बादल ले घाम को आँखा छोपी दिएको ले दिनको मुहार उदास र मलिन देखिन्छ्””फोकस आउट्” भएको दृश्य जस्तो ।रातले आफ्नो सिमाना नाघेको चाही होइन । पुलिस चौकी देखी केहि मिटरको दुरिमा मानिस हरु जस्तो लाग्ने भिड मा खैलाबैला देखिन्छ ।कुरुक्षेत्रको सानो टुक्रा यहाँ खसे जस्तो ।”जुम्” गरेर हेर्दा दिशा हिन्, बहुदिशा लक्षित अनर्गल टिकाटिप्पणी बाहेक उपलब्धिमुलक आवाज हरु कमै सुनिन्थ्यो ।आडिलो आवाज हरुलाई फोस्रो बयान बाजिले नेपथ्य तिर धकेलेको थियो ।भिडको आँखा,नाक्,कान ,खुट्टा सबै थियो तर दिमाग गायब ।साच्चै भिडको आफ्नै गिदीमुटु हुँदैन ।भिड ”हेड लेस चिकेन्” हो । भिड अराजक हुन्छ्,भिड अधर्मी हुन्छ ।भिड्ले अपेक्षालाई कुन्जो बनाइ दिन्छ तसर्थ भिड संग धेरै आशा गर्नु असान्दर्भिक हुन्छ ।तर अचेल हाम्रो देशको चार किल्लामा यसैको बोला बाला छ सिक्का चल्छ औ खोटो सिक्का ।यो पुर्खाको जायज्याथा,सिरिखुरि,छालामाला हैन हामी आफैले कमाएको प्रोपर्टी र ब्यान्क ब्यालेन्स हो ।त्यसैले भिडतन्त्र हामिलाई औधी प्यारो छ । केहि यायावार समिरका झोकाहरुको लस्कर त्यतै बाट अघी बढ्यो ।जस्ले आफु संग संगै बादल को पनि कान समातेर केहि पर सम्म पुर्यायो ।अबोध बालक ले बेलुन ताने झै ।खै घाम ले कुनै उजुरी पो गरेको थियो कि ? बादलले आफुलाई टिपटाप गर्यो र चुपचाप फेरी उभिने धरातल खोज्न थाल्यो ।घाम को आँखा खुल्यो ।घामले आँखा मिच्दै नियाल्न थालेपछी दिनको तस्बिरमा लागेको धुलो सफा भ-ई आकृती केहि संङ्लियो ।शान्त समुन्द्र को कुनामा संसार भरको फोहोर मैला थेग्रीए झैं भिड मा भिड थपिने क्रम निरन्तर्,निर्बाध्,निसर्त बढ्दै गयो ।यदा कदा हलचल हुँदा भिड कै कुना काप्चा बाट एउटा मान्छेको जिर्ण ढांचा सडक मा रगत पच्छे लडेको देखिन्थ्यो ।रमिते को ब-थान मा बिचार मन्थन्,घटना र बिचार्,बे-अर्थको प्रश्नो उत्तर चलिरह्यो,तस्बिर लिदै यु ट्युब फेसबूक मा लोड भैरह्यो धमाधम ।करीब ७ दशक लामो घाम पानी झेलेको बुढो प्राणी लाई आधुनिक सांढे अथवा पल्सर ले उधिनेछ ।उस्को फाट्न लागेको जिवन उधारी दिएछ, च्याती दिएछ ।अझै केहि हिउँदो खप्थ्यो होला ।गतिले अगती पारेछ । भ-ग्नाबशेस माथी डोजर चलाए झै राम भन्न नपाइ बुढो परमधाम पुगेछ ।पहिचान नै दुरुह ।पहिले र अहिलेमा केहि फरक छ,युग फरक भए पछी केहि भिन्नता त हुने नै भयो ।पहिले महादेवले मात्र सांढे को सवारी गर्थे अहिले मान्छेले मात्र गर्छन ।उ बेला हरियो घाँस खान्थे, हिजोआजकाले हाइड्रो का-र्बन खान्छन ।हुन पनि यो नबिन अत्याधुनिक सांढे को बुइ चढ्न सारै मजा आउँछ ।चिल्लो,सुकिलो,बेगिलो सांढे मा हान्निएर जाँदा;तरुनी तन्नेरी को मन उड्छ, बुढा-खाडाको सात्तो ।कसैले खबर गरे गरेन थाहा भएन त, केहि व-र्दी धारी अनुहार हरु पनि अन्ततोगत्व भितृए क्यामरा को फ्रेम भित्र ।भिड मा केहि ठुलो ज्वारभाटा पैदा भयो ।सिनु को वरिपरी झुम्मिएको गिद्धको हुल मा बाघ छिरे झै । तितर बितर भिड वा गिद्धा को हुल बिच लडेको प्राणिको आलो रगत देखेर बाघ को मुखार बिन्दु मा चमक देखा पर्यो ।अनौठो,अलौकिक र अबर्णनिय तेज ।बुझबुझारथ गर्दा १६ बर्से जवान ठिटोले आफ्नो काका को सांढे चोरेर ”जय राइड्” गर्दा यो घटना घट्न गएको बेहोरा खुल्न आयो त्यो पनि अनुमती पत्र बिना ।यसै पनि सांढे चढ्न किन अनुमती चाहियो र ।जवानी र साँढे उस्तै त हो ।जवानी कहाँ अनुमती मागेर आउँछ र ।पृष्टभुमिले झनै बाघ को शिकारी क्षमतालाई तिखारी दियो ।बाघले बुढो सिनु लाई त ताजा युबा शिकार फसाउने चारो को रुपमा मात्र लियो ।अबेर रात सम्म मोली मोलाई भयो” बार्गेनिङ्” ।३ लाख मा ”सहमति” भएछ ।हिजो सम्म नेता लाई भ्रस्ट,नैतिकता बिहिन देख्ने समाज कै अगुवा हरुकै रहोबर मा बुढाको रगत लाई प्रसोधित गरेर पानी मा परिणत गर्ने खेल खेलियो ।नियम कानुन अरुको लागी मात्र हो ।आफ्नो श्रीमती ले पो कुर्कुच्चा छोपेर कपडा लगाउने त । रात ले पाप लाई छोप्दैन भन्थ्यो,छोप्यो ।सरजमिन्,गवाहि,मुचुल्का सबै पुरा भयो ।सांढे र सांढे को चलक लाई ”क्लिन चिट्” दिईयो ।रात कै अध्यारोमा बुढाको सतगत पनि भयो ।अर्को दिन थाना प्रमुख पनि नयाँ रातो सांढेको बुइ चढेर चौकी परि-सर तिर हुँइकिएको देखियो । बुइ चढे पछी उ समय र सन्सार बिर्सिएर स्वप्निल स्वैरकल्पना मा डुब्यो ।बेलुकी पख गाउँ बाट श्रीमतीले फोन गरिन्,” ए हजुर्,बाबा हिजो तपाईंलाई भेट्न श-हर आउनु भा थ्यो,अझै सम्म आइपुग्नु भएन कती पटक फोन गरें हजुर को फोन नै लाग्दैन ?” उ त सांढेको होईन बाउकै को पो बुइ चढी राखेको रैछ ।हुन पनि के नौलो कुरा भयो र जिउँदो हुँदा पनि बुई चढ्थ्यो मरे पछी पनि चढ्यो ।
Comments (0)
No comments yet — be the first to say something.