Catch feed

Catch → औकात

✓ Unlocked — enjoy the rest of the Catch
Animal & Love

औकात

औकात

घरबाट निस्केको दिन थाहा पाए 

औकात के हो ।

रातारात काठमाडौ छिरेको दिन थाहा पाए 

औकात के हो ।

आफन्तको रुखो बचनले थाहा पाए 

औकात के हो ।

झुटो आरोप लागेको दिन थाहा पाए

औकात के हो ।

एक्लै सडकमा हिन्दा थाहा पाए 

औकात के हो ।

नम्र बोली भित्र अभद्र व्यावहार गरे पछि 

थाहा पाए 

औकात के हो 

गोजिमा बजेट न हुदा थाहा पाए 

औकात के हो । 

कोठामा एक्लै रुदा थाहा पाए 

औकात के हो ।

……..मनिषा नेपाली 😥

Comments (1)

Rajkumar Niranjan 6 days ago

स्पर्शी ✍️❤️

Reply