित्यिक रूपान्तरण गरेका छन् — स्थापना (ढुङ्गाको कठोरता र पीडा) र विस्थापना (लेउको सौन्दर्य र रङ) बाट संश्लेषण (जीवनको अर्थ पीडाभित्रै निहित छ) को निष्कर्षमा पुग्छन् — पीडा र सौन्दर्य विरोधी होइनन्, एउटाले अर्कोलाई जन्माउँछ । आहा ! कति सुन्दर ।

काटिनुअघिको भन्दा काटिएपछिको खर सुन्दर लाग्छ” — यस अभिव्यक्तिमा सजीले एउटा गहन अस्तित्ववादी प्रश्न उठाउँछन् : के मानवीय मूल्य जीवनमा निहित छ, वा बलिदानमा ? सार्त्रको भाषामा — अस्तित्वले सारतत्त्व निर्धारण गर्छ । तर सजी यहाँ एक कदम अगाडि जान्छन् — उनको खरको सार त्यसको विनाशपछि मात्र पूर्ण हुन्छ । यो नेपाली प्रवासी श्रमिकको नियतिसँग भयावह रूपमा मेल खान्छ — जसको मूल्य उसको घरमा होइन, परदेशमा उसले गरेको श्रमको मूल्यमा मापिन्छ । यो मैले स्वयं भोगेको अनुभव पनि हो ।

यसरी अनुच्छेद-अनुच्छेद व्याख्यामा गए भने अर्को पुस्तक तयार हुनेछ — त्यसैले अर्को अध्यायमा जाऊँ, जहाँबाट मेरो निरासा सुरु भयो ।

पहिले अर्को उदाहरण हेरौं —

समाजको यो परिकल्पना बदलका लागि जीवनका आवश्यकता र जिम्मेवारीको सूची छोटो हुनुपर्छ, जुन छोटो हुने सुर गर्दैन, बरु लम्बिँदै गएको छ । गहिरिँदै गएको छ । महँगिँदै गएको छ ।”निष्प्रभ सजी, याली, पृ. १२

सजीले यस अनुच्छेदमा आधुनिक समाजको एउटा क्रूर विरोधाभास उद्घाटित गर्छन् — मानिस समाज परिवर्तनको स्वप्न देख्छ, तर त्यो स्वप्न साकार पार्न आवश्यक पूर्वशर्त — जीवनका आवश्यकताहरूको न्यूनीकरण — कहिल्यै सम्भव हुँदैन, बरु ती आवश्यकताहरू दिनानुदिन विस्तारित, गहन र व्ययसाध्य हुँदै जान्छन् । यो सिसिफसीय विरोधाभासको नेपाली साहित्यिक रूपान्तरण हो — जहाँ मानिस सदैव भार बोक्दै उकालो चढ्छ, तर शिखर कहिल्यै नजिक आउँदैन । म आफैं यस्तै पेसामा भएको नाताले त्यो अवस्थासँग नजिक छु ।

कथामा यो समयरेखाले मलाई Ian Rein को We Spread को याद दिलाइरह्यो — जुन मैले ध्यानपूर्वक पढेको थिएँ र जसले वृद्धाश्रमको मनोविज्ञानबारे बोल्छ । “असीदेखि सयका हाराहारीमा आवासीय गृहमा आउने वृद्धहरूका सन्तानको उमेर पनि पचासदेखि साठीको हाराहारीमा हुन्छ” — यस तथ्यात्मक वर्णनले नेपाली प्रवासी समाजको एक मर्मभेदी यथार्थ उजागर गर्छ । सन्तान र आमाबाबाबीचको सम्बन्ध अब भावनात्मक नाताले होइन, “वर्षको एकचोटि आउने सूची” ले परिभाषित हुन्छ — यो मानवीय सम्बन्धको पण्यीकरणको साहित्यिक अभिव्यक्ति हो । सजीले यी सबै भावनात्मक कुराहरूलाई एकै सुरमा भन्न खोजेका छन् — जुन मेरा लागि सरल र पर्याप्त थियो ।

सजीले यहाँ शास्त्रीय वाक्कलाको त्रिकोण संरचना प्रयोग गर्छन् — “लम्बिँदै” ले समयको विस्तार, “गहिरिँदै” ले जटिलताको वृद्धि, र “महँगिँदै” ले आर्थिक-भावनात्मक मूल्यको उच्चीकरण जनाउँछ — तीनै मिलेर आधुनिक जीवनको असह्य भारको चित्र खिच्छन् । यी साधारण उदाहरण मात्र हुन् — पुस्तकमा यसभन्दा गहकिला अरू धेरै कुराहरू छन्, यसरी हेर्दा पुस्तकको ओजन पनि बढ्दै जान्छ, पृष्ठ-पृष्ठमा ।

