Books → Fiction → महायुग (Mahayug)
स्त्रीले शरीरको सीमातीत शक्ति र आत्मालाई चिनेपछि आफूलाई मात्र होइन, सारा मानवता र सृष्टिलाई नै नयाँ उज्यालोतर्फ डोर्याउने सामर्थ्य राख्छन्। आत्मजागृति एक व्यक्तिको मात्र नभई पिंढीदेखि पिंढीसम्मको चेतना हो, र त्यही चैतन्यका चार पुस्ताको कथामाला हो, महायुग। सामाजिक सम्मोहनको घेरामा बाँधिएर पनि स्त्रीहरूभित्र अवचेतन रूपमा बाँचिरहेको गहिरो मौनतालाई नै उनीहरू आफ्नो अस्तित्व र आत्मशक्तिसहित आवाजमा बदल्न सक्छन्। नीलाञ्जनादेखि यक्षिणीसम्मको यात्रा स्त्रीभित्रैको पुनर्जागरण र मार्गदर्शनको कथा हो।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.