BooksNonfiction / Memoirयुद्ध लडेँ, क्यान्सर जितेँ (Yuddha Lade, Cancer Jite)

युद्ध लडेँ, क्यान्सर जितेँ (Yuddha Lade, Cancer Jite)

By लीला शर्मा 'अस्मिता' (Lila Sharma 'Asmita')

0 reviews

दाङमा जन्मिएकी लीला शर्मा एसएलसीपछि अनमी (ANM) पढ्न चाहन्थिन्, तर फर्म भर्ने अन्तिम दिन राप्तीमा ठूलो बाढी आउँदा त्यो सम्भव भएन। आईए पढ्न घोराही पुगेकी उनी चिठी पुर्‍याइदिने बहानामा विद्रोही माओवादीसित पुर्‍याइएकी थिइन्। त्यसपछिको उनको जीवनयात्रा कहालीलाग्दो र कहानीलाग्दो दुवै छ। युद्धकालभरि लेखेकी डायरीका आधारमा लेखिएको यो संस्मरणमा साक्षीभावले भोगाइलाई उतारिएको छ — इतिहासकारहरूले बेवास्ता गर्ने महिला, महिनावारी, माया, मातृत्व, करुणा र कैशोर्यजस्ता विषय पनि यसमा समेटिएका छन्। पटक-पटकको मृत्युलाई जितेकी लीलाले पछि क्यान्सरसँग पनि जुध्नुपर्‍यो, जुन उनले हिम्मतका साथ जितिन्। रसमय भाषामा लेखिएको यो जीवन-संस्मरण रोचक छ।

No ratings yet — be the first to rate this book.

No external reviews yet — this book hasn't been covered by outside publications.