Catch feed

Catch → यो शहरमा साह्रै, हेपिदैछ ऊ

✓ Unlocked — enjoy the rest of the Catch

यो शहरमा साह्रै, हेपिदैछ ऊ ।

 इमान्दारिता देखाएर, चेपिदैछ ऊ ।

आत्मनिर्भर बन्छु भन्दै शहर झरेको,

 हरपल पैसासँग, नापिदै छ ऊ ।

बगलीमा छिपाएर छुरा राख्नेहरूसँग,

 रामरामको नाममा, जपिदै छ ऊ ।

आफ्नो स्वार्थ पर राखी अरुहरूकै लागि,

 दुख पीडा अप्ठ्यारोमा, थापिदै छ ऊ ।

बसन्तमा पलाउनु पर्ने हो नि ‘विपिन”

 डढेलो सल्किएर, सखापिदैछ ऊ ।

-भुपेन्द्र(बिपिन)बिसी
bipinbc.blogspot.com
बिकाशनगर,कोहलपुर बाँके
hamrosahittyayattra.wordpress.com

Comments (0)

No comments yet — be the first to say something.