Catch feed

Catch → आकाशे पुलमा

✓ Unlocked — enjoy the rest of the Catch
Poem

आकाशे पुलमा

आकाशे पुलमा

हुलमुलमा

छातीको आयातन नापी

भित्रि बस्त्रसम्म

कल्पनामा रमाइरहेको नवयुवक

वैसले उन्मात

उम्लीरहन्छ र छचल्की रहन्छ ।

कोशीश गरिरहन्छ

आउने जानेलाई स्र्पशगरु

दूईशब्द बोलु अनिहरुसँग

जताभिड त्यतै धकेलीदै

बहादुरीको शब्दहरु आफ्ना साथीलाई सुनाइरहन्छ

क्या उठेको छाती

मिलेको कम्मर

रहरले र्याल चुहाइरहन्छ ।

त्यही अर्को छेउमा

लठ्ठीको साहारामा अगरबत्ति बेचिरहेका

आर्दशवान मान्छेहरु

काेहि ,हराएर भेटिन सजिलो हुन्छ भन्दै

चिच्चाइरहन्छन्,

म आकाशे पुलमा छु

त्यही माथी छिटो आउनुस्

त्यही अर्को जोडी

परी क्षितिजसम्म फैलिने बाटो अनि गाडीलाई

पछाडी पारेर खिच्छन् फोटा अनि

हाल्छन् सामाजिक सन्जालमा

लाग्छ , यो होडिङ बोर्ड होकि

बिज्ञापन र प्रचाहरु उत्तीकै

कतै कुनामा फोहोर पनि लाग्छ।

डस्वीन पो हो कि ?

हतारीएर ,

आकाशे पुलसम्म नआएर

व्यस्तबाटोमै बाटो

काटीरहेका मान्छेहरु

देख्दा लाग्छ ?

तिनीहरुको जिवन आझै

सकिदै छ कि ?

किन हतारीए होलान तेसरी ?

Comments (0)

No comments yet — be the first to say something.