जब मैले मेरो दोस्रो पुस्तक अनुगामीलेखिसकेँ — जुन २०१९ मा प्रकाशित भयो, जसमा मैले कानिकुथी प्रेमका कुरा गरेँ — त्यो सजीले यस पुस्तकमा सरल रूपमा स्वस्थतापूर्वक लेखेका छन्, जुन अत्यन्त प्रशंसनीय छ । छोटो समयमा देखिने मुक्ति — जसलाई मैले भूमासँग तुलना गरेँ — र देवकी — जसको कथा अन्तसम्म छ — ले मेरो आत्मालाई छोयो ।

आठौंदेखि छब्बीसौं अध्यायसम्म मैले केही रेखाङ्कन गरिनँ — यसको अर्थ लेखनमा फितलो अनुभव गरेँ भन्ने होइन । किनकि मेरो मन नै त्यसरी बनेको छ कि जटिल लेखन पचाउन सक्षम भइसकेको छ । सत्ताइसौं अध्यायपछि फेरि रेखाङ्कन बढ्यो ।

त्यसभन्दा अगाडिको एउटा अनुच्छेद पढौं — छब्बीसौं अध्यायको, जहाँ सजी लेख्छन् —

मन्दिरमा भीड लाग्नु भनेको माग्नेहरूको भीड लाग्नु हो । भीडमा घँचेटिँदै जाँदा काशीले कालीको अनुहार राम्रोसँग अडिएर पनि हेर्न पाउँदैनथ्यो तर हरेक हप्ता दर्शन गर्दा थाहा पाएको थियो, कालीको कालो अनुहार जसलाई पुजारीहरूले तेल लगाएर चिल्लो बनाइदिएका छन्, सानो मूर्ति नै थिचिने गरी फूलको हारले ढाकिदिएका छन् … कसले सुनाएको छ आफ्नो विलाप भगवानलाई, झुकाएर — भगवान् त यिनी सबैका साझा होला…”निष्प्रभ सजी, याली, पृ. २१४

यसमा सजीले कालीको मूर्तिको जुन भौतिक वर्णन गर्छन् — त्यो घटनाशास्त्रीय दृष्टिले अत्यन्त समृद्ध छ । तेलले चिल्लो बनाइएको कालो अनुहार मेर्लो-पोन्तीको शरीरगत अनुभूतिको अवरोधको रूपक हो — मूर्ति देखिन्छ तर समातिँदैन, ठीक जसरी विस्थापित मानसको जरा सम्झिन्छ तर छुन सकिँदैन । पित्तलको लामो जिब्रोमा बाख्तिनको विकृत शरीरको भाव प्रतिध्वनित हुन्छ — शारीरिक अतिक्रमण नै दिव्यताको संकेत बन्छ, र त्यही कच्ची बेचैनी भक्तिको शारीरिक आधार । फूलको हारले ढाकिएको मूर्तिमा हाइडेगरको सत्य-प्रकटीकरणको विडम्बना छ — भक्तिले नै भगवानलाई अदृश्य बनाउँछ । र काशीको सौन्दर्यबोधबाट भक्तिमय अनुभव तिरको यात्रा — “कलाकार अलि कुशल रहेनछ” देखि “काली माता त छन् झैँ लाग्न थालिसकेको छ” — हुसर्लको निर्णय-निलम्बनको साहित्यिक उदाहरण हो, जहाँ अभावको पीडाले अनुभूति नै परिवर्तन गर्छ ।

यो पढ्दा मेरो शरीरका सबै रौं उठे — किनकि आवश्यकताले अनुभूतिलाई कसरी परिवर्तन गर्छ भन्ने मनोवैज्ञानिक सत्यको यो उत्कृष्ट साहित्यिक अभिव्यक्ति हो । यसपछिका अध्यायहरूमा यस्तै तान्ने उक्तिहरू भेटिन्छन् जसले पाठकको आत्मालाई फरक किसिमको न्यानो दिन्छ ।

