Catch feed

Catch → ते जस्विनि सदन उपन्यास – पुस्तक समीक्षा

✓ Unlocked — enjoy the rest of the Catch
Reviews & Critiques

ते जस्विनि सदन उपन्यास – पुस्तक समीक्षा

Internet

तेजस्विनी सदन- उपन्यास 

अतुल पोखरेल ज्यू को उपन्यास तेजस्विनी सदन एक प्रेम, संघर्ष, घृणा, शत्रुता, अत्याचारिता, दमन, रिस रागको कथा हो । यति मात्रै होइन, यहाँ सामन्तीहरुले कसरी सोझा साझा कमजोर मानिसलाई एक पशु सरह हेर्छन् भन्ने कुरा उपन्यासको कथाले प्रष्टै पार्छ। एका तिर बच्चाबच्चीलाई फकाई फुलाई गरे झै माया देखाउँछन्, यो जताउँछन् कि उनीहरूको मन कति दयालु र ठूलो छ । यसमा पनि उनीहरूको सामन्ती सोच, बोली व्यवहार वचन नै झल्किन्छ। अर्कोतिर भने ठ्याक्कै त्यसको उल्टो व्यवहार गर्छन् । सोस्दैनन् कि त्यो पनि आफू सरह कुनै मानव हो । तिनलाई तुच्छ मान्छन् । 

उपन्यासका प्रमुख पात्र एकराज तिनै अत्याचार सहदै आफ्नो उद्देश्यका लागि संघर्ष गरिरहन्छ। उसको व्यक्तित्व विकासको सङ्घर्ष तब सुरु हुन्छ जब उसले आफ्नो स्वर्गीय बाबुको अन्तिम शब्दहरुमा निहित रहेकको कथा सम्झन्छ । अन्तिम कथा अर्थात् बाबुको अन्तिम सन्देश मूलक शब्दहरूलाई जीवनको लामो समय पछि राम्ररी बुझ्छ र यो सबै तेजस्विनी सदन भित्रकी राजकुमारी अर्थात् सिमरीका जो प्राय अग्लो मचानमा आएर बस्ने गर्थिन्। जहाँबाट सदन बाहिरको दृश्य देखिन्थ्यो। त्यसै क्रममा उनीहरू बीच परिचयको हाँसो ठट्टामा सानो चिना जानि हुन्छ । त्यसै क्रममा परेको प्रेम नै उसको व्यक्तित्व विकास सुरुवातको एक आधार बन्न पुग्छ । किनकि उसले एक उद्देश्य पाउँछ। उद्देश्यसँगै बाबुको सन्देश पनि बुझ्छ । अनि ऊ अल्झीरहेको उस्ता उस्तै दिनहरूको समय चक्रबाट निस्कन्छ । त्यसपछि नै उसको चुनौतीपूर्ण सङ्घर्षहरूको कथा व्यथा सुरु हुन्छ । यति मात्रै होइन तेजस्विनी सदन भित्रका व्यक्तित्वहरूको एक एक रहस्योघाटन हुन्छ । जहाँ उसलाई मेनिपुलेट गर्ने प्रयास गरिन्छ अर्थात आफ्ना कुराहरूको जालहरूमा फसाइ नियन्त्रणमा लिने प्रयास गरिन्छ। आफ्नो स्वार्थका लागि उसको प्रयोग गरिन्छ। 

उपन्यासका पात्र एकराज तेजस्विनी सदन भित्रका रहस्यमय दलदलहरूमा फस्न पुग्छ । जहाँ उसले आफैले आफैलाई दलदलहरूबाट निकाल्ने प्रयास गर्छ। संघर्ष गर्छ। लड्छ । जसको उसले अन्त्यमा फल पनि पाउँछ । भाग्यको फल भनौं या कर्मको । जहाँको परिस्थितिमा उसले जिन्दगीको एक सफलता प्राप्त गर्छ । 

उपन्यासमा एकराज र तेजस्विनी सदनको कथा मात्रै समेटिएको छैन । यहाँ एकराज द्धारा जीवन दर्शनलाई दर्शाइएको छ । उसको प्रेम द्धारा कुनै पनि व्यक्तिले आफ्नो जीवन सँघर्षमा आइपर्ने तमाम कठिनाइहरुका समनाहरुलाई देखिएको छ । प्रत्येक कदममा उसले जीवन के हो भन्ने बुझ्न थाल्छ । 

आखिर तेजस्विनी सदन हो के ? तेजस्विनी सदनका रहस्यहरु के के छन् ? तेजस्विनी सदनमा को रहन्छन् ? एकराजको तेजस्विनी सदन सँग के सम्बन्छ रहेको छ ? महत्त्वपूर्ण प्रश्न यो हो कि आखिर एकराज को हो ? जो यस उपन्यासको मुख्य पात्र पनि हो । यी सबै कुरा उपन्यास पढे पछि प्रस्टै हुन्छ । उपन्यास पढ्दा आफू पनि उपन्यास भित्रकै पात्र भई सम्पूर्ण घट्नाक्रम प्रत्यक्ष देखिरहेको छु कि भन्ने भान पर्छ र यस उपन्यासमा सरल स्पष्ट भाषा अनि मिठा शब्दहरु प्रयोग गरिएका छन् । तेजस्विनी सदनमा प्रेम मात्रै होइन जीवनको यथार्थलाई रहस्यमयी र रोचक समय सन्दर्भ र पात्रहरुको कथालाई दर्शाइएको छ । जहाँ एक कथा छ । कहानी छ । जसले पाठकलाई उपन्यास पढेर नसकिँदा सम्म बाँधेर राख्छ । उपन्यासको अन्त्य त झनै रोचक रहेको छ । उपन्यासको सुरुवात बाटै एक किमिमले ट्विन्स एण्ड टन्च हुनुका साथै अन्त्य surprise मा टुङ्गिएको छ । 

यस उपन्यासको अन्त्य नै जीवन दर्शनको कैयौँ पाटोहरुको आरम्भ हो । सुरुवात हो । किनकि एकराज आफ्नो जीवनको त्यो पाटोमा आइपुग्छ। जहाँ सम्पूर्ण जिम्मेवारी उसको काँधमा आइपुग्छ। त्यसैले त यो अन्त्य होइन सुरुवात हो,एकराजको जीवनको । 

( *आशा भनेको यस्तो चिज हो। जो श्वासबाट सुरु हुन्छ र श्वासमा नै हराएर जान्छ ।

*समयले मानिसलाई धोका दिन्छ भने मानिसले समयलाई झुक्काएर काम लिन सक्नुपर्छ। 

*आदि ।) पुस्तक बाट ~ लेखक ज्यूले पुस्तकमा केही यस्ता वाक्य शब्दहरूलाई समेटेर रचना गर्नुभएको छ। जुन शब्दले व्यक्तिलाई आफ्नो सत्यतासँग परिचित गराउँछ । मानवताको सत्यतालाई बुझाउँछ ।

अन्यमा, के साँच्चै भाग्य भन्ने कुरा पनि हुन्छ होला त ?

???????

पुस्तक समिक्षा एक रावल ( एकेन्द्र बहादुर रावल )

तेजस्विनी सदन

विधा : उपन्यास

लेखक : अतुल पोखरेल

प्रकाशक : सिमल बुक पब्लिकेशन

Comments (0)

No comments yet — be the first to say something.