BooksNonfiction / Autobiographyहृदय (Hridaya)

हृदय (Hridaya)

By डा. भगवान कोइराला (Dr. Bhagawan Koirala)

0 reviews

आठ हजारभन्दा बढी मुटुको शल्यक्रिया गरेका हृदय शल्यचिकित्सक डा. भगवान कोइरालाको संस्मरणात्मक कृति हो, हृदय। यसमा उनले जीवनमा भोगेका सङ्घर्षका अनुभव, नेपालको स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय, र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक धारणासहित समेटेका छन्। यसले लगनशील र कुशल चिकित्सकको कथामात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको पनि चर्चा गर्छ — नेपालमा बालबालिकाको उपचारका लागि बहुविशिष्टीकृत अस्पतालको अभावले प्रेरित भई उनले सुरु गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण अभियानको कथा पनि यसमा छ। यस विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रकम, प्रकाशकको लागत र लेखकको लेखकस्व केही नकाटी, सिधै सोही अस्पताल निर्माणमा हस्तान्तरण गरिन्छ।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.