Catch feed

Catch → बेइमानी

✓ Unlocked — enjoy the rest of the Catch
Catch

बेइमानी

हेर्दा काली साह्रै राम्री थियौ बेइमानी
नजर बाण हानी चोट दियौ बेइमानी ।

अलिकति लाज थियो उमङ्ग अलि अलि
खिस्स हाँस्यौ मन चोरी लियौ बेइमानी ।

हेर्दा हेर्दै चाह बढ्यो, नशा जवानीको
धेरै पिएँ तिम्ले कति पियौ बेइमानी ।

आश बढ्यो प्रेमसँगै मागेँ सहमति
दुईटा मुटु एउटै पारी सियौ बेइमानी ।

छटपटि बढ्न थाल्यो, तिम्रै कल्पनामा
विवश बनाई, कसरी पो जियौ बेइमानी

Comments (0)

No comments yet — be the first to say something.