Catch feed

Catch → पल्लो घरको झ्याल-डा. गोबिन्द बहाुदुर मल्ल ‘गोठाले’

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

पल्लो घरको झ्याल-डा. गोबिन्द बहाुदुर मल्ल ‘गोठाले’

Photo by Mehmet Turgut Kirkgoz on Pexels

साझा प्रकाशनले २०१६ सालमा पहिलो प्रकाशन गरेको डा. गोबिन्द बहाुदुर मल्ल ‘गोठाले’ को लघु उपन्यास ‘पल्लो घरको झ्याल’ ले नेपाली आख्यानमा प्रमुख स्थान राखेको छ । हाल एघारौं संस्करण मा यस कृति लाई बजारमा पाउन सकिन्छ । थोरै पात्रहरु बिच मिसरि नानिको एकालापमै उपन्यास केन्द्रित छ । आकारमा सानो भए पनि यस उपन्यासले नारीपात्र को यौन मनोबिज्ञानलाई पर्यात्त ब्याख्या गर्न सफल छ । नेपाली पारिवारिक जटिल संरचनालाई लेखकले सटिक उतारेका छन् । मिसरी नानिको माईति घरको कोठा बाट उपन्यास सुरु हुन्छ । गोठालेले मिसरिको मन भित्रको उथलपुथललाई यसरि लेखेका छन् कि पढ्दै जाँदा कतै पनि पट्यार लाग्दैन । एक पछि अर्को बाक्यमा मिसरीको हतास झन झन बढ्दै गएझैं हुन्छ ।

एक बिबाहिता आईमाईको मन भित्रको हलचल, ईर्श्या नभएको उसको पोईको आँखालाई उ पटक पटक संझन्छे । पोईको आँखा हाँस्छ तर उसलाई राति उसको सर्वाङ्ग हाँसे जस्तो लाग्दैन । यो उस भित्र मडारिने ज्वालामुखि हो । जहिले पल्लो घरको पठ्ठो आँखा र आफ्नो पोईको आँखा अलमलिएको हुन्छ । उ त्यस उल्झनबाट मुक्त हुन खोजिरहेकि छ । उसभित्र तुफान छ । त्यस लाई साम्य भएको हेर्न आतुर हुन्छे । गोठाले ले मिसरीको मनोबैज्ञानिक तुलबुललाई खुब प्रखर तरिकाले लेखेका छन् । उसलाई आफ्नै माईतिमा समय कटाउन मुस्किल हुन्छ । उ पल्लो घर र आफु भित्र हुँडलिएको मनोवस्था लाई पन्छाउन सक्दिन । मानै उ स्वतन्त्र भएर पनि पिंजडा भित्र कैद छे । गोठाले ले यहि परिस्थितिलाई हु-बहु उतारेका छन् र मिसरीको मानसिक यथार्थको प्रकटिकरण गर्न कतै चुकेका छैनन् । पल्लो घरको झ्याल शिर्षक र उपन्यासको बस्तुस्थिति प्रतिकात्कम छन् ।

यसले मेरो बाल्यकालको केहि बिर्सनै नसकिने क्षणहरुको याद पनि दिलाउँछ । काठको झ्यालको प्वाल बाट भित्र छिर्ने घामको किरणमा हुने न्यानो जस्तो अर्को न्यानो मैले कहिले अनुभब गरेको छैन । पुषको चिसो, तुसारो छापिएको दुबोको भुई, ईन्सानहरुको घरको धुरि बाट निस्कने धुवाँको मिराज, अावारा चराहरुको चिरबिराहट, पगाहामा डुग्रने पशुको अावाज । मैले यो उपन्यास कयौं पटक पढेको छु र प्रत्येक पटक पढ्दा म अोमबहाल, ईन्द्रचोकमा अलमलिएको हुन्छु र मिसरी नानि मलाई पछ्याउँछे । मिसरीको बाबु धनप्रासाद कम बोल्छ, त्यो गुण्डा केटा राममानको घरवरपरै हुन्छ । सबै जना मलाई नै पछ्याउँछन् या तिनिहरु यहि कतै हुन्छन्, साबुत । धेरै पटक पढेकोले यिनिहरुलाई मैले अनुभब गर्न सक्थें । ठट्टा गर्न नजान्ने हरिभक्त्त को ब्यथाले थिचेको आँत भित्र मिसरिले देखाउने प्रेममा उसैले दोमन गरेको कथालाई गोठाले ले अद्भुत संग निकालेका छन् । यस्ता थुप्रै घटनाहरु आईरहन्छन् जसले पाठकलाई उपन्यासको अतल गहिराईमा पुर्याईरहन्छ ।

यो नारी मनोबिश्लेषणात्मक कृतिमा गोठालेले कलात्मक रुपमा आफुलाई यस अघिका कृतिमा झैं सबल राखेका छन् । गोठालेको पहिलो कृति भुसको आगो पनि नारी चेतनात्मक मनोबिश्लेषणात्मक नाट्य कृति थियो । बिषेश गरी नाटकमा कलम चलाएका गोठलेको यस कृतिमा आफु भित्रै अलमलिएकि एक नारी पात्रलाई सचित्र चित्रण गरेका छन् । सबैले भाबनालाई यस्तो गतिलो भाषा दिन सक्दैनन् । गोठलेले निकै सरल र सजिलो शब्दहरुमा जटिल भाबनात्मक परिस्थितिलाई अक्षरहरुमा परिणत गरिदिएका छन् । परपुरुष संग केहि दुर्घटना भईनहालोस् भनेर सचेत मिसरी ले आफ्नो पति प्रति बारम्बार देखाउने सचेतना बिरुद्द पनि उ आफुलाई रोक्न सकिरहेकि छैन । गोठाले ले मानसिक दुरावस्थामा अल्झिएकि एक नारीलाई सूक्ष्मातिसूक्ष्म तबरले केलाउन सक्नु ज्यादै रोचक पक्ष हो ।

हिरामान संग नभई आफै संग भागिरहेकि मिसरीको चेतन प्रवाहलाई फ्रायडियन मनोबिश्लेषणको नजिक राखेर गोठाले ले जसरि लेखेका छन्, त्यो बिशाल छ । तत्कालिन साँघुरो बिचारधारामा रहेको समाजमा पनि गोठालेले फ्रायडियन यौनमनोबिज्ञान लाई प्रयोग गरी यति भब्य कृति सृजना गर्नु सानो कुरा थिएन । पहिलो पटक गोठाले लाई मैले कक्षा ८ मा ‘म जुजुमान’ भन्ने कथा बाट चिनेको हो । पल्लो घरको झ्याल मोनोलग (मनोबाद) शैलिमा लेखिएको छ । जसमा मुख्य पात्र मिसरी आफ्नो स्वैरकल्पनामा हराईरहेकि हुन्छे । उसले माईति घरबाट देखिने पल्लो घरको झ्याल मा देखेको पुरुष पात्र बाट मनोबैज्ञानिक रुपमा आतंकित भएकि हुन्छे । बिशौं शताब्दी मा बिभिन्न लेखकहरुले यो शौलीलाई पछ्याएका छन् जस मध्य हेमिङवय, काफ्का, डोरोथि आदि छन् भने नेपालि साहित्यमा शंकर लामिछाने, बिजय मल्ल, र गोबिन्द बहादुर मल्ल ‘गोठाले’ हरुले यो शैलिको प्रयोग गरेका छन् ।

Comments (1)

प्रकर्षा 1 month ago

I love the psychology behind this. Awesome book.

Reply