युवा, युसन बस्नेत द्वारा लिखित उपन्यास कुमारीत्व समसामयिक विषयलाई उठाएर लेखिएको एक प्रेमील उपन्यास हो । सुरुमा मलाई सामाजिक उपन्यास भन्ने लागेको थियो तर पढ्दै गर्दा ज्ञात भयो ।
सुरुवात मै एक पाना जति उपन्यासका पात्रले बताएको एक सपना छ, जसले फरक दृष्टिकोण राख्छ, कुमारित्वको ।
उपन्यासको सुरुवात अस्पताल बाट हुन्छ । जहाँ कथा वाचक डाक्टर रोहितले हरेक दृष्टिकोणबाट समाजलाई देखाउने प्रयास गरेका छन् । बलात्कृत समाज र कानुनलाई नङ्ग्याउने प्रयास गरेका छन् । हरेक पुरुषार्थलाई धकधकाउने प्रयास गरेका छन् । साथै आफ्नो र आफ्ना नजिकका पात्रहरूको प्रेम कथालाई उनै पत्रहरुबाट देखिने प्रयास गर्छन् र सँगै आफ्नो प्रेम कथालाई सँगै डोर्याएका छन् ।
कुनै पुस्तक सँग तुलना गर्न मन त थिएन तर यो उपन्यास पढ्दा बार बार मलाई निलो प्रेमको सम्झना भइरह्यो । पहिलो भेटको,पहिलो हेराईको,पहिलो बोलाइएको र पहिलो मुस्कुराईको अनि पहिलो स्पर्शमै मुख्य कथावाचक पात्र लाई प्रेम परेको सन्दर्भमा मेरो मनमा एक प्रश्न उब्जियो । के चिन्दै नचिनेको व्यक्तिसँग पहिलो भेट मै प्रेम हुन्छ होला त ? यस विषयमा थुप्रै प्रश्न छन् । यहाँ चर्चा गर्नुको कुनै अर्थ रहँदैन ।
कुमारीत्व र निलो प्रेम आफ्नो सन्दर्भमा उत्तिकै उत्कृष्ट रहेका छन्। तर पनि मलाईकुमारीत्व उपन्यासको लेखन शैली निलो प्रेम भन्दा अझै राम्रो अनि उत्कृष्ट लाग्यो ।
प्रेमील उपन्यास साहित्य पढ्ने पाठकका लागि कुमारीत्व उपन्यास पनि रोजाईमा पार्नु सान्दर्भिक हुने छ ।
प्रेमील उपन्यास पढ्ने पाठकका लागि उपन्यासभित्रका पात्रहरूको प्रेमिल कुराकानीहरू पढ्दा रमाइलो हुनेछ । मलाई भने ती कुराकानी अलि कमै भएको भएपनि हुने भन्ने लाग्यो । मलाई प्रयास स्वर काल्पनिक, ऐतिहासिक, पौराणिक, साइन्टिफिक उपन्यासमा रुचि भएको हुदाँ त्यस्तो लागेको हुन् सक्छ ।
समग्रमा हेर्नुपर्दा, उपन्यासले उठाएको कथावस्तुले समाजलाई सकारात्मक प्रभाव पार्नेछ, भन्ने लागेको छ । एक पटक उपन्यास पढ्न सुरु गरिसके पछि अन्त्य नहुँदा सम्म पाठकलाई बाँधेर राख्ने छ ।
एकपटक सबैले यस उपन्यासलाई नियाल्नुहोला । विशेषगरी, प्रेमील उपन्यास साहित्यमा रुचि हुनेहरूले एक पटक अवश्य पढ्नु होला भन्ने सल्लाह दिन्छु ।

Comments (2)
मैले पनि किनेको छु, पढ्न बाँकी छ। पढेपछि म पनि आफ्नो समीक्षा लेख्नेछु। तर पहिलो भेटमै प्रेम हुन्छ कि हुँदैन भन्ने प्रश्नले मलाई पनि सोचमा पारिदियो 🤔 छोटो तर इमानदार समीक्षा, धन्यवाद 🙏
♥️🙏👍