'तेजस्' पुस्तक इतिहास, संस्कृति, भाषा र समाजको बहुआयामिक ऐना हो। यस कृतिमा तत्कालीन राज्यसत्ताबाट विभिन्न समयमा देशनिकाला भोग्न बाध्य पारिएका बौद्ध भिक्षुहरूको सङ्घर्षशील इतिहास र तिनको अतुलनीय योगदानलाई गहिरोसँग खोतलिएको छ। यसका साथै, काठमाडौँको निर्माण यात्रा, नेवार संस्कृतिको विकासक्रम, नेपाल भाषामाथि भएको ऐतिहासिक विभेद तथा आफ्नै भूमिमा नेवार समुदाय किन र कसरी सीमान्तकृत बन्न पुग्यो भन्ने विषयलाई पुस्तकमा सबल ऐतिहासिक प्रमाण र विश्लेषणात्मक दृष्टिकोणका साथ प्रस्तुत गरिएको छ।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.