म अझै लेखेर पाठकको कौतूहलता बिगार्न चाहन्नँ — त्यसैले यसको बिट यहीँ मार्छु ।

समग्रमा भन्नु पर्दा, सजीले हामीलाई एउटा सर्वथा मौलिक उपन्यास दिएका छन् । उनको यस प्रयासको म कदर गर्छु । भविष्यमा अरू राम्रा कृतिहरू पढ्न पाइयोस् — शुभकामना ।

उपन्यास विश्लेषणका केही प्रमुख प्रविधिहरूको कसीमा यालीलाई हेर्दा यो कृति झनै उज्यालो देखिन्छ ।

भाषा र शैलीको दृष्टिले सजीको लेखन सरल तर काव्यिक छ — न अनावश्यक जटिलता, न सतही सरलता । वस्तु, ठाउँ र व्यक्तिको विवरण उनले यति मिहिन र गहिरो गरी नियालेर लेखेका छन् कि पाठक दृश्यभित्र आफैं उपस्थित भएको महसुस गर्छ । यो संयम र यो सूक्ष्मता — दुवै एकसाथ साध्नु सजिलो छैन ।

पात्र-विकासको हिसाबले मुक्ति र देवकी यस उपन्यासका दुई यस्ता पात्र हुन् जो पाठकको मनमा बस्छन् । उनीहरू घटनाका औजार मात्र होइनन् — उनीहरू बाँच्छन्, ढल्छन्, उठ्छन् । लेखकले पात्रलाई हतार नगरी हुर्काएका छन्, र त्यही धैर्यको फल उपन्यासको अन्तसम्म आउँदा स्पष्ट देखिन्छ ।

विषयवस्तु र प्रतीकको तहमा नदी र समुद्रको रूपक यस उपन्यासको मेरुदण्ड हो । विस्थापन, जरा र विस्मृति — यी विषयहरू केवल भावनात्मक रूपमा होइन, प्रतीकात्मक गहिराइसहित प्रस्तुत भएका छन् । खरको रूपकदेखि कालीको मूर्तिसम्म — हरेक प्रतीकले अर्थको एउटा नयाँ तह खोल्छ ।

आख्यान संरचनाको दृष्टिले भूत र वर्तमानको समान्तर बहाव सत्ताइसौं अध्यायसम्म सुचारु रूपमा बग्छ, त्यसपछि एकल धारमा मिसिन्छ — ठीक दुई नदीहरू एउटै धारमा मिसिएझैं । यो संरचनागत निर्णय स्वयंमा एक साहित्यिक वक्तव्य हो ।

र अन्यमा,

यस तथाकथित समालोचनात्मक प्रयासबाट बिदा हुनुअघि एउटा प्रसंग सुनाउँ ।

एक दिन मैले आफ्नो नवीनतम कृति ‘The Unknown Existence of Being’ आफ्नी एक वृद्धाश्रममा बस्ने बुढी आमैलाई दिएँ — र भनेँ, “समय लागे पनि हुन्छ, बिस्तारै पढ्नुस् ।” चार हप्तापछि — मोतियाबिन्दको शल्यक्रियाले उनको पठन-क्रम बाधित भएको थियो — उनले मलाई भनिन् । उनले बीस वर्षको उमेरदेखि विश्वसाहित्यको मन्थन गरेकी थिइन् — दोस्तोयेभ्स्की, कामू लगायत दिग्गजहरूलाई उनले पचाइसकेकी थिइन् — त्यसै दिन उनले यसो पनि उल्लेख गरेकी थिइन् कि उनका पतिदेव “साहित्यको मामलामा खासै उदार थिएनन् ।”

उनले भनिन् — मेरो पुस्तकको बाहिरी (डस्ट ज्याकेटको) blurb हास्यास्पद बकवास छ — यो उनकै आफ्नै बनाएको शब्द हो, पुस्तकको धुलो-आवरणको(डस्ट ज्याकेटको) विवरणका लागि — “विशेष केही थिएन त्यसमा ।” उनले भनिन् । मैले जवाफ दिएँ — “त्यो मेरो निर्णय थिएन, त्यो मेरो सम्पादकको निर्णय थियो ।” केही समयपछि उनले थपिन् — “कहिलेकाहीँ यो बाहिरी हास्यास्पद बकवास केही हुँदैन — तिम्रो पुस्तक भने अन्य लोकको छ ।” उनले थपिन् — “मैले यस्तो कुरा आफ्नो जीवनमा कहिल्यै पढेकी थिइनँ ।”

यस कुराले मलाई यति फुलाउँछ कि म फुत्किन लागेको हुन्छु, यो भूगोलदेखि ।

तर सजीको पछाडिको डस्ट ज्याकेटको वर्णनले भने पुस्तकको सबै कुरा नै भनिदिन्छ । त्यसमा विश्वास गर्न सकिन्छ ।

बस, यतिनै — अर्को समालोचनासम्म, मेरा पाठकहरू ।

‘कर्णाली ब्लुज’ पुनरावलोकन: ढिलो गरी भेटिएको एउटा आत्मीय ऐना

उत्कृष्ट आख्यान पढ्दा कथा मात्र पढिए जस्तो नभई त्यसका परिवेश, धुलो र साना-साना चिन्ताहरू आफैँले अनुभव गरे जस्तो लाग्नु एउटा दुर्लभ अनुभूति हो। बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’ पढ्दा पानाहरू पल्टाए जस्तो मात्र लाग्दैन, बरु कुनै घाम तापेर बसेको काठको पिँढीमा बसेर, टाढाको नदीको सुसाइ सुन्दै स्मृतिको मन्द र दुखद यात्रामा हराए जस्तो हुन्छ।

यो उपन्यास दुईवटा समानान्तर धारामा अगाडि बढ्छ: एकातिर अस्पतालको निरस र चिसो कोठा, जहाँ मुख्य पात्र हर्के (हर्षबहादुर) पक्षघातले थलिएका आफ्ना बुबाको सासको सङ्घर्ष हेरिरहेको छ; अर्कातिर सुदूरपश्चिम नेपालका कुनाकाप्चामा बितेको उसको बाल्यकालको उज्यालो र जीवन्त विगत। बुबाको ओछ्यान छेउ बसेर कुरेका ११ दिनको संरचनाले समय र सम्बन्धको कठोर सत्यलाई अगाडि ल्याउँछ—कसरी सिङ्गो संसार थामेको जस्तो लाग्ने बुबा एकाएक आफ्नै सन्तानको सहारामा टिकेको एउटा कमजोर मानिसमा परिणत हुन्छन्।

‘कर्णाली ब्लुज’ लाई खास बनाउने तत्त्व यसको दैनिक जीवनप्रतिको मिहीन र आत्मीय चित्रण हो। बुद्धिसागरले सस्ता नाटकीय मोड वा जबरजस्तीको दुःखी कथा बेच्न खोजेका छैनन्; बरु उनले साधारण लाग्ने साना-तिना प्रसङ्गहरूबाट एउटा सुन्दर चित्र कोरेका छन्। हामीले सुदूरपश्चिमलाई केवल गरिबी र उपेक्षाको नजरले मात्र होइन, बाल्यकालका खेलहरू, स्थानीय हाटबजार, गाउँका गफगाफ र एउटा निम्न-मध्यमवर्गीय परिवारको निरन्तरको सङ्घर्षभित्रको आत्मसम्मानमार्फत महसुस गर्न पाउँछौँ।

यो पुस्तकको मुख्य आत्मा भनेकै हर्के र उसका बुबाबिचको शान्त तर गहिरो सम्बन्ध हो। गाउँका साधारण वैद्य र श्रमजीवी बुबाको पात्रलाई लेखकले अत्यन्तै मायाका साथ प्रस्तुत गरेका छन्। उनी आफ्ना छोराका हजारौँ गल्तीहरूलाई चुपचाप माफ गरिदिन्छन्, समाजको बोझ र दबाब बिनागुनासो सहन्छन्, र परिवारलाई दिन सकेको सानो खुसीमा नै आफ्नो जीवनको सार्थकता देख्छन्। हर्केको आँखाबाट हेर्दा पाठकले आफ्नै बाल्यकालको यात्रा देख्छ—सुरुमा बुबाप्रतिको अन्धभक्त माया, किशोरवयको विद्रोह, अनि अन्ततः वयस्क भएपछि बुबाका अदृश्य त्यागहरू बुझ्दाको कारुणिक बोध।

बुद्धिसागरको भाषामा एउटा अलग्गै साङ्गीतिकता र आञ्चलिक सुवास छ। स्थानीय बोलीचालीका शब्दहरू, सल्लाको बासना, धूलो उडेका काँचो बाटो र रात पर्दै गएपछि पहाडमा छाउने सुनसान शान्तिलाई उनले शब्दमा दुरुस्त उतारेका छन्।

