Books → Nonfiction / Memoir → रोल नम्बर एक (Roll Number Ek)
समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पीडाको पेटारो हो, रोल नम्बर एक। बाल्यकालमा लेखकलाई पढाइमा अव्वल बन्नु थियो, केटीहरूलाई हेर्ने हेयात्मक दृष्टि मोड्नु थियो, र महिला पनि पुरुषजत्तिकै सबल छन् भन्ने देखाउनु थियो। बालापनमा अङ्कुराएको विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झाङ्गियो, त्यसैको नालिबेली हो यी संस्मरण। लेखिका राधा पौडेल लेखकका साथै सामाजिक अभियन्ता हुन्, र मर्यादित महिनावारीका पक्षमा वकालत गर्नेमध्येकी अग्रणी हुन् — यसका लागि उनले राधा पौडेल फाउण्डेशनको स्थापना पनि गरेकी छिन्।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.