Books → Nonfiction / Memoir / Political → राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म (Rashtra Pararashtra: Ektantradekhi Ganatantrasamma)
राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म (Rashtra Pararashtra: Ektantradekhi Ganatantrasamma)
अमेरिकाको क्लेयरमन्ट विश्वविद्यालयमा पढिरहेका २४ वर्षका भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाएका थिए। त्यसपछि उनी अर्थसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, र राजा वीरेन्द्रका पालामा अर्थमन्त्री बने। ४० वर्ष नकट्दै यी जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री समेत भए र अमेरिका तथा भारतका लागि राजदूत रहे, अनि पछि नेपाल-भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने। अस्थिर परिवर्तनहरूबाट गुज्रिएको नेपालको लामो कालखण्डलाई प्रत्यक्ष हेर्ने र भोग्ने अवसर पाएका डा. थापाले यस पुस्तकमा त्यही समयलाई पुनर्दृष्टि दिने प्रयास गरेका छन् — २००७ सालको परिवर्तनदेखि २०१७ सालको प्रतिपरिवर्तन हुँदै गणतन्त्र नेपालसम्मका राजनीतिक आरोह-अवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यासको 'भित्रिया वृत्तान्त' हो यो।
No ratings yet — be the first to rate this book.
No external reviews yet — this book hasn't been covered by outside publications.