पुस्तक बन्द गरिसकेपछि पनि यसको नामले भने जस्तै एउटा शान्त र गहिरो उदासी मनमा तैरिरहन्छ। ‘कर्णाली ब्लुज’ आधुनिक नेपाली साहित्यको एउटा यस्तो सुन्दर कृति हो, जसले हामीलाई ठूला ऐतिहासिक घटनामा भन्दा आफ्ना अभिभावक र सन्तानबिचको अनकहा, निस्वार्थ सम्बन्धमा नै जीवनका सबैभन्दा महान् कथाहरू लुकेका हुन्छन् भन्ने कुराको सम्झना गराउँछ।

The Odyssey (Nolan) — a mostly disappointed rewatch of my favorite myth

So last week I finally caved and watched The Odyssey. I’d been hyping this up in my head for months, honestly — my favorite Greek myth, on the big screen, from a director who knows how to make things feel huge. I’ve read the poem more times than I can count, in half a dozen translations, at very different points in my life. I walked in ready to be wrecked.

Didn’t quite happen.

I wanted to feel the weight of it — the loneliness, the scheming, the sheer exhaustion of a guy who’s been at war for ten years and then spends ten more just trying to get home. I wanted the gods to feel genuinely strange, not like cool CGI. I wanted Penelope to read as a person actually holding a kingdom together under pressure, not a plot device waiting in the wings. And I wanted that final reunion to gut me.

Instead I got something impressive. Cold, but impressive.

The scale is enormous, I’ll give it that. The sea feels genuinely dangerous. The battles are brutal and chaotic in a way that doesn’t feel choreographed — no dance-fighting here. The Trojan Horse sequence had my stomach in knots; it plays more like a heist gone wrong than a victory lap, and I loved that.

Matt Damon is good. Tired, guilty, a little unsure whether he’s even earned the right to go home — that’s the Odysseus I wanted. Anne Hathaway’s Penelope has real backbone too. She’s not just sitting around waiting; she’s running a palace full of entitled suitors, protecting her kid, holding her ground in a world built to dismiss her. That part landed.

Tom Holland’s Telemachus surprised me most, honestly. He plays the son of a legend trying to figure out who he is outside his father’s shadow, and it works. Zendaya’s Athena is quiet — more presence than spectacle — which actually suits a goddess who operates through influence rather than lightning bolts.

The best moments, for me, were the small ones. Odysseus and Calypso arguing about whether going home is even worth it. Penelope staring down a room of suitors, already three steps ahead. Telemachus slowly realizing that finding his dad might not fix anything at all. Those scenes had a pulse the rest of the film sometimes lacked.

The structure is the real problem. Nolan cuts constantly between Odysseus and Calypso, Telemachus in Ithaca, flashbacks to Troy — and instead of sinking into the journey, I spent a lot of the runtime just tracking where and when I was. I know the myth well enough to keep up, but “keeping up” isn’t the same as feeling something. I wanted longing. I got a puzzle box.

The tone is also all over the place. One scene it’s a grim anti-war drama, the next it’s full myth-and-monster spectacle. The Cyclops and the Sirens look great, sure, but they play like detours from the story I actually cared about. It’s like the film couldn’t decide if it wanted to be a serious adult epic or a crowd-pleaser, and never really committed to either.

And the reunion — the whole point of the story, twenty years in the making — just doesn’t land. It’s earned on paper. Onscreen it’s oddly muted. The film’s so busy chasing ideas about guilt and fate and leadership that it forgets to let you actually feel two people finding each other again. I kept waiting for the moment. It never really came.

The supporting cast doesn’t help either. Robert Pattinson’s Antinous is appropriately slimy, but a lot of the other suitors and gods blur together — too many recognizable faces, not enough time to let any of them breathe. The jumping timeline makes it worse, since nothing gets to sit long enough to matter.

So, final verdict

I don’t think it’s a bad movie. I think it’s a missed one. Ambitious, gorgeous, well-acted — but a little too in love with its own structure to remember the story underneath it. For someone who’s spent years with this poem, that stings a bit more than it probably should. The questions it’s asking — about war, home, who you become after both — are good questions. They just don’t hit where they should.

Still worth seeing on the biggest screen you can find. But I keep thinking about the version of this movie that trusted the myth a little more and the puzzle box a little less. 3 out of 5 — impressive, occasionally moving, but not the Odyssey I was hoping for.