Catch feed

Catch → एक्लोपनको बद्ला उनी ?

✓ Unlocked — enjoy the rest of the Catch
Poem

एक्लोपनको बद्ला उनी ?

एक्लोपनको बद्ला उनी ?

म, म कोही होइनको गोप्य कथा हुँ,

र म चाहन्छु मेरी उनी पनि

म जस्तै कोही एक, गुमनाम र गोप्य नै हुन्।

एकान्तसँग मैले आफ्नै सर्तहरू सँगालेको छु

उनलाई मेरै लागि बनाइएको होस्,

उस्तै आकार, उस्तै चिसोतातो मन बोकेको।

एक्लोपन र निराशाको बालुवाबीच

उनी मेरो लागि उज्यालो बनेर चम्किउन्,

मेरो अन्धकारलाई शब्द नचाहिने दिशा देखाइदिउन्।

भीड भएको हरेक ठाउँमा म आतिन्छु,

मानिसहरूप्रतिको मेरो डर दिनप्रतिदिन अझै गहिरिँदै जान्छ।

सायद मेरो एक्लोपनभन्दा पनि उनको हात समात्न नपाउनुको पीडा हो यो,

वा सायद उनले अरू कसैको हात समाएकी होलिन् भन्ने भित्री डर ।

म जस्तै एक्लै र एक्लोपनसँगै

संघर्ष तोडेर अगाडि बढेकी।

तर सुन्नु, प्रिये, एक्लोपन टुटेपछि

उनी मेरो लागि अपवित्र हुन्छिन्।

म चाहन्छु तिमी एक्लै रहनु

कृपया, अझ मभन्दा धेरै एक्लो, अझ पूर्ण।

किनकि हामी मिलेर मात्रै ‘हामी’ हुन्छौँ,

नत्र सधैँ एक्लै, सधैँका लागि एक्लै।।

Comments (0)

No comments yet — be the first to